×

NMB BANK
NIC ASIA

संसदमा पेश भएको अमेरिकी आर्थिक सहयोगसम्बन्धी सम्झौता लिने वा नलिने भन्नेबारे राजनीतिक दलहरू विभाजित छन् । 

Muktinath Bank

नेपालको प्रसारण लाइन र सडक आयोजना निर्माणमा सहयोग गर्ने भनेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता स्वीकार वा अस्वीकार गर्ने भन्ने निर्णय अबको संसद् बैठकहरूबाट गर्नुपर्ने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक दलहरूको एमसीसीप्रतिको दृष्टिकोण फरक छ । 


Advertisment
Nabil box
Kumari

गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा जानेमा स्पष्ट छ ।

Vianet communication

तर, वामपन्थी पृष्ठभूमिका राजनीतिक दलहरूले भने एमसीसीप्रति सन्देह प्रकट गरिरहेका छन् ।

संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी भूमिकामा रहेको नेकपा एमाले भने वर्तमान राजनीतिक गठजोड र संसदमा पुगेको एमसीसीको कारण अक्कर अर्थात् अप्ठ्यारो भीरमा पुगेको छ ।

अहिले एमाले र सभामुख अग्निप्रसाद सापकोटा तथा एमालेले कारवाही गरेको भनेको एकीकृत समाजवादी  झगडिया हुन् । एमालेले सापकोटा र नेकपा एसका १४ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । 

कानूनीरूपमा मात्रै होइन उनीहरू राजनीतिकरूपमा पनि झगडा गरिरहेका छन् । सभामुखविरुद्ध एमालेले संसद् अवरोध गरिरहेको छ । संसद् चलाउनका लागि एमालेले कि सभामुखको राजीनामा आउनुपर्ने, नभए १४ जना सांसदलाई कारवाही गरेको सूचना टाँसेर उनीहरूलाई संसद् प्रवेशमा रोक लगाउनुपर्ने माग गरेको छ ।

एमालेले यो मागलाई सत्ता गठबन्धन भत्काउने रणनीतिको रूपमा पनि उपयोग गर्न खोजेको छ । तर, जब एमसीसी संसदमा पुग्यो त्यसपछि भने एमालेका लागि उसले अख्तियार गरेको रणनीति आफैँ डुब्ने भयंकर खाल्डोको रूपमा अघि आएको छ ।

एमसीसीबाटै गठबन्धन र सभामुखलाई अप्ठ्यारोमा पार्न सकिन्छ भन्ने ठानिरहेको एमालेलाई एमसीसीले नै अक्करमा पुर्‍याएको छ ।


एमसीसीबारे जनतामा नकरात्मक धारणा छ । अहिले राजनीतिक दलहरूले एमसीसीमा निर्वाह गर्ने भूमिकाले आगामी निर्वाचनमा मतदाता समेत प्रभावित हुने निश्चितप्रायः छ । 

नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल यसमा सहमत छन् । उनी भन्छन्, ‘एमसीसी चुनावी एजेन्डा हो । यसले पार्टीहरूको चुनावी मतमा असर पार्छ ।’

यसबारे एमाले नेताहरू पनि प्रस्ट छन् । एमालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘जनतामा एमसीसीबारे नकरात्मक धारणा स्थापित भएको छ । पार्टीको भूमिका एमसीसीको पक्षमा हुँदा त्यसमा जनताले प्रश्न उठाउने निश्चित छ ।’

तर, एमाले नेतृत्व भने एसमसीसीमा फरक मत राखेर अमेरिकालाई चिढ्याउने पक्षमा देखिँदैन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार कालु पाँडेको समाधिस्थलमा आयोजित कवि गोष्ठीलाई सम्बोधन गर्दै बानेश्वरमा भएको एमसीसीविरुद्धको प्रदर्शनबारे आक्रोश पोखे । उनले भनेका थिए, ‘प्रहरी किन पिटिए ? प्रहरीको टाउकोमा मितको टाउको बेलसरी भनेजस्तै ढुंगा हान्दिए हुन्छ ड्याम ड्याम ? भाग्नु पर्ने, पिटाइ खानुपर्ने ? क्रान्तिकारीले सडक भत्काएको कुनै चार्ज नलाग्ने ?’ उनको यो भनाइलाई कतिपयले एमसीसीको पक्षमा गरिएको तर्ककारूपमा व्याख्या गरिरहेका छन् ।

तर, एमालेभित्र आन्तरिकरूपमा एमसीसीको बारेमा दुई धार छ । नेतृत्व पंक्तिले आफ्नो धारणा स्पष्टरूपमा बाहिर ल्याउन चाहेको छैन, तर दोस्रो/तेस्रो तहका नेता भने एमसीसीको विपक्षमा देखिएका छन् ।

यस्तो अवस्थामा एमाले संसदमा एमसीसी अनुमोदनका लागि मत विभाजन हुँदा के गर्ने भन्ने अन्योलमा छ ।

यही अप्ठ्यारो फुकाउनका लागि एमालेले कांग्रेससँग सहयोग खोजेको छ । एमाले अध्यक्ष ओली आफ्ना एजेण्डा स्थापित पनि हुने र एमसीसीकै कारण अमेरिका पनि नचिढिने उपाय खोजिरहेका छन् । 

त्यसका लागि ओलीले प्रधानमन्त्री देउवासँग सभामुख सापकोटालाई हटाउने वातावरण बनाउन आग्रह गरिरहेका छन् । 

तर, प्रधानमन्त्रीले भने पहिले एमसीसी टुंगोमा पुर्‍याउने र त्यसपछि एमाले–कांग्रेस सहकार्य गर्ने प्रस्ताव गरेका छन् । जसमा ओली सहमत भइसकेका छैनन् ।

एमालेलाई संसदभित्रको अप्ठ्यारो 

एमाले नेतृत्वले आधिकारिकरूपमा एमसीसी के गर्ने भनिसकेको छैन । तर, संसद् अवरोध गरिरहेका कारण एमाले एमसीसी अनुमोदन गराउने वा नगराउने भूमिकामा आउन सक्ने अवस्था छैन ।

सरकारले एमालेका सांसदहरूलाई मार्सलको नियन्त्रणमा राखेर अवरोधका बीच एमसीसी संसदमा पेश गरेको छ । आगामी छलफल र निर्णय पनि सोही अनुसार नै हुने देखिन्छ ।

संसद् बैठक चल्नका लागि कुल सांसद संख्याको एक चौथाइ अर्थात ६८ जना र एक जना मन्त्री मात्रै उपस्थित हुँदा पनि पुग्छ । कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद मात्रै उपस्थित हुँदा पनि बैठक चल्न सक्छ । 

संसद्को सामान्य बहुमतले एमसीसी अनुमोदन हुने भएकाले एक चौथाइ सांसदको उपस्थितिमा कांग्रेस र लोसपाले मात्रै पनि एमसीसी पास गर्न सक्छन् ।

तर, यसका लागि अरू दलले संसद् बहिस्कार गरेर अनुपस्थित भएको हुनुपर्छ ।

एमसीसीमा तटस्थ बस्दा वा बैठक बहिस्कार गर्दा एमालेलाई राजनीतिक फाइदा भने हुँदैन । एमसीसी पास हुने, गठबन्धन नटुट्ने र सभामुख पनि रहिरहने अवस्था एमालेका लागि दुःखदायी हुनपुग्छ, जुन एमाले चाहँदैन । 

बरू एमसीसी पास हुँदा त्यसको स्वामित्व समेत लिएर अमेरिकीहरूसँग सम्बन्ध बढाउनु श्रेयस्कर हुने ओलीको बुझाइ रहेको निकटस्थहरू बताउँछन् ।

एमालेले संसद् अवरोध गरेर वेलमा नाराबाजी गरिरहेको अवस्थामा एमसीसी अनुमोदनको प्रक्रिया अघि बढ्ने अवस्था छ ।

त्यसबेला ध्वनि मत प्रक्रियाबाट एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा एमालेले विगतजस्तै विरोध जारी राखे मतदानमा सहभागी भएको मानिँदैन । 

एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले भन्छन्, ‘हाम्रो निर्णयमा परिवर्तन भएको छैन । सभामुखले एमसीसी निर्णयार्थ पेश गर्दा हामी वेलमा हुन्छौं । त्यस्तो अवस्थामा पक्ष वा विपक्षमा हाम्रो गणना हुँदैन ।’


तर, सभामुखले ध्वनि मत प्रक्रिया नअपनाई मत विभाजन प्रक्रियामा जाने निर्णय गरे भने त्यसबेला एमालेले कि त तटस्थमा मतदान गर्नुपर्ने हुन्छ कि त पक्ष वा विपक्षमा । एमालेका लागि यो अर्को अक्कर हो । 

एमालेका लागि अझ अप्ठ्यारो त्यतिबेला आउने छ, जतिबेला सांसदहरूले संसद् बैठकमा प्रतिनिधि सभा नियमावलीको नियम २९ लागू गर्न माग गर्नेछन् ।

उक्त नियमअनुसार, २८ जना सांसद उभिएर सभामुखको ध्वनि मत प्रक्रियाप्रति असहमति प्रकट गरेमा एमसीसी मतदानबाट टुंगो लाग्ने प्रक्रियामा पनि जान सक्छ ।

प्रतिनिधि सभा नियमावलीको नियम २९ मा भनिएको छ, ‘नियम २८ को उपनियम २ बमोजिम सभामुखको घोषणाप्रति कम्तिमा २८ जना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले हुन्छ, हुन्न र मत दिन्न भन्ने सदस्यलाई देहायबमोजिमका कुनै तरिकाले मत विभाजन गरी मत संकलन गर्नेछ ।’

देहायका विकल्पमध्ये सभामुखले प्रस्तावलाई मतदानमा पठाउन सक्नेछन् । यस्तो बेला एमालेका सांसदहरू मत विभाजनमा सहभागी हुनुपर्छ । त्यसबेला उनीहरूले पक्ष, विपक्ष वा तटस्थ कुनै विकल्प रोज्न सक्छन् ।

मतदान नै नगरे पनि एमालेको उपस्थिति भने जनिन्छ । यस्तो अवस्थामा बहुमतका लागि समग्र उपस्थितिको ५० प्रतिशतभन्दा माथि हुनुपर्ने अवस्था आउँछ ।

आफैँले अवरोध गरेको संसदको प्रक्रियामा सहभागी हुने कि नहुने भन्ने नैतिक प्रश्न यहाँनेर आउने छ । त्यस्तो बेला एमालेले संसद् बैठक बहिस्कार गरेर हिँड्न सक्छ । तर, यो विकल्प एमालेका लागि राजनीतिक उपलब्धि होइन ।

तसर्थ, एमालेका लागि एमसीसी निल्नु न ओकल्नुजस्तो बनिरहेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई एमालेले एमसीसी कुनै धारणा नबनाएर संसद् अवरोध जारी राख्ने बताउँछन् । ‘संसदीय प्रक्रियामा भाग लिने परिस्थिति अहिलेसम्म छैन । हुन्छ, हुन्न भन्ने मत विभाजनमा सहभागी हुँदैनौं । नारा लगाइरहन्छौं ।’

जनताले एमसीसीप्रति एमालेको दृष्टिकोण के हो भनेर बुझ्ने त ? भन्ने प्रश्नमा भट्टराईले भने, ‘हामी अहिले जे गर्दैछौं, त्यही हो भन्ने बुझ्नुपर्छ । सबै विषयमा एमाले देखा पर्नै पर्ने, यही हो भन्नै पर्ने भन्ने हुँदैन । हामी अन्यायविरुद्ध लडाईं लडिरहेका छौं । यसैमा हामी केन्द्रित भयौं । पक्ष विपक्षमा हामी छैनौं । संसदीय प्रक्रियामा भाग नै लिएनौं भन्ने जनताले बुझ्छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x