×

NMB BANK
NIC ASIA

दक्षिण कोरियामा दक्षिणपन्थी राष्ट्रपति

दक्षिण कोरियामा 'अमेरिका समर्थित' यूनको जीत– बढ्ला त चीनसँग दूरी र उत्तरसँग तनाव ?

चैत १, २०७८

NTC
Premier Steels

दक्षिण कोरियामा अघिल्लो साता भएको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार यून स्योक–यूलको विजयले उत्तर कोरियासँगको शान्तिवार्तालाई खलल पुर्‍याउन सक्ने विश्लेषण हुन थालेका छन् । 

Muktinath Bank

सत्तारूढ उदारवादी दलका उम्मेदवार ली जे–म्युङलाई यूनले झिनो मतान्तरले हराएका हुन् । निर्वाचनमा यी दुईबीचको प्रतिद्वन्द्विता निकै कटु थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यून नारीवादका कट्टर विरोधी हुन् । राष्ट्रपति बनेपछि उनले लैंगिक समानता तथा परिवार मन्त्रालयलाई भंग गर्ने बताएका छन् । दक्षिण कोरिया लैंगिक समानताको सवालमा कमजोर भए पनि यूनले महिलाविरुद्ध संरचनागत विभेद नहुने गरेको दाबी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

नारीप्रतिको द्वेषका अलावा तन्त्रमन्त्र र धामीझाँक्रीमा विश्वास गरेर यूनले चर्चा कमाएका छन् । दक्षिण कोरियाली समाजको पुरातनपन्थी र अनुदारवादी तप्कालाई उनी प्रतिनिधित्व गर्छन् । 

Vianet communication

विश्वको दशौं ठूलो अर्थतन्त्र दक्षिण कोरियामा विद्यमान आर्थिक असमानताको समस्यालाई हल गर्ने चुनौती यूनलाई छ । विशेषगरी कोरोनाभाइरस महामारीका कारण दक्षिणमा आर्थिक सुस्तता छ अनि बेरोजगारी भयावह रूपमा बढिरहेको छ । घरको मूल्यले पनि आकाश छोइरहेको छ । बैंकको ऋण तिर्न नसकेर मानिसहरू आत्महत्या गर्ने क्रम पनि बढेको छ । 

नारीप्रतिको द्वेषका अलावा तन्त्रमन्त्र र धामीझाँक्रीमा विश्वास गरेर यूनले चर्चा कमाएका छन् । दक्षिण कोरियाली समाजको पुरातनपन्थी र अनुदारवादी तप्कालाई उनी प्रतिनिधित्व गर्छन् । 

संसारभरि लोकप्रिय बनेको वेबसिरीज स्क्विड गेमले दक्षिण कोरियाको अनियन्त्रित पूँजीवादका कारण सिर्जित समस्यालाई निकै कलात्मक पाराले प्रस्तुत गरेको कुरा यहाँ सान्दर्भिक छ । 

यस्तो स्थितिमा जनतालाई आर्थिक संकटबाट मुक्त गर्नका लागि नीति तर्जुमा गर्न यूनले निकै मेहनत गर्नुपर्ने हुन्छ । उनले कर्पोरेट क्षेत्रका नियमहरू खुकुलो बनाउने र निजी क्षेत्रमा गरिने लगानीलाई सहयोग पुर्‍याउने वाचा गरेका छन् । घरको मूल्य आकासिएर मध्यम तथा निम्न वर्गका लागि समस्या परेकाले यूनले देशभरि २५ लाख घर बनाउने महत्त्वाकांक्षी योजना बनाएका छन् । 

सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजका वरिष्ठ उपाध्यक्ष तथा कोरिया शाखा प्रमुख भिक्टर चा र कोरिया पोलिसी स्कलर डाना किमका अनुसार, बेरोजगारीको समस्या समाधानका लागि यूनले सरकारी सुविधा (बेरोजगारी भत्ता) बढाउने भन्दा पनि निजी क्षेत्रमा रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरेका छन् । 

उनले साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन गर्नका लागि पूँजी लगानीमा पहल गर्ने तथा रोबोट, कृत्रिम बौद्धिकता (एआई) र क्लाउड कम्प्युटिङ जस्ता चौथो औद्योगिक क्रान्तिका क्षेत्रमा लगानीलाई पनि प्रोत्साहन गर्ने योजना बनाएका छन् । यून क्रिप्टोकरेन्सी र बिटकोइनका पनि समर्थक हुन् ।

यूनले अपनाउने आर्थिक नीतिले दक्षिण कोरियाको अर्थतन्त्रलाई उकास्न सक्छ । तर उनको परराष्ट्रनीतिले चाहिँ क्षेत्रीय द्वन्द्व निम्त्याउन सक्ने देखिन्छ । 

दक्षिण कोरियाका दक्षिणपन्थीहरू उत्तर कोरियाप्रति बढी आक्रामक दृष्टिकोण राख्छन् । उदारवादी राष्ट्रपति मून जे–इनले उत्तरसँगको वार्ता तथा सम्बन्ध सुधारलाई जोड दिएका थिए तर यूनले उनको नीतिलाई उल्ट्याउन सक्ने सम्भावना छ । 

त्यसो त उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले मूनको शान्ति प्रस्तावलाई लत्याउँदै लगालग क्षेप्यास्त्र परीक्षणहरू गरिरहेकाले दुई देशबीचको शान्ति तत्कालै हासिल नहुने स्पष्ट भइसकेको छ । तर यसका लागि मून र किम भन्दा पनि अमेरिका बढी दोषी रहेको चीन तथा कोरियाली प्रायद्वीपको गहिरो अध्ययन गर्ने अन्तर्राष्ट्रिय सम्बन्धविद् टम फाउडीको दाबी छ । 

उत्तर कोरियासँगको वार्ता सफल बनाउन तात्त्विक योगदान नगर्ने र उसमाथि एकतर्फी प्रतिबन्ध लगाइरहने गरेकाले अमेरिकाले वस्तुगत रूपमा मूनको शान्ति प्रक्रियालाई भंग गराएको हो । अझ अमेरिकाले कोरियाली युद्धको औपचारिक अन्त्य गर्ने प्रस्तावलाई पनि विरोध गरेर दुई कोरियाबीचको तनाव चर्काइराख्न चाहेको छ । 

दुई कोरिया मिले भने दक्षिणको भूमिमा अमेरिकी सेनाको उपस्थितिको अर्थ नरहने भएकाले अमेरिका उनीहरूलाई मिल्न दिन चाहँदैन ।

चीनको घेराबन्दीका लागि अमेरिकाले दक्षिण कोरिया र जापानमा आफ्ना सैनिकहरू राखिरहेको छ । 

तर यूनले दुई कोरियाबीचको संवाद कायम राख्ने र उत्तरलाई दिइने मानवीय सहायतालाई प्रोत्साहन गर्ने काम भने जारी राख्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । 

अनि अमेरिका र चीनलाई सन्तुलनमा राख्नका लागि पनि यूनले कोशिश गर्नुपर्ने हुन्छ । तर उनी चीन भन्दा अमेरिकातिर बढी ढल्किने संकेत देखिन्छ । 

राष्ट्रपति निर्वाचित भएलगत्तै यूनले अमेरिकाका राष्ट्रपति जो बाइडनसँग फोनमा कुराकानी गरेका थिए । त्यसको भोलिपल्ट उनले दक्षिणका लागि चीनका राजदूत सिङ हाइमिङसँग भेटघाट गरे । अमेरिकाका राष्ट्रपति र चीनका राजदूतसँगको यस वार्ताले पनि यूनको प्राथमिकता कहाँ छ भन्ने देखाउँछ । 

तर अमेरिकातिर पूरै ढल्केर चीनलाई चिढ्याउने सुविधा यूनलाई छैन । छिमेकमा रहेको दक्षिण कोरिया चीनको तेस्रो ठूलो व्यापारिक साझेदार हो । दक्षिणको आर्थिक हितका लागि चीनसँगको सुमधुर सम्बन्ध अत्यावश्यक छ । 

तर अमेरिकाले चीनको घेराबन्दी गर्ने हिन्द–प्रशान्त रणनीतिमा सहयोग गर्न दक्षिण कोरियामाथि लगातार दबाब दिइरहेको छ । 

अमेरिकी परराष्ट्रनीतिकारहरूले दक्षिण कोरियालाई चीनविरुद्धको गठबन्धनमा सहभागी हुन दबाब दिए पनि दक्षिणका जनता यस्तो पक्षमा नरहेको रेस्पोन्सिबल स्टेटक्राफ्ट वेबसाइटमा जेसिका जे ली लेख्छिन् । 

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनले सन् २०२१ मा गरेको सर्वेक्षणमा अमेरिका र चीनबीच सन्तुलन मिलाउने पक्षमा बहुमत जनता देखिएका छन् । चीनविरोधी वा चीनपक्षीय गठबन्धनका लागि दक्षिण कोरियाली जनताको समर्थन देखिएको छैन । त्यसैले अमेरिकाले दबाब दिइरहेको भए पनि क्वाड प्लसमा दक्षिण कोरियालाई सदस्य बनाउन यूनलाई गाह्रै पर्ने देखिन्छ । 

तर चीनसँगको आर्थिक निर्भरता घटाउनका लागि यून सरकारले प्रयास गर्न सक्छ । चीनकेन्द्रित आपूर्ति शृंखलामा निर्भर रहँदा चीनले हेपाहा व्यवहार देखाउने गरेको भनी दक्षिण कोरियालीहरूमा आक्रोश छ । 

चीनले दक्षिण कोरियाको लोकप्रिय परिकार खिम्चीलाई आफ्नो जस्तो गरी पेश गरी सांस्कृतिक अपहरणको प्रयास गरेको भन्दै केही वर्षअघि दुई देशका जनताबीच जुहारी चलेको थियो । अनि दक्षिण कोरियाले आफ्नो भूमिमा अमेरिकी ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली थाड राख्न दिँदा चीनले दक्षिण कोरियाली सामानमा प्रतिबन्ध लगाएर झुकाएको तीतो स्मरण त्यहाँका जनतामा ताजै छ । 

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनले सन् २०२१ मा गरेको सर्वेक्षणमा अमेरिका र चीनबीच सन्तुलन मिलाउने पक्षमा बहुमत जनता देखिएका छन् । चीनविरोधी वा चीनपक्षीय गठबन्धनका लागि दक्षिण कोरियाली जनताको समर्थन देखिएको छैन । त्यसैले अमेरिकाले दबाब दिइरहेको भए पनि क्वाड प्लसमा दक्षिण कोरियालाई सदस्य बनाउन यूनलाई गाह्रै पर्ने देखिन्छ । 

यूनले जापानसँगको सम्बन्ध सुधारका लागि पनि प्रयास गर्नेछन् । सन् १९१० देखि १९४५ सम्म जापानले कोरियाली प्रायद्वीपमा गरेको चरम अत्याचारलाई दक्षिण कोरियालीहरूले अझै भुल्न सकेका छैनन् । तर उत्तर कोरियाले तेर्स्याएको जोखिम न्यूनीकरणका लागि दक्षिण कोरियाले जापान र अमेरिकासँग गरेको साझेदारीलाई थप बलियो बनाउन यूनले प्रयास गर्न सक्ने सम्भावना छ । 

उत्तर कोरियालाई वार्ताका लागि फकाउन कोशिश नगरेमा दक्षिण कोरिया सधैं त्रासको स्थितिमा रहन बाध्य हुने तथ्यलाई पनि यूनले हेक्का राखेको हुनुपर्छ । उत्तरविरुद्ध लगाइएको प्रतिबन्ध खुकुलो पार्नका लागि वार्ता गराउन दबाब दिने उद्देश्यले किमले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेका छन् । 

अमेरिकाले किमलाई झुकाउनका लागि थप कडा प्रतिबन्ध लगाउन खोजेमा रुस र चीनले त्यसलाई रोक्न सक्ने सम्भावना छ । त्यस्तो स्थितिमा किमको मनोबल झनै बढ्नेछ । 

चुनावी अभियानमा यूनले किम ‘बेसोमती बालक’ भएको र उनलाई ‘पाठ पढाउने’ भनी होच्याएका थिए । राष्ट्रपति मूनले किमसँग नरमपना देखाउनुको कुनै अर्थ नरहेको पनि यूनले बताएका थिए । 

उनले त अझ उत्तर कोरियामाथि निवारक आक्रमण (प्रिएम्पटिभ स्ट्राइक) गर्नुपर्ने समेत बताएका थिए । त्यसैले किमसँग वार्तामार्फत शान्ति प्रक्रिया अघि बढाउन यून लचिलो हुने देखिँदैन । 

यस्तो स्थितिमा कोरियाली प्रायद्वीपको तनाव कायम रहनेछ र अमेरिकालाई त्यहाँ आफ्नो सैन्य उपस्थिति जारी राख्नका लागि बहाना मिलिरहनेछ । त्यसैले यूनको विजयले अमेरिकीहरूलाई एकदमै खुशी बनाएको छ । दक्षिण कोरियाली जनतालाई चाहिँ यूनले कत्तिको खुशी बनाउनेछन्, समयले बताउला ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x