×

NMB BANK
NIC ASIA

जताततै अनुकूलता

देउवाको समय दाहिना : सबै मोर्चामा सफलता, दुवै हातमा लड्डु !

फागुन २७, २०७८

NTC
Premier Steels

चुनावमा पराजित भएर कांग्रेस कमजोर बनेका बेला एकदिन बौद्धिक नेता प्रदीप गिरी सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका रहेछन् । कुराकानीका क्रममा गिरीले कम्युनिस्ट पार्टीले चुनाव जितेर जनता भ्रमित गरेको समयमा कांग्रेसले केही नगरेको भन्दै देउवाको देउवाको आलोचना गरेछन् । पार्टी चलाउने ढंग पुगेन भनेर गिरीले गरेको आलोचनाको जवाफमा देउवाले भनेछन्– म बुद्धि नभएको भएर चारपटक प्रधानमन्त्री भएँ, तँ बुद्धि भएको मान्छे एक प्रधानमन्त्री भएर देखा न त । गिरी अवाक भएर फर्किएछन् ।

Muktinath Bank

मंसिर २४ देखि २९ सम्म चलेको कांग्रेस महाधिवेशनका बेला भृकुटी मण्डपमा खुबै सुनिएको किस्सा हो यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किस्सा मात्र हो कि सत्य घटना, त्यो कुरा कि त देउवालाई थाहा होला, कि प्रदीप गिरीलाई । तर, संगठित र योजनाबद्ध काम नगर्ने, बेसुरको भनेर आरोप लाग्ने गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो एकपटक हरेक मोर्चामा आफूअनुकूल नतिजा निकाल्न सफल भएका छन् ।


Advertisment
Nabil box
Kumari

देउवाले हरेक कुरामा ज्योतिषीय परामर्श, त्यो पनि एकजना होइन धेरै ज्योतिषीसँग सल्लाह गरेर निर्णय गर्ने गरेका छन् । पछिल्लोपटक स्थानीय तहको चुनावको मिति घोषणा पनि देउवाले ज्योतिषीसँगको सल्लाहमै गरेका थिए । 

Vianet communication


गत वर्ष फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि तत्कालीन नेकपाका एउटा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधव नेपाल प्रधानमन्त्रीको अफर लिएर बूढानीलकण्ठ पुगे ।

चितवन फर्किँदै गर्दा प्रचण्ड र नेपालले विमानस्थलबाट सिधै देउवालाई भेटेर फागुन २३ गतेको बैठकअगावै तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।  

तर, किस्तीमा घरमै आएको प्रधानमन्त्रीको अफर देउवाले हत्तपत्त स्वीकार गरेनन्, कारण थियो– समय उपयुक्त नभएको ज्योतिषीको परामर्श । 

ज्योतिषीले चार महिना अर्थात असार अन्तिमसम्मको समय उपयुक्त नभएको सुझाव दिएका थिए । त्यसैले देउवाले प्रधानमन्त्री बन्न हतार गरेनन् । तर, जब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरे तब देउवाको भाग्य चम्कियो । संयोग मान्नुपर्छ, ज्योतिषीले भनेकै समयमा देउवा पाँचौपटक प्रधानमन्त्री बने । 

ज्योतिषीको कुरा र उनैले गरेको दाबी पत्याउने हो भने देउवा अझै दुईपटक प्रधानमन्त्री बन्ने योग छ । यो कुरा अरूले भनेका होइनन्, स्वयं देउवाले सार्वजनिक रूपमा बताएका हुन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर घोषणा गरेका थिए । 

कैलालीमा पुगेर देउवाले जवाफ फर्काए– ज्योतिषीले मलाई ७ पटक प्रधानमन्त्री बन्ने योग छ भनेका छन् । त्यतिबेला प्रायले देउवालाई उडाए । राजनीतिक विश्लेषकको कुरा मिलेन, ज्योतिषीकै कुरा मिल्यो ।

प्रत्यक्षतर्फ २३ सीट जितेको कांग्रेसका सभापति देउवा पाँचौपटक प्रधानमन्त्री बने, राजनीतिक सुझबुझ र धैर्यताकै कारण ।

अझै समय यस्तै अनुकूल रहने (गठबन्धन कायम रहने) र भाग्यले साथ दिइरहने हो भने देउवा चुनावपछि छौटौंपटक प्रधानमन्त्री बन्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।

सातौंपटक प्रधानमन्त्री बन्लान् कि नबन्लान् त्यो कुरा भविष्यलाई नै छाडौं ।

पहिलो सफलता– सरकारको नेतृत्व

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कम्युनिस्टको पक्षमा जनउभार र कांग्रेसको लज्जास्पद पराजय देखियो ।

वामपन्थी गठबन्धनलाई जनताले अनुमोदन गरेपछि कम्युनिस्ट नेताहरू अब देशमा ५० वर्ष नेकपाले शासन गर्ने डिंग हाँकिरहेका थिए ।

प्रतिनिधि सभाको यो कार्यकालमा कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरा अपेक्षाबाहिरको विषय थियो । 

२०७४ फागुन २७ गते केपी ओलीले संसद्मा विश्वासको मत लिँदै गर्दा कांग्रेसका नेताहरूले पाँच वर्ष सत्तामा आँखा नलगाउने बताएका थिए । राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने कांग्रेस नुन खाएको कुखुरा जस्तै थियो । 

प्रतिनिधि सभा निर्वाचनमा भएको लज्जास्पद पराजयपछि नेपाली कांग्रेसभित्र देउवाको बहिर्गमन ‘अर्ली महाधिवेशन’को आवाज बुलन्द भएको थियो । 

बहुसंख्यक कांग्रेसका युवाले शेरबहादुर देउवाबाट पार नलाग्ने निष्कर्ष निकालेका थिए । संसदभित्र प्रतिपक्षी दलका नेताको भूमिकालाई लिएर पनि देउवामाथि अनेक प्रश्न उठाइएका थिए । उनीमाथि तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग मिलेको आरोप लाग्ने गरेको थियो । 

प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको बेला देउवाले कुनै दिन सरकारको आलोचना गरेनन् । जब समय परिपक्व भयो देउवा सरकारको नेतृत्व लिन तयार भए, र सफल पनि भए ।

देउवालाई प्रधानमन्त्री बनाउनकै लागि नेकपा एमालेका सांसदहरूले ओलीविरुद्ध हस्ताक्षर गरे, संसदमा फ्लोर क्रस गरे । देउवा प्रधानमन्त्री बन्ने प्रक्रियामा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल विभाजन भयो । 

समय दाहिना हुँदा सर्वोच्च अदालतबाट देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश भयो । देउवाको पक्षमा राजनीतिको पासा पल्टियो । 

२०४८ सालदेखि अविछिन्न चुनाव जितेका देउवाले पाँचौंपटक प्रधानमन्त्री बन्ने दुर्लभ राजनीतिक लाभ हासिल गरिरहेका छन् ।

महाधिवेशनमा सफलता र पार्टीभित्रको शक्ति सन्तुलन

मंसिर २४ देखि काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशनबाट देउवा पुनः सभापतिमा दोहोरिए । 

देउवाको बलियो ग्रहको उपज हुनुपर्छ, उनीबाट पार्टी चल्दैन भन्दै शुरूमा सभापतिको उम्मेदवारी घोषणा गरेका प्रकाशमान सिंहको समर्थनले पल्ला भारी भयो ।

कांग्रेसमा नयाँ नेतृत्वको वकालत गरिरहेका विमलेन्द्र निधिदेखि कृष्ण सिटौलासम्म देउवालाई समर्थन गर्न तत्पर भए । देउवा सभापतिमा दोहोरिएनन् मात्र उनले पार्टीभित्रको शक्ति सन्तुलन आफ्नै पक्षमा ढाले ।

गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा पुस्ताका नेताहरूलाई निर्णय प्रक्रियामा सहभागी गराएर देउवाले कांग्रेसमा सबैलाई समेट्ने प्रयास गरे ।

नेपाली कांग्रेसका युवा नेता एवं विश्लेषक शंकर तिवारी पार्टीका युवापुस्ताको भावना बुझ्दा र निर्णय प्रक्रियामा सहभागी गराउँदा देउवालाई सफलता मिलेको विश्लेषण गर्छन् ।

‘शेरबहादुर देउवा अहिले नेपालमा भएका नेताहरूमध्ये उमेरको हिसाबले पनि परिपक्व हुनुहुन्छ, त्यस हिसाबले उहाँको कार्यशैलीमा परिपक्वता बढ्दै गएको महशुस गर्न सकिन्छ । सरकार बनिसकेपछि एमसीसीमा उहाँले परिपक्व नेताको भूमिका निर्वाह गर्नुभयो । यसमा गगन थापाहरूले सिद्धान्तमा आधारित अडान लिए, त्यसले देउवालाई बल पुग्यो,’ तिवारीले लोकान्तरसँग भने, ‘उहाँले विगतमा जुन शैलीले काम गर्नुहुन्थ्यो, सत्ताबाट बहिर्गमन ठीक ढंगले भएको थिएन । सत्तामा ठीकठाक थियो । सत्ताबाट बहिर्गमन ठीक थिएन । अहिले कांग्रेसको युवापुस्ता खासगरी गगन थापा लगायतको साथ पाउँदा उहाँलाई सफलता मिल्दै गएको छ ।’ 

प्रधानमन्त्री निवास बालुवाटारमा हुने सत्ता गठबन्धनको बैठक होस् या प्रतिपक्षी दलसँगको छलफलमा देउवाले गगनलाई छुटाएका छैनन् । एमसीसी पारित गर्ने बेलामा भएका अनौपचारिक बैठकमा गगन थापाले खेलेको भूमिकाका कारण गठबन्धन टुट्नबाट जोगिएको थियो ।

प्रतिस्पर्धी क्याम्पबाट लडेका गगन मात्र होइन विगतमा मुख्य प्रतिस्पर्धी रहेका रामचन्द्र पौडेललाई पनि विश्वासमा लिएर देउवाले पार्टीभित्र गुटभन्दा माथि उठ्ने कोशिश गरिरहेको देखिन्छ ।

‘पार्टीभित्रको अवसरवादी झुण्ड र गुटलाई बिर्सेर काम गरेमा देउवाको दोस्रो कार्यकाल सफल मात्र होइन कांग्रेसको पुनरुदय सम्भव छ,’ संस्थापन इतरका एक सांसदले लोकान्तरसँग भने ।

एमसीसी पास र गठबन्धनको साथ

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसदबाट अनुमोदन गर्ने विषय पेचिलो बन्दै जाँदा कांग्रेस नेतृत्वको गठबन्धन भत्किने धेरैको आकलन थियो ।

प्रतिपक्षी दल एमालेसँगको सघन छलफलका कारण पनि एमसीसीमा देउवाले एमालेको साथ लिने र गठबन्धन भत्किने खालका विश्लेषण भएका थिए ।

एमसीसी पारित गर्ने समय घर्किँदै जाँदा प्रतिपक्षी दलसँग एकैदिन दुई चरणका वार्ता भएका थिए । गठबन्धनमा रहेका प्रचण्ड र माधव नेपालमाथि दबाब बढाउने अस्त्रको रूपमा देउवाले ओलीसँग संवाद गरेका थिए ।

देउवाको त्यही चतुर्‍याइँका कारण एमसीसीबारे पार्टीमा विवाद हुँदाहुँदै पनि प्रचण्ड र नेपाल एमसीसीको पक्षमा उभिए । 

एमसीसीको विरोध गरिरहेका सत्ता साझेदार दलहरूलाई फेस सेभिङको विकल्प दिएर देउवाले एमसीसी पास गराए । एमसीसी अनुमोदन मात्र भएन गठबन्धन पनि कायमै रह्यो । ‘एमसीसीका कारण चुनावमा कांग्रेसलाई नाफा घाटा जे होला, तर गुम्न लागेको नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयतालाई प्रधानमन्त्री देउवाको सरकारले जोगाएको छ,’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्यले लोकान्तरसँग भने । 

देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर प्रतिष्पर्धा गरेका कांग्रेसका युवा नेता प्रदीप पौडेल देउवाको अडानकै कारण प्रतिकूल अवस्थामा पनि एमसीसी सहज ढंगले संसदबाट पारित भएको बताउँछन् ।

‘एमसीसीको समर्थन गर्दा गाउँमा कांग्रेसलाई क्षति हुन्छ भनेर कतिपयले भनिराख्दा पनि उहाँले एमसीसी नितान्त आर्थिक सहयोग कार्यक्रम हो भनेर अडान लिनुभयो,’ पौडेलले लोकान्तरसँग भने, ‘देउवाले गठबन्धनका नेताहरूलाई मनाउनु भयो र जनतामा रहेको भ्रम क्रमशः निवारण गर्न सम्भव भयो ।’

महंगी, भ्रष्टाचारलगायत अन्य विषयले सरकारको आलोचना गरेपनि एमसीसीकै विषयलाई लिएर विपक्षीले कांग्रेसको भोट काट्न नसक्ने कांग्रेसका नेताहरूको विश्लेषण छ ।

‘एमसीसी संसद्मा टेबुल गर्दा नै पूर्ववर्ती केपी ओली सरकारले दर्ता गरेको सम्झौता भनेर पेश गरिएको छ, यही मुद्दालाई कसैले चुनावमा कांग्रेसलाई प्रहार गर्ने अस्त्र बन्न सक्दैन,’ ती केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x