×

NMB BANK
NIC ASIA

एमसीसीबारे फेरि बोल्यो चीन–उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो ?

फागुन ११, २०७८

NTC
Premier Steels

उत्तरी छिमेकी चीनले अमेरिकाकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे फेरि टिप्पणी गरेको छ ।  चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले एमसीसीसँगको सम्झौता हेर्दा राम्रो भएपनि यसले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने टिप्पणी गरेकी हुन् । 

Muktinath Bank

‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो ? मलाई आश्चर्य लागेको छ’, उनले टिप्पणी गरिन्,  'यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो छ, तर चपाउन मासुजस्तै गाह्रो छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहयोग दिँदा आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने गरी दिनुपर्ने उनको भनाइ छ । अर्काको देशको सार्वभौमसत्ता र हितलाई हानी र्पुयाउने गरी कुनै पनि राजनीतिक अवस्था वा स्वार्थ जोड्न नहुने पनि उनको धारणा छ । 
नेपालको संसदमा एमसीसी पेश भइसकेको सन्दर्भमा चीनको यस्तो धारणा आएको हो । 


Advertisment
Nabil box
Kumari

यसअघि नेपालमा एमसीसी पारित गर्नका लागि अमेरिकाले दिएको भन्दै चीनले कडा टिप्पणी गरेको थियो । फागुन ६ मा चिनियाँ विदेश मन्त्रालयले नै  अमेरिकाको बाध्यकारी कूटनीतिको विरोध गर्ने बताएको थियो । 

Vianet communication

नेपालसँग सहकार्य गर्न, नेपालको आर्थिक विकासमा योगदान गर्न र नेपालीको जीवनस्तर सुधार्न अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्ने तर यो सबै कुरा नेपाली जनताको इच्छाबमोजिम र राजनीतिक शर्तविना नै गरिनुपर्ने चीनको भनाइ छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x