×

NMB BANK
NIC ASIA

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका, शनिवार मोदीसँग भेट हुने

चैत १७, २०७८

NTC
Premier Steels

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण तालिका सार्वजनिक भएको छ । 

Muktinath Bank

भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार दिउँसो भारतको नयाँदिल्ली प्रस्थान गर्न लागेका देउवा भारतीय समयअनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीमा अवतरण गर्नेछन् ।


Advertisment
Nabil box
Kumari

भारतमा सबैभन्दा पहिले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग औपचारिक भेटवार्ता हुनेछ । देउवाको आतिथ्यताको लागि व्यवस्था गरिएको होटल आईटीसी मौर्यमा उनलाई भेट्न जयशंकर दिउँसो साढे ४ बजे आइपुग्नेछन् ।

Vianet communication

शुक्रवार प्रधानमन्त्री देउवाको भारतीय पक्षसँग औपचारिक भेटवार्ताको कार्यक्रम छैन । शनिवार बिहान १०ः४० बजे प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ । 

त्यसपछि प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । त्यसका लागि देउवा ११ः१० बजे हैदरावाद हाउस पुग्नेछन् ।

प्रधानमन्त्रीद्वयको द्विपक्षीय भेटवार्ता पनि दिउँसो १२ः१५ बजे हैदरावाद हाउसमा नै हुने र द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीहरूले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय भएको छ । 

शनिवार दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग प्रधानमन्त्री देउवाको भेटवार्ता हुनेछ । 

आइतवार बिहान ९ बजे प्रधानमन्त्री देउवा बनारसमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

दिउँसो ४ बजे उनी दिल्ली फर्किसक्ने र सवा ४ बजे काठमाडौंतर्फ फर्कने कार्यक्रम तय भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x