×

NMB BANK
NIC ASIA

कम्युनिस्ट ध्रुवीकरणको नयाँ प्रयास

विप्लवको सक्रियताको भित्री कुरो : भीम रावलदेखि नारायणकाजीसम्मलाई किन भेट्दैछन् ?

फागुन १९, २०७८

NTC
Premier Steels

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित भएसँगै नेपालका वामपन्थी दलमा परकम्प आइरहेको समयमा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता तीव्र बनाएका छन् । 

Muktinath Bank

एमसीसी प्रकरणमै पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्टि जनाएका नारायणकाजी श्रेष्ठदेखि नेकपा एसमा एमसीसीबारे फरक मत राखेका झलनाथ खनालसम्मलाई विप्लवले बुधवार भेटे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्युनिस्ट पार्टीमा फरक पहिचान बनाएको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग पनि विप्लवको भेटवार्ता भयो । 


Advertisment
Nabil box
Kumari

नारायणकाजीसँग विप्लवको भेटवार्तालाई लिएर पूर्वमाओवादी वृत्तमा तरंग उब्जियो ।

Vianet communication

एमसीसीबारे नारायणकाजीको असन्तुष्टिलाई लिएर पार्टी नै छाड्नेसम्मको चर्चाकाबीच सोमवार पत्रकार सम्मेलनमा प्रचण्डले दिएको अभिव्यक्तिसँग जोडेर विप्लवसँगको भेटले चर्चा कमायो ।

एमाले विभाजन गरेर माले गठन गरेका वामदेव गौतमको उदाहरण दिँदै प्रचण्डले राजनीतिक भोलेन्टियर पेशा भएकाले कसैलाई रोक्न सकिँदैन भन्ने आशयको अभिव्यक्ति दिएका थिए । 

नारायणकाजीसँग बिग्रएको सम्बन्ध सुधारका लागि प्रचण्डले हिजो उनकै निवासमा गएर छलफल गरे भने बिहीवार आफ्नो निवासमा बोलाए ।

नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगि नसके पनि नारायणकाजीसँग विप्लवको भेटवार्तालाई अर्थपूर्ण र उत्सुकताका साथ हेरिएको छ ।

नारायणकाजीसँगको भेटमा विप्लवले सहकार्यको प्रस्ताव राखेको उनीनिकट स्रोत बताउँछ । 

नयाँ मोर्चा गठनको प्रस्ताव

बिहीवार विप्लवले एमसीसीविरुद्ध संसद्मा खरो रूपमा उत्रिएका नेकपा एमालेका नेता भीम रावलसँग भेटवार्ता गरे ।

एमालेले संसद् अवरोध गरिरहेको समयमा पनि रावलले छलफलमा भाग लिएर विपक्षमा मतदान गरेका थिए । रावलले व्यक्तिगत रूपमा हिरो बन्नका लागि पार्टीको नीति विपरीतका गतिविधि गरेको एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाइसकेका छन् । पार्टी नीतिविपरीत एमसीसीविरुद्ध संसद्मा बोलेको र मतदान गरेको ओलीलाई मन परेको छैन ।

एमसीसीबारे संसदभित्र र बाहिर सशक्त प्रतिरोध गरिरहेका रावललाई भेटेर विप्लवले देशभक्त मोर्चाको आवश्यकता बनेको बताए ।

‘एमसीसीमा दलहरूले राष्ट्रघात गरेपछि देशको पक्षमा बोल्ने र आन्दोलन गर्ने देशभक्त मोर्चाको व्यापक रूपमा आवश्यकता बढ्यो भन्ने उहाँको प्रस्ताव थियो,’ विप्लवसँगको भेटबारे रावलले लोकान्तरसँग भने, ‘त्यस्तो मोर्चा गठन गर्न सम्भव भएन भने पनि आ–आफ्नो ठाउँबाट सशक्त रूपमा विरोध गरौं भनेर आग्रह गरेको छु ।’

एमसीसी पास गरेपछि देश ठूलो अप्ठ्यारो अवस्थाबाट गुज्रिएकाले देशभक्तहरूले राष्ट्रको पक्षमा आवाज उठाउनुपर्ने रावलले बताए ।

‘राष्ट्रको पक्षमा बोल्ने आधार बनाऔं, खुकुलो मञ्चजस्तो बनाऔं भन्ने प्रस्ताव थियो । हामी फरक राजनीतिक दलमा रहेकाले अहिल्यै त्यस्तो मोर्चा बनाउन सम्भव नभएको कुरा राखें,’ रावलले भने । 

बाहिर हल्ला भएजस्तो नयाँ दल गठनका लागि भने विप्लवले प्रस्ताव गरेका छैनन् । 

‘राष्ट्रिय स्वाधीनता अप्ठ्यारोमा परेकाले संयुक्त मोर्चा बनाएर एमसीसी खारेजीका लागि जनमत सिर्जना गरौं भन्ने प्रस्ताव लिएर आउनुभएको थियो,’ विप्लवसँग भेटेका अर्का एक नेताले भने ।

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँगको भेटमा भने विप्लवले शुक्रवार काठमाडौंमा आयोजना गरिएको सभामा उपस्थितिका लागि आग्रह गरेका थिए ।

‘६ दलका तर्फबाट शुक्रवार काठमाडौंमा आयोजना गरिएको विरोध सभामा बोल्नका लागि आग्रह गर्नुभयो, हाम्रो आफ्नै कार्यक्रम रहेकाले सहभागी हुन नसक्ने जानकारी गरायौं,’ नेमकिपा सचिव प्रेम सुवालले लोकान्तरसँग भने । 

आफूहरूले शुरुदेखि नै सडक र संसदमा एमसीसीको विरोध गरेको भन्दै बिजुक्छेंले एमसीसीविरोधी आन्दोलनमा समर्थन रहेको बताएका थिए ।

नेमकिपाले एमसीसी खारेजीका लागि गाउँटोलमा गएर जनतालाई सुसूचीत गर्ने काम गरिरहेको बताएको छ । 

राष्ट्रियताको मुद्दालाई चर्काउने विप्लव रणनीति 

प्रचण्ड र बाबुराम भट्टराईले जनवादी क्रान्तिलाई बीचमै छाडेको भन्दै मोहन वैद्य, रामबहादुर थापा र विप्लवले २०६९ सालमा माओवादीसँग विद्रोह गरेका थिए । ‘बुढाहरूले क्रान्ति गर्न नसक्ने’ भन्दै वैद्यसँग पनि विद्रोह गरेर विप्लवले नेकपा गठन गरे । थापा भने अहिले एमालेमा पुगेका छन् । 

झण्डै तीन वर्ष भूमिगत शैलीको आन्दोलन गरेपनि अपेक्षित जनसमर्थन नपाएपछि विप्लवले गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका थिए ।

सरकारसँग गरेको ३ बुँदे अमूर्त सहमतिले पनि आमजनतालाई आकर्षण गर्न सकेको छैन । त्यसैले विप्लवले राष्ट्रियताको मुद्दा उचालेर जनमत आकर्षण गर्ने रणनीति बनाएका छन् । 

राष्ट्रिय जनमोर्चा, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत साना वामपन्थी दललाई लिएर आन्दोलन गरिरहेका छन् । एमसीसी संसदमा टेबुल गर्ने दिन र पारित भएको भोलिपल्ट नेपाल बन्दसहितको कार्यक्रम गरेको यो मोर्चाले शुक्रवार काठमाडौंमा विरोध सभा आयोजना गर्दैछ । 

‘अन्य कम्युनिस्ट पार्टी यो वा त्यो बहानामा एमसीसी पारित गर्ने प्रक्रियामा सहभागी भएकाले एमसीसीविरोधी जनमतलाई भजाउन विप्लवले प्रयास गरेका छन्,’ माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘यसअघिका अमूर्त कुराभन्दा एमसीसीको विरोधले जनमत आकर्षण गर्न सक्छन् ।’

अन्य दलमा एमसीसीले परकम्प निम्त्याएका बेला विप्लव नेतृत्वको नेकपालाई भने जनमत जोड्ने रसायन बनेको छ । विप्लव नेकपामा विवाद बढेको र प्रभावशाली नेता खड्गबहादुर विश्वकर्मा एमाले प्रवेशको तयारीमा रहेको भन्दै समाचार आएका थिए ।

तर, कम्युनिस्ट नेताहरूसँग भएका पछिल्ला भेटमा विश्वकर्मा सहभागी भएका छन् । यति मात्र होइन एमसीसी प्रकरणमा एमालेको भूमिकाको आलोचना गरेका छन् । 

‘एमसीसी संसद्मा दर्ता गर्दा एमाले (तत्कालीन नेकपा)को दुईतिहाइको सरकारको थियो । अहिले एमसीसी टेबुल गर्दा कांग्रेसले आफ्नो डिफेन्स गर्न त्यो कुरा स्मरण गरेको थियो । एमसीसीको मामिलामा एमाले अध्यक्ष ओलीको क्यारेक्टर राष्ट्रवादी देखिएन । ओली एमसीसीविरुद्ध खडा भएको भए पास नहुने थियो,’ बुधवार ६ दलीय मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा विकले भनेका थिए, ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीले सिधा नाक समात्नुभयो, ओलीजीले घुमाएर नाक समात्नुभयो । त्यसकारण यसमा ओलीको पनि षड्यन्त्र देखियो ।’

सफल असफल जे भएपनि एमसीसी खारेजीको एजेन्डा उठाएर कम्युनिस्ट ध्रुवीकरणको नयाँ प्रयास हुने जानकारहरू बताउँछन् । विप्लवको सक्रियता सोही प्रयासका लागि बढेको देख्न सकिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x