
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लगाएको छ ।
आइतवार आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावली टुंगो लगाएको हो।
आगामी स्थानीय तहको निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता हुने सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए।
त्यसमध्ये ८९ लाख ९२ हजार १० पुरुष मतदाता छन् । ८७ लाख ४१ हजार ५ सय ३० महिला मतदाता रहेका छन् ।
यस्तै १८३ जना अन्य छन्।
चुनावको लागि १० हजार ७५६ मतदानस्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ।