×

NIC ASIA

युक्रेनदेखि आउँछ तेल

युक्रेन युद्धको नेपाल साइनो : ७ महिनामै साढे १४ अर्बको आयात, तनाव लम्बिए चुल्होमै असर

फागुन १९, २०७८

Prabhu Bank
NTC
Premier Steels

युरोपेली मुलुक युक्रेनमा रुसले गरेको आक्रमणका कारण नेपालसँगको व्यापारसमेत प्रभावित हुने चिन्ता बढेको छ ।

युक्रेनबाट नेपाल भित्रने र बाहिरिने वस्तु तथा सेवाको वैदेशिक व्यापार चालू आर्थिक वर्षको पहिलो ७ महिनाको अवधिमा नै साढे १४ अर्ब रुपैयाँको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस अवधि (साउन–माघ)मा १४ अर्ब ४२ करोड ४९ लाख ३९ हजार रुपैयाँको व्यापार नेपाल र युक्रेनबीच भएको छ । ४५ प्रकारका वस्तु आयात गर्दा नेपालबाट १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ युक्रेनतर्फ गएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

यो अवधिमा युक्रेनबाट नेपालमा आएका वस्तु तथा सेवामध्ये सबैभन्दा ठूलो परिणाम सूर्यमुखीको कच्चा तेलको छ ।

Vianet communication

यस्तो तेल युक्रेनबाट सात महिनामै ९ अर्ब ५१ करोड ६३ लाख ६० हजार भन्सार मूल्यको ५ करोड ७३ लाख ६४ हजार ५५८ लिटर आयात भएको छ । युक्रेनबाट सूर्यमुखीको बिउ नै ३ करोड ७५ लाख रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

सोयाविनको कच्चा तेल आयातको हिस्सा पनि उल्लेख्य छ । यो मुलुकबाट उक्त अवधिमा भित्रिएको यस्तो तेल ७९ करोड ४७ लाख ९० हजार रुपैयाँ भन्सार मूल्यको ४८ लाख ४३ हजार ९८८ लिटर छ । युक्रेनबाट नेपालमा आउनेमा तेलमा सूर्यमुखीपछि सोयाविन दोस्रो सूचीमा छ । 

तेल बाहेक नेपालमा युक्रेनबाट ३ अर्ब ९५ करोड रुपैयाँ भन्सार मूल्यको ४ करोड किलो तेलहन (तोरी, रायो, सरस्युँ) आयात भएको छ । युक्रेनबाट सवा करोडको धनियाँ, १ करोड रुपैयाँको केराउ, ३२ लाख रुपैयाँको कुकुर–खरायोसहितका अन्य जीवित जनावर नेपाल भित्रिएको छ ।

युक्रेनबाट नेपाल आउने वस्तुहरूमा पौने ५ करोड रुपैयाँका साना शिशाका बोतलमा प्रयोग हुने ढक्कन, सवा करोड रुपैयाँका बेकरी मेसिन आएको छ । ४५ लाख रुपैयाँसम्मका वस्तुहरूमा भने कोक फन्टाका धातुको बिर्कोसमेत रहेको छ । 

अन्य वस्तुहरूमा पशुका खोप, कुकुर–बिरालोका दाना, धूपीसल्लाको तेल, सुनको जलप लगाएका सामान, फ्रिज वा चिसो उपकरण आयात भएको छ । यो मुलुकबाट टोनर कार्टिज, कम्प्युटर सर्भर नेटवर्क, टेलिभिजनका उपकरण, धातुको फर्निचर, घरायसीसमानसहितको वस्तुसमेत आयात हुने गरेको छ । 

युक्रेनबाट आयात भएको वस्तु र सेवा गत वर्षको माघसम्ममा ७ अर्ब ७२ करोड रुपैयाँको थियो । गत वर्षको तुलनामा यो वर्ष उक्त मुलुकबाट आउने सामानको आयात ८६ प्रतिशतले बढेको छ । 

नेपालबाट ग्रीन टी र यार्सागुम्बा

नेपालबाट युक्रेन जाने वस्तुको निर्यात भने जम्मा १५ लाख रुपैयाँको मात्रै छ । नेपालले युक्रेनबाट ७ महिनामै १४ अर्बको वस्तु तथा सेवा आयात गरेको नेपालले त्यसको तुलनामा निकै कम १५ लाखको मात्र निर्यात गरेको छ ।

नेपालबाट युक्रेन जाने वस्तुमा ग्रीन टी, यार्सागुम्बा, बाजा, अगरबत्ती, फेल्ट, कार्पेट, महिलाको कटन कोट, धागो, चाँदीका गहना, अन्य गहनाहरू, काठका फर्निचर, काष्टकलाका सामान रहेको भन्सार विभागको माघसम्मको तथ्यांकले देखाएको छ । यो वर्ष नेपालबाट १५ लाख ७८ हजार रुपैयाँका निर्यात युक्रेनमा भएको छ । युक्रेन निर्यात भएको ग्रीन टी ७८ हजारको १ सय किलो र यार्सा १ लाख ९३ हजारको १ किलो मात्रै छ ।

नेपालबाट युक्रेनमा भएको यस्तो निर्यात गत वर्षको भन्दा कम हो । गत वर्ष जम्मा ६ वटा वस्तुको निर्यातमा १९ लाख ५ हजार रुपैयाँ नेपाल भित्रिएको । गत वर्ष कार्पेटमात्रै १२ लाख १६ हजारको थियो । त्यसपछि धेरै निर्यात हुने वस्तुमा २ लाख ७२ हजारको ग्रीन टी थियो । 

नेपालबाट माघसम्ममा युक्रेन जाने वस्तुहरूमा सबैभन्दा बढी मूल्य भनेको जम्मा २ लाख ८४ हजार रुपैयाँको गलैँचा निर्यात भएको छ । त्यसपछि अन्य बोटबिरुवा तथा फार्मेसीमा प्रयोग हुने अत्तर रहेको छ ।

मूल्यमा असर हुनसक्छ, विकल्प खोज्नुपर्छ

युक्रेनबाट आउने सामान रोकिएमा ती मुलुकबाट आउने सामानमा प्रभाव देखिन सक्ने भएकोले विकल्प खोज्नुपर्ने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका तथ्यांक अधिकृत कृष्ण बजगाईंले बताए । उनका अनुसार जति धेरै दिन युक्रेन अशान्त हुँदै जान्छ त्यति नै लामो समय त्यहाँबाट हुने निर्यातमा पनि असर पर्छ ।

नेपालमा आउने १४ अर्ब रुपैयाँको बजार अवरुद्ध हुनु भनेको ठूलै परिमाणको वस्तु र सेवामा प्रभाव पर्नु भएको बजगाईंको भनाइ छ । उनका अनुसार यस्तो बेला अर्को गन्तव्यमा जानुपर्ने पनि हुन्छ । तत्कालै ठूलो असर त नदेखिएला तर पनि अस्ट्रेलिया, अमेरिका, क्यानडासहितका मुलुकमा पनि युक्रेनमा उत्पादन हुने सामाग्री पाइने भएकाले त्यतातर्फ विकल्प सोच्नुपर्ने बजगाईंले बताए छ ।

युक्रेनबाट सामान नआउँदा परेको असरको विषयमा भने निजी क्षेत्र, व्यापारीसहतिको भनाइ आउनुपर्ने हुन्छ । अहिले सबैभन्दा बढी युक्रेनबाट आउने तेल र तेलहन बाली भएकाले नेपालमा तेलको मूल्यमा भने तत्कालै असर पर्नसक्ने बुझाइ पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको छ ।

नेपाल खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्रा बज्राचार्य भने अहिलेलाई पर्याप्त मौज्दात भएकाले मूल्यमा असर गरिनहाल्ने बताउँछन् । उनका अनुसार युक्रेन अझै १५/२० दिन अशान्त बन्यो भने चाहिँ तेलको मूल्यमा असर पर्न सक्छ । अहिले एक डेढ महिनालाई पुग्ने सामान मौज्दात रहेकाले नयाँ सामान आउन सकेन भने अर्को विकल्प खोज्ने बेलाससम्म मूल्यमा असर परिसकेको हुनसक्ने उनको अनुमान छ ।

पछिल्लो समय खाने तेलको मूल्यमा उतार चढाव आइरहेको छ । सोयाविन र सूर्यमुखी तेलको मूल्य प्रतिलिटर नै २७० देखि २८० रुपैयाँसम्म पुगेर घटेको हो । बजारमा भटमास र सूर्यमुखी तेलको मूल्य २३० र २४० मा झरिसकेको भएपनि पुनः १५ देखि २० रुपैयाँ बढेको नेपाल खुद्रा व्यापार संघका पूर्व अध्यक्ष बज्राचार्यले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x