×

NMB BANK
NIC ASIA

रामचन्द्र पौडेलले भने- एमसीसी पास गर्न एमालेको माग पूरा गर्नुपर्ने अवस्था आयो

फागुन १२, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी अनुमोदन गर्नकै लागि प्रचण्ड-माधव नेपालसँग गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नुपर्ने अवस्था आएको बताएका छन् । 

Muktinath Bank

गृहजिल्ला तनहुँ पुगेर पौडेलले राष्ट्रको अवसर गुमाउने पार्टीहरूसँग टाँसिएर बस्न नसकिने प्रस्टीकरण दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तनहुँमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, ‘राष्ट्रको महत्त्वपूर्ण अवसर गुमाइदिने तर तपाईंहरू (प्रचण्ड-माधव नेपाल)सँग टाँसिएर बस्नुपर्ने कसरी हुन सक्छ ?’


Advertisment
Nabil box
Kumari

एमसीसी संसदबाट पास गराउने निर्णय एमाले अध्यक्ष केपी ओलीले गरेको र उनी एमसीसीबाट भाग्न नमिल्ने पौडेलले बताए ।

Vianet communication

कांग्रेस र एमालेका नेताहरूबीच भएको संवादबारे जानकारी गराउँदै पौडेलले भने, ‘प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री हुँदा वासिङ्टन गएर एमसीसीमा प्रतिबद्धता जनाएर आउनुभएको छ । तपाईंहरूले पटक-पटक सहमति पनि गर्नुभएको छ । एमसीसीबाट कसरी भाग्न मिल्छ भनेर एमालेलाई भनेका छौं ।’

केपी ओलीले एमसीसीमा सहयोग गर्ने तर, त्यसका लागि संसदमा उपस्थित हुने वातावरण बनाइदिनुपर्ने भनेको पौडेलले बताए ।  

‘एमसीसीको विरोध गर्दिन, सहयोग गर्छु तर, संसदमा हामी उपस्थित हुने वातावरण नै छैन भनेर ओलीले भनेका छन्,’ तनहुँमा पौडेलले भने, ‘संसदमा एमसीसीको पक्षमा बोल्नको लागि विषयमा प्रवेश गर्ने ठाउँ नै मलाई भएन भन्ने एमालेको कुरो छ । संसदमा उभिएर समर्थन गर्ने ठाउँ बनाइदेउ, म उभिएर समर्थन गर्दिन्छु भनेर केपी ओलीले भनेका छन् ।’

एमालेले कारबाही गरेको भनेको एकीकृत समाजवादीका १४ जना सांसदको कारबाही सदर हुनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग राखेर संसद अवरोध गरिरहेको छ । 

सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको समर्थन लिएर एमसीसी पास गर्ने कि केपी ओलीलाई ठाउँ बनाइदिएर एमसीसी पास गर्ने भन्ने निर्णय गर्ने गर्नुपर्ने अन्तिम अवस्थामा कांग्रेस रहेको र यो परिस्थिति प्रचण्ड र नेपाललाई जानकारी पनि गराएको पौडेलले बताए । 

‘हामीले केपी ओलीको माग पूरा गर्ने कि एमसीसीको माग पूरा गर्ने दुई मध्ये एक गर्नुपर्ने भयो भनेर प्रचण्ड, माधव नेपाल, झलनाथ सबैलाई भनेको छु,’ पौडेलले भने । 

एमसीसी अनुमोदन गर्नकै लागि गठबन्धन भत्काउनुपर्ने अवस्था आएको पौडेलले बताएका छन् । 

‘एमसीसी फेल गर्न हुँदैन पास गर्नुपर्छ भन्ने कांग्रेसको धारणा छ । यो परिस्थितिमा प्रचण्ड र माधव नेपालले सपोर्ट गर्ने होइनन्, असहयोग गर्ने र विफल पार्न लाग्ने हो भने यसलाई सफल पार्न लाग्ने हो भने अर्को उपाय सोच्नुपर्‍यो । त्यो भनेको केपी ओलीको माग पूरा गर्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘केपी ओलीको माग पूरा गर्नुपर्ने अवस्थामा जाने नपार भनेर भनेका छौं ।’

एमसीसी अमेरिकाले नेपाललाई उपहार दिएको पनि पौडेलले बताए । 

‘एमसीसी अमेरिकी जनताको नेपाली जनतालाई उपहार हो,’ पौडेलले भने, ‘अविकसित मुलुकमा जब गरीबी बढ्छ, भोका नाङ्गा हुन्छन्, तब हिंसाको परिस्थिति बन्छ । आतंकवादले जन्म लिन सक्छ । त्यतापट्टि नजाउन भन्नको लागि गरिबी उन्मूलन हुनुपर्‍यो ।’ 

अमेरिकाले अनुदानमा सहयोग दिएको तर, चीनले यस्तो सहयोग नदिने पनि पौडेलले बताए । 

‘अमेरिकाले अनुदान दिएको छ । ऋण पनि होइन । चीनले रेल ल्याइदिने भनेको छ तर, हामीले ऋण लिनुपर्ने । त्यो रेलले ऋण तिर्न सक्दैन अनि श्रीलंकाको बन्दरगाहको हालत हुन्छ,’ पौडेलले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x