×

NMB BANK
NIC ASIA

निक्षेप नबढ्दा बैंकको लगानी ठप्प, ८ महिनापछि कर्जा विस्तार घट्यो

फागुन ३०, २०७८

NTC
Premier Steels

वाणिज्य बैंकहरूमा निक्षेप नबढेपछि बैंकहरूले कर्जा दिन रोकेका छन् । निक्षेप नबढेका कारण फागुन चौथो सातामा आइपुग्दा बैंकहरूको कर्जा लगानी ठप्प भएको छ । 

Muktinath Bank

वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको ८ महिनासम्म आक्रामक रूपमा विस्तार गरिरहेको कर्जा फागुन चौथो सातामा केहीको रोकिँदा समग्र बैंकहरूको कर्जाको लगानीको तथ्यांक भने घटेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन तेस्रो सातासम्ममा आइपुग्दा ४१ खर्ब ७० अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका बैंकहरूले चौथो सातामा आइपुग्दा कर्जा विस्तार १ अर्बले घटेर ४१ खर्ब ६९ अर्ब रूपैयाँमा झरेको छ । 


Advertisment
Nabil box
Kumari

चालू आर्थिक वर्षको साउन पहिलो साता घटेको कर्जा विस्तार त्यसपछि निरन्तर बढिरहेको थियो । असार अन्तिम साता ३७ खर्ब २१ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूको लगानी साउन पहिलो साता १५ अर्बले घटेर ३७ खर्ब ६ अर्बमा सीमित भएको थियो । त्यसपछि निक्षेप बढ्ने र घट्ने भइरहे पनि बैंकहरूले आफ्नो क्षमतासहित राष्ट्र बैंकसँग लिएको अस्थायी तरलता सुविधाबाट कर्जा विस्तार गरिरहेका थिए । 

Vianet communication

हाल वाणिज्य बैँकहरूसँग ४३ खर्ब २६ अर्ब रूपैयाँ निक्षेप रहेको छ । यस्तो निक्षेप गत साताको तुलनामा जम्मा २ अर्ब रूपैयाँले मात्रै बढेको छ । बैंकहरूले संकलन गरेको निक्षेप फागुन महिनामा १५ अर्ब रूपैयाँले बढेको छ । यो अवधिमा कर्जा विस्तार भने १४ अर्ब रूपैयाँको मात्रै छ । 

बैंकहरूमा चालू आवदेखि देखिएको तरलता अभावका कारण निक्षेप बढ्न सकेको थिएन । बैंकर्स संघले जारी गरेको तथ्यांकअनुसार फागुन लागेपछि भने बल्ल बैंकहरूमा निक्षेपको तुलनामा कर्जा विस्तार कम भएको छ । 

यसअघि निक्षेप भन्दा कर्जा विस्तार बढी भएकै कारण बैंकहरूले चालू आवको हालसम्ममा करीब २ खर्ब निक्षेप संकलन गर्दा ५ खर्बको हाराहारीमा कर्जा विस्तार गरेका छन् ।

यो अवधिसम्ममा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९१.०८ प्रतिशत रहेको छ । वाणिज्य बैँकहरूसँग तरलता अभाव भएका कारण राष्ट्र बैंकले तोकेको अनिवार्य नगद मौज्दात राख्न जुटाउनुपर्ने पैसाका लागि अन्तरबैंक सापटी लिने गरेका छन् । यस्तो सापटीको दर पनि राष्ट्र बैंकले तोकेको अधिकतम सीमा ७ प्रतिशतसम्म नै पुगेको छ ।

बैंकर्स संघका सीईओ अनिल शर्माका अनुसार बैँकहरूसँग बजारमा लगानी गर्ने पैसा कम भएका कारण समग्रमा कर्जाको तथ्यांक घटेको हो । ‘निक्षेप संकलन कम भयो र कर्जा मात्रै विस्तार गरेर बस्न नसकिने भए पनि कुनै न कुनै बिन्दुमा गएर त रोकिनै पर्ने थियो । अहिले त्यसको परिणाम देखिएको हो,’ शर्माले भने । 

राष्ट्र बैंकले दिएको सीडी रेसियोको सीमा असारदेखि ९० प्रतिशतभित्रै कायम गर्नुपर्ने हुन्छ । अहिले कतिपय बैंकहरूले निक्षेप नबढाई थप कर्जा विस्तार गर्न नसक्ने भइसकेकाले पनि कर्जा विस्तार रोकिएको बैंकर्स संघको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x