×

NMB BANK
NIC ASIA

अलमल

एमसीसीमा अझै पनि गोलमटोल एमाले !

फागुन १७, २०७८

NTC
Premier Steels

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको २ दिनपछि नेकपा एमालेले आधिकारिक धारणा सार्वजनिक गर्ने भनेर पत्रकार सम्मेलन आयोजना गर्‍यो । 

Muktinath Bank

मंगलवार तीनकुनेको रोयल ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा एमालेले १२ बुँदे स्पष्टीकरण पेश गर्‍यो तर वक्तव्यमा एमसीसी सही वा गलत, देशको पक्षमा वा विपक्षमा, पार्टीमा एमसीसीको पक्षमा छ वा विपक्षमा भन्ने स्पष्ट धारणा उल्लेख भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बरू पत्रकार सम्मेलनमा सत्ता गठबन्धनप्रतिको आक्रोश व्यक्त भयो । एमालेलाई कमजोर पार्नका लागि गठबन्धन लागिपरेको गुनासोयुक्त अभिव्यक्ति प्रेस विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

एमसीसीबारे पार्टीको धारणा संसदमा राख्न चाहेको तर एमालेलाई प्रक्रियामा सहभागी हुन नदिएको तर्क एमालेको छ । प्रेस विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘फागुन १५ गतेको प्रतिनिधिसभा बैठकका दुवै सत्रमा हाम्रो पार्टीलाई प्रक्रियामा सहभागी हुनबाट वञ्चित गरियो । यसले देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी गठबन्धनको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ । संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई वेलमा राखेर अवरोधका बीच यस्तो संवेदनशील निर्णय गरिएको छ ।’

Vianet communication

पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए । विज्ञप्तिमा एमसीसीबारे एमालेको स्पष्ट धारणा नपाएपछि पत्रकारहरूले एमाले अध्यक्ष ओलीलाई प्रश्न सोधे, ‘एमाले एमसीसीको पक्षमा हो वा विपक्षमा ?’

ओलीले पत्रकारको प्रश्नलाई उखानमा उडाइदिए । ओलीले भने, ‘नेपालीमा एउटा भनाई छ, बाह्र वर्ष रामायण पढायो सीता कसको जोइ ? १२ बुँदा वक्तव्य पढिसकियो, फेरि एमसीसी ठीक छ कि बेठीक भनेर प्रश्न उठाउनुभएको छ । हाम्रो भनाई कुनै पनि हाम्रा दातृ मित्र राष्ट्रहरू वा संस्थाहरू कसैसँग पनि सहयोग सहकार्य कुनै विषयमा ठोस रूपमा प्रवेश गर्ने सन्दर्भमा हामीले समयमै विचार गर्नुपर्छ । देशको हितको पक्षमा छ कि छैन, राष्ट्रिय आवश्यकता र प्राथमिकतामा पर्छ कि पर्दैन भन्ने विचार गर्नुपर्छ । हाम्रो आवश्यकताभित्र पर्दैन र राष्ट्रिय हित अनुकूल छैन भने अनुदान वा लगानी स्वीकार्दैनौं । यो सबै कुरा सम्झौता हुनुअगाडि विचार गर्नुपर्छ ।’

ओलीले संसदबाट अनुमोदन भइसकेका कारण एमसीसी प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । कार्यान्वयनको क्रममा देश हित अनुकूल भयो/भएन, राष्ट्रिय हित, स्वाधिनता, सार्वभौमिकता मिचियो कि मिचिएन भन्ने कुरामा एमालेले ध्यान दिने पनि ओलीले बताए ।

ओलीले ‘संसदबाट अनुमोदन भइसकेको कारण’ भनेर शर्त देखाएर कार्यान्वयन हुनुपर्ने बताए तर एमसीसी राष्ट्र हित अनुकूल छ वा छैन, त्यसमा एमालेको धारणा के हो भन्ने कुरामा गोलमटोल कुरा गरिरहे । करीब डेढ घण्टा चलेको पत्रकार सम्मेलनमा एमाले नेतृत्वले धेरै समय सत्तारूढ गठबन्धनको बदख्याइँ गर्नमै खर्च गरेको थियो । 

विशेषगरी सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति ओलीको प्रहार केन्द्रित थियो । सरकारको नेतृत्व गरिरहेको कांग्रेसप्रति भने ओली नरम सुनिएका थिए ।

एमालेले जारी गरेको विज्ञप्तिको बुँदा नम्बर ४ मा भनिएको छ, ‘गठबन्धनका केही दलहरूले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भड्काउने र जनतामा अन्यौल सिर्जना गर्ने कार्य गर्दै आए, विषाक्त प्रचारबाजी गरे । द्विपक्षीय विषयलाई भूराजनीतिक विषयजस्तो बनाइयो । २४ घण्टाअघि उनीहरूले सत्ता छाड्ने तर सहमति नगर्ने पनि भन्न भ्याए । २४ घण्टापछि उनीहरूमा ‘दिव्यज्ञान’ पलायो र शुरू भयो अर्को स्पष्टीकरणको सिलसिला – पद जोगिनु क्रान्ति, पद जानु प्रतिक्रान्ति ! गठबन्धन ढले आफू ढल्ने, आप्mना हितैषीहरूको पनि पद जाने भएकाले समर्थन गर्नुको विकल्प नरहेको बयानबाजी गरे ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘खासगरी नेकपा एमालेका विरुद्ध हतियारका रूपमा प्रयोग गरिएको यस सम्झौताका सन्दर्भमा अढाई वर्षको अवधिमा के–के मात्रै भनिएन र गरिएन ? पहिलो – केपी ओली प्रधानमन्त्री पदबाट फ्याँकिएपछि अनुमोदन गर्ने । दोस्रो – ४/५ महिना समय पाऊँ, पारित गर्छौं । तेस्रो – चुनावपछि पारित गरौंला । चौथो – यथास्थितिमा पारित गर्दैनौं । पाँचौंं – बहिस्कार गरेर पारित गर्न सहयोग गर्छाैं । छैटौं – लाज छोप्ने पातलो र पारदर्शी पर्दा पाऊँ, अनि पारित गर्छौंं, आदि ।’

नेकपा एमालेलाई कमजोर पार्न र सत्ता टिकाउनकै लागि एमसीसीमा गठबन्धनले रङ्गीविरङ्गी हर्कत गरेको एमालेले बताएको छ ।

शुरूमा एमाले नेतृत्वको सरकारले नै एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने निर्णय गरेर प्रस्ताव संसदमा दर्ता गराएको थियो ।

एमाले नेतृत्वले कांग्रेसलाई सभामुख हटाउने र माधव नेपाल लगायत १४ सांसदलाई गरिएको कारबाही कार्यान्वयन गर्न सघाए एमसीसी अनुमोदन गर्न सघाउने शर्त राखेको थियो । सरकारमा हुँदा ओली एमसीसी अनुमोदन गराउने पक्षमा थिए तर सरकारबाट हटेपछि एमसीसीबारे एमालेले मौनता साध्यो र गठबन्धन भत्काउन सकिने हतियारको रूपमा प्रयोग गर्न खोज्यो । जसले एमाले सफल हुन सकेन ।

अन्ततः संसदबाट एमसीसी अनुमोदन भयो । एमाले त्यसको प्रक्रियामा सहभागी हुन पाएन । अनुमोदन हुँदा एमालेले पक्ष वा विपक्ष कतै पनि एमसीसीको जस लिन पाएन ।

संसदबाट एमसीसी अनुमोदन भइसक्दा पनि एमालेले एमसीसी राष्ट्र हितको पक्षमा छ वा छैन भन्ने कुराको स्पष्ट अभिव्यक्ति सार्वजनिक गरेको छैन, बरू कूटनीतिक तवरमा कार्यान्वयनको क्रममा राष्ट्रहितमा हुन्छ वा विपरीतमा हुन्छ हेर्ने भनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x