×

NMB BANK
NIC ASIA

एमसीसी किचलो

माओवादी बैठकमा एमसीसी मन्थनः प्रचण्डको प्रतिरक्षामा नारायणकाजीको 'काउन्टर'

फागुन २०, २०७८

NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शुक्रवारबाट शुरू भएको छ । 

Muktinath Bank

प्रतिनिधि सभाबाट अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी पास गर्न भूमिका खेलेको भन्दै पार्टीभित्र असन्तुष्टिका स्वरहरू उठिरहेका बेला बैठक बसेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकको पहिलो दिन सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको बचाउ गरे । त्यतिमात्र होइन उनले एमसीसीको टुंगो लागेसँगै गठबन्धन निर्वाचनसम्म सुरक्षित रहने निश्चित भएको बताए । 


Advertisment
Nabil box
Kumari

‘एमसीसीकै कारण गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो,’ उनले भने, ‘एक ढंगले त्यसको टुंगो लागेको छ । अबचाहिँ गठबन्धन पनि निर्वाचनसम्म सुरक्षित रहने करीब निश्चित भयो ।’

Vianet communication

सत्ताबाट बाहिरिन नपरोस् भनेर एमसीसी पास गरेको भन्ने उनीमाथि लाग्दै आएको आरोपलाई पनि यसले थप बल पुगेको छ । पहिले राष्ट्रघाती भन्दै एमसीसीको विरोधमा रहेको माओवादी केन्द्र व्याख्यात्मक घोषणासहित पास गरेको भनेर ‘फेस सेभिङ’ गरिरहेको छ । तर, त्यो व्याख्यात्मक घोषणाको खासै अर्थ नभएको भन्दै पार्टीभित्र र बाहिर प्रचण्डको आलोचना भइरहेको छ । 

एमसीसी पास गर्न सघाएदेखि नै  प्रचण्डसँग असन्तुष्ट रहेका नेता नारायणकाजी श्रेष्ठले लिखित रूपमै फरक मत राखे । एमसीसी अनुमोदनका सम्बन्धमा फरक धारणा राख्दै आएको समूहको नेतृत्व गर्दै बैठकमा श्रेष्ठले लिखित धारणा पेश गरेका हुन् ।

त्यतिमात्र होइन उनले पार्टीमा दलालहरूसँग साठगाँठ गर्ने प्रवृत्ति बढेको समेत आरोप लगाए । 

‘पार्टीमा नोकरशाही, पुँजीपति तथा दलालहरूसँग साठगाँठ गर्ने प्रवृत्ति बढेको छ,’ बैठकमा श्रेष्ठले भने, ‘नेतृत्व नै चरम व्यक्तिवादी बनेको छ ।’

उनले प्रचण्ड र आफ्नो २०५३ देखिकै सम्बन्ध गम्भीर मोडमा पुगेको बताए । उनको यो अभिव्यक्तिले पार्टीभित्रको चरम असन्तुष्टि झल्काउँछ । 

प्रचण्डले एमसीसीका सम्बन्धमा धारणा सार्वजनिक गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा ‘कसैलाई पार्टी छाड्न मन लागे नरोक्ने’ अभिव्यक्ति दिएका थिए । सो विषयमा पनि श्रेष्ठले अध्यक्षले नै आफूलाई पार्टी छाड्न भनेका गुनासो गरेका थिए । प्रचण्डको सो अभिव्यक्तिपछि श्रेष्ठ पक्षधर नेताहरू असन्तुष्ट छन् ।

प्रचण्ड र श्रेष्ठबीच एमसीसीको विषयलाई लिएर निकै असन्तुष्टि उत्पन्न भएको छ । बैठकमा पनि निकै चर्काचर्की परेपछि पार्टीमा विद्रोह हुन सक्ने संकेत देखिएको नेताहरू बताउँछन् । 

तर, पूर्व स्थायी कमिटी सदस्य देव गुरुङले भने पार्टी एकता खल्बलिने अवस्था सिर्जना नभएको दाबी गरेका छन् । 

एमसीसीलगायत पार्टीभित्र रहेका मतभेदलाई समाधान गरेर जाने विषयमा बैठकमा छलफल भएको उनको भनाइ छ । 

‘अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ दुवैजनाको अभिव्यक्तिले पार्टी एकतामा व्यवधान गर्ने कुनै प्रश्न छैन, आजको बैठकले यही सन्देश दिएको छ,’ गुरुङले भने ।

‘पहिलो कांग्रेस, दोस्रो हामी’

बैठकमा अध्यक्ष प्रचण्डले आगामी चुनावमा कांग्रेस पहिलो र दोस्रोमा माओवादी हुने बताए । 

प्रयास एक नम्बर नै हुने भन्ने भए पनि अहिलेको स्थितिमा पहिलो भन्ने मनोगत मात्रै हुने उनको भनाइ छ । 

‘अहिलेको स्थितिमा पहिलो भन्नेचाहिँ मनोगत नै हो । तर, भूमिका चाहिँ पहिलो नै हो,’ उनले भने, ‘उम्मेदवार चयनदेखि भौतिक तयारी गर्ने हो भने हामी दोस्रो हुन्छौं ।’

समग्र देशको राजनीतिमा आफूहरू निर्णायक हुने उनको भनाइ छ । ‘हामीसँग एक दम समय कम छ, अब चुनाव आउन दुई महिना १० दिन मात्रै छ,’ उनले भने, ‘युद्धस्तरमा काम नगर्ने हो भने अप्ठ्यारो स्थिति आउन सक्छ, कांग्रेस र एमाले हाम्रा चुनौती हुन ।’ 

एमाले चलाख भएकाले गाउँगाउँ गइसकेको भन्दै प्रचण्डले कांग्रेसको आफ्नै खालको भोटबैंक रहेको बताए । 

उनले गठबन्धन र शक्तिलाई ठिक ढंगले परिचालन गर्न सके ‘लेफ्ट’को पहिलो हुने सम्भावना रहेको उनले बताए ।

शुक्रवारको बैठकमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी एमसीसी पारित गर्ने पार्टीको निर्णयलाई अनुमोदन गर्दै चुनावमा केन्द्रित हुन प्रस्ताव गरेका थिए ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आजबाट शुरू भएको बैठक आइतवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x