×

NMB BANK
NIC ASIA

बढुवामा जहिल्यै झेल

प्रहरीको एआईजी बढुवा सिफारिशमाथि प्रश्नैप्रश्न : वरीयताको धज्जी, कनिष्ठलाई फुली !

चैत २, २०७८

NTC
Premier Steels

सरकारले वरीयता र कार्यक्षमताको धज्जी उडाउँदै पहुँच र शक्तिको आडमा तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिश गरेको छ ।

Muktinath Bank

बढुवा समितिको निर्णायानुसार सोमवार डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिश गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा ३ वटा दरबन्दी थप गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको झण्डै ३ सातापछि एआईजीमा बढुवाका लागि सिफारिश गरिएको हो ।


Advertisment
Nabil box
Kumari

Vianet communication

बढुवाको सिफारिशमा परेका पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिंह केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र धानुक प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभागमा कार्यरत छन् ।

पन्त प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका हुन् । एउटै जिल्ला र पारिवारिक सम्बन्ध समेत भएका पन्तलाई प्रधानमन्त्री देउवाले नै काखी च्याप्दै आएको आरोप लाग्ने गरेको छ ।

दुई महिनाअघि देखि नै पन्तले आफू एआईजीमा बढुवा हुने दाबी गर्दै आएका थिए । प्रधानमन्त्रीसँगको सम्बन्धका बलमा नै उनले यस्तो दाबी गर्ने गरेको वरिष्ठ प्रहरी अधिकारीहरू बताउँछन् । 

९८ ब्याचका पन्त एआईजीमा बढुवाका लागि सिफारिश हुँदा उनीभन्दा अघिल्लो वरीयतामा रहेका घनश्याम अर्याल र प्रकाशजंग कार्की डीआईजीमै थन्किएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र थापा क्षेत्रीका ब्याची यी सबैले वैशाख १९ मा एकसाथ अवकाश पाउँदैछन् ।

एआईजीमा बढुवाका लागि दोस्रो नम्बरमा सिफारिश भएका धिरजप्रतापसिंह पनि प्रधानमन्त्री र गृहमन्त्री दुवैको आशीर्वाद प्राप्त व्यक्ति भएको आरोप लाग्ने गरेको छ ।

आईजीपीसम्म बनाउने गरी उनलाई एआईजी बनाइएको चर्चा प्रहरी प्रधान कार्यालयमा हुने गरेको छ ।

यहाँसम्म कि एआईजीको दरबन्दी थप गर्नुको कारण नै सिंहलाई आईजी बनाउनु भएको प्रहरीकै वरिष्ठ अधिकारीहरू बताउँछन् ।

सिंहले निकटस्थहरूसँग आफू नै भावी आईजीपी हुने जिकिर गर्ने गरेको प्रहरीकै एक उच्च अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

सिंह पहिले सुर्खेत र हाल नेपालगञ्जका बासिन्दा हुन् ।

तीन नम्बरमा बढुवा सिफारिश भएका रवीन्द्र धानुक भने माओवादी पृष्ठभूमिसँग जोडिन्छन् । विशेष गरी अर्थमन्त्री जनार्दन शर्माको जोडबलमा उनलाई एआईजी बनाइएको चर्चा प्रहरी अधिकारीहरूबीच चल्ने गरेको छ ।

एआईजीको दरबन्दी थपका लागि स्वीकृति दिने क्रममा नै शर्माले धानुकलाई एआईजी बनाउनुपर्ने अडान राखेको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

धानुक एआईजी बन्ने पक्का भएपछि मात्र दरबन्दी थपको स्वीकृति दिएको आरोप अर्थमन्त्री जनार्दन शर्मालाई लागेको छ ।

धानुक सुदूरपश्चिमको बैतडीका हुन् ।

वरीयता र कार्यक्षमतालाई पेलपाल !

सरकारले २०७६ चैत २८ गते १० जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको थियो । त्यसमा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची क्रमशः घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्त पन्त र ईश्वरबाबु कार्की थिए । त्यसैगरी १०१ ब्याचका क्रमशः सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसीको बढुवा भएको थियो ।

९८ ब्याचका डीआईजीमध्ये एक नम्बरका घनश्याम अर्याल, दुई नम्बरका प्रकाशजंग कार्कीलाई छाडेर तीन नम्बरका वसन्त पन्तलाई एआईजीमा बढुवाका लागि सिफारिश गरिएको छ ।

त्यसपछि ९८ ब्याचकै चौथो नम्बरका ईश्वरबाबु कार्कीलाई छाडेर १०१ ब्याचका धिरजप्रतापसिंहलाई एआईजी बनाइएको छ । सिंहकै ब्याची सहकुलबहादुर थापा भने यसअघि नै एआईजी बनिसकेका छन् ।

सिंहभन्दा पछिल्लो वरीयतामा रहेका वसन्त लामालाई छाडेर रवीन्द्र धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिश गरिएको छ ।

सरकारको निर्णयप्रति प्रहरी संगठनभित्र व्यापक असन्तुष्टिका स्वरहरू सुनिएका छन् । ‘प्रहरी चेनअफ कमान्डमा चल्ने संगठन हो, तर यहाँ त्यसको धज्जी उडाउँदै कनिष्ठलाई बढुवा सिफारिश गरिएको छ,’ एक वरिष्ठ प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘कि वरिष्ठ डीआईजी कारवाहीमा परेको हुनुपर्‍यो यहाँ त त्यस्तो अवस्था पनि छैन ।’

सरकारको यस्तो गतिविधिले प्रहरी संगठनलाई खोक्रो बनाउने उनको चिन्ता छ ।

यसअघि नै ९८ ब्याचका ५ डीआईजीले आफूहरूलाई उपेक्षा गरे सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए ।

त्यसमध्ये तेस्रो नम्बरका पन्त एआईजीमा सिफारिश भएका छन् ।

पहिलो र दोस्रो नम्बरमा रहेका घनश्याम अर्याल र प्रकाशजंग कार्कीले कानूनी उपचार खोज्ने विषयमा निकटस्थहरूसँग परामर्श गरिरहेको स्रोतको दाबी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x