×

NMB BANK
NIC ASIA

मधेशमा कबड्डीकी रोडमोडल शिषा : ‘टीन एज’ मै फुलेको एउटा फूल

कात्तिक २०, २०७४

NTC
Premier Steels

जनकपुरधाम, २६ असार
–धनुषाको लक्ष्मनिया गाउँपालिका ७ का २० वर्षीय शिषा झा अहिले स्टार खेलाडीको रुपमा लोकप्रिय बनेकी छिन् । कम समयमै क्षेत्रीय हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कबड्डी प्रतियोगिताहरुमा सहभागिता जनाई सकेकी शिषा अहिले मधेसका थुप्रै छात्राहरुका लागि ‘रोल मोडेल’ बनेकी छिन् ।

मधेसमा महिलाहरु खेलकुदप्रति त्यति चासो राख्दैनन्रा/ख्न दिँइदैन् । खेलकुदको विधामा मधेसी चेलीहरुको अत्यन्तै न्यून उपस्थिति रहने गरेको अवस्थामा शिषाको बढ्दो उचाईले यस क्षेत्रका छात्राहरुमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

झाले प्राथमिक शिक्षा गाउँकै लक्ष्मिनिया जनता उमावि कुम्हरौडाबाट हासिल गरिन् । २०७२ सालमा उनले जनकपुरकै मिट क्याम्पसबाट ‘प्लस टू’ उत्तीर्ण गरी हाल जनकपुरकै जानकी कलेज अफ म्यानेजमेन्टमा बीबीए गर्दैछिन् ।

कसरी शुरु भयो उनको खेलयात्रा ?
२०७० सालमा एसएलसी (हालको एसईई) तहको जाँच दिएपछि खालि समयलाई उनले खेलकुदमा लगाईन् । यसका लागि उनका काका परशुराम झाले प्रेरित गरे ।

खेलकुदमा विस्तारै आफ्नो पाइला चाल्दै गरेकी शिषा धनुषा जिल्ला कबड्डी संघमा आवद्ध भईन् । त्यसलगत्तै उनी गाउँबाट करिव १५ किलोमिटर टाढा रहेको महेन्द्रनगरमा गएर कबड्डी सिक्न थालिन् ।

प्रत्येक दिन बस चढेर महेन्द्रनगर जाने, साँझ ४ बजे देखि साढे ६ बजेसम्म अभ्यास गर्ने र ७ देखि साढे ७ बजेसम्म बस चढेर घर फर्किने उनको नित्यकर्मझैं बन्यो । प्रशिक्षक रामनारायण राईको प्रशिक्षणमा उनले नियमित कडा अभ्यास गर्न थालिन् । त्यसका कारण उनलाई कहिलेकाहीं परिवारमासमेत अप्ठ्यारो स्थिति देखा पर्न थाल्यो । आफ्नै बुबाआमाको असहमतिको बाबजुद पनि उनले आफ्नो खेल अभ्यासलाई निरन्तरता दिईन् ।

प्यावशन धनुषाद्धारा जनकपुरमा आयोजित विद्यालयस्तरीय कबड्डीको नेशनल गेममा महेन्द्रनगरको गंगोत्री इंग्लिस बोर्डिङ स्कुलबाट सहभागी भएकी झाको टिमले दोस्रो स्थान हासिल गर्यो ।

उक्त प्रतियोगिता सकिएको लगत्तै महिला कबड्डी टिम छनोटमा झा धनुषाबाट छनोट भई मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय टिममा पर्न सफल भईन् । १६ वर्ष मुनिको उमेर समूहका लागि १२ जना खेलाडी सहभागी भएको उक्त क्षेत्रीय टिममा धनुषाबाट शिषाले प्रतिनिधित्व गर्ने मौका पाईन् ।

२०७० साउनमा काठमाडांैको दशरथ रंगशालामा आयोजित उक्त राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चल टिम तेस्रो भएको थियो । यसरी राष्ट्रिय स्तरको प्रतियोगितामा जुनियर खेलाडीको रुपमा खेलेर शिषाले अनुभव प्राप्त गरिन् ।

सोही वर्ष माघमा महेन्द्रनगर र कैलालीमा सम्पन्न भएको सिनियर महिला खेलाडीहरु सम्मिलित भएको प्रतियोगितामा मध्यमाञ्चलबाट उनले पनि सहभागी हुने मौका पाईन् । उक्त खेलमा पुर्वाञ्चलसँग जिते पनि उनको टिमले मध्यपश्चिमाञ्चलबाट हार्नुपर्यो ।

खेल शुरु गरेकै वर्ष जुनियर हुँदै पेसागत खेलाडीहरुसँग खेल्ने अवसर पाउनु झाका लागि धेरै ठुलो कुरा थियो । राष्ट्रियस्तरका सिनियर खेलाडीहरुको संगत पाएपछि बल्ल खेल कसरी खेलिन्छ भन्ने कुरा उनले जान्न पाईन् ।

शिषा भन्छिन, ‘त्यो राष्ट्रिय खेलमा कुनै मेडल पाउँछु भनेर त मैले कुनै आशा नै गरेको थिईन्, किनभने त्यो खेलमा जोकोही खेलाडी मभन्दा अग्रज, अनुभवीमात्र नभई अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलिसकेका खेलाडी र धेरै नै बलियो नेपाल आर्मी र नेपाल पुलिसको टिम थियो ।’

त्यो प्रतियोगिताले झाको जोश बढ्यो । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी हुनुपर्छ भन्ने अठोट पलायो । त्यहाँबाट फर्केपछि उनी स्थानीय स्तरको खेलमा सहभागी हुन थालिन ।



मधेस आन्दोलन हुँदाका अप्ठयारा
नयाँ संविधान जारी हुनुपूर्व २०७२ साउन ३० देखि गरिएको अनिश्चित कालिन मधेस बन्दका कारण शिषालाई धेरै समस्याहरु भएको थियो । खेलको नियमित अभ्यास प्रभावित भयो ।

मधेसमा व्यापक तनाव जारी रहँदा उनको ध्यान भने दक्षिण एशियाली खेलकुद तर्फ थियो । भनिन्छ, जहाँ इच्छा, त्यहाँ उपाय । यसैक्रममा उनले मोटरसाइकल सिकिन् । तर त्यसक्रममा उनल निकै अप्ठ्यारा परिस्थिति झेल्नुपर्यो, तेल अभाव, हड्ताल लगायतका कारण ।

२०७२ माघ ५ मा काठमाडौंमा छनोट खेल खेल्नु थियो । भारतको गुवाहाटीमा हुने १२ औ दक्षिण एशियाली खेलकुद अन्तर्गत हुने कबड्डी खेलका लागि देशभरीबाट विभिन्न खेलाडीहरुलाई काठमाडौं बोलाइएको थियो । उक्त प्रतियोगितामा सहभागीताका लागि विभिन्न टिम बनाइएको थियो ।

विभिन्न चरण पार गर्दै शिषा आर्मीको टिममा परिन । आर्मीको टिममा परेको कुल ८ खेलाडीमध्ये ६ जना आर्मीकै थिए भने शिषालगायत अर्को एक जना अन्य टिमबाट परेकी थिईन् । अन्ततः सागका लागि १६ जना खेलाडी छनोट भयो ।

खेल्न शुरु गरेको दुई वर्षमै शिषा दक्षिण एशियाली खेलकुदका लागि छनोट भएकी थिईन । प्रायः धेरै खेलाडीहरुले धेरै वर्ष खेलेपनि त्यस्तो अवसर पाउन सकिरहेका हुँदैनन् ।



शिषाको अन्तिम तयारी
सागका लागि १६ खेलाडी छनौट भएपछि ‘फिजिकल टेस्ट’ सहित ‘कुपर टेस्ट’ शुरु भयो । त्यसमा कठिन शारीरिक परीक्षण गरिन्छ । कुपर टेस्टको चरण सकिएपछि अन्तिम १२ जना खेलाडीको नाम सूचीको १२ औं नम्बरमा झाको नाम पनि सार्वजनिक भयो ।

क्लोज क्याम्पमा कडा अभ्यास
१२ जना खेलाडी छनौट भईसकेपछि काठमाडौंमा १५ माघदेखि ‘क्लोज क्याम्प’ शुरु भयो । तालिममा प्रतिकूल असर पर्न थालेपछि खेलाडीहरुलाई अभ्यासका लागि झापा पठाइयो । झापामा पनि अभ्यासको लागि अनुकुल माहोल नभएपछि अभ्यासका लागि भारतको पटना लगियो ।

नेपालको महिला कबड्डीका प्रशिक्षक पार्वति राय, पुरुष कबड्डीका प्रमुख प्रशिक्षक विमल पोखरेलसँगै पुरुष र महिला दुवै कबड्डीका टिम पटना पुगे । पटनामा करिब २० दिन जति अभ्यास भयो । पटनामा अभ्यासको सत्र सकिएपछि टिम खेल आयोजना स्थल गुवाहाटी तर्फ लाग्यो ।

प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका मुलुकहरुसँग नेपाली टोलीले प्रतिस्पर्धा गर्नु थियो ।
अन्ततः नेपाल पुलिस टिमको हवलदार निर्मला विष्टको कप्तानीमा उपकप्तान शान्ति मल्ल, मेनुका राजवंशी, सम्झना राई, कोष माया, चन्दा रायमाझी, सुदेशना प्रजापति, कौशिला, रुकमिनी, चन्द्रिका, रुपासँगै सहभागी भएको शिषासहित १२ जनाको नेपाली टोली उक्त प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान सहितको टोलीसँग खेल्दा नेपालले पाकिस्तानलाई हराउन सफल भएको थियो ।



उक्त प्रतियोगितामा नेपालले कास्य पदक जित्न सफल भएको थियो ।

१२ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत कबड्डी खेल विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै कास्य पदक हासिल गर्न सफल भएका नेपाली टोलीका १२ जना खेलाडीहरुलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जनही एक/एक लाख रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरेका थिए ।

प्रतियोगिता सम्पन्न भएपछि घर फर्किदा जिल्ला विकास समिति धनुषालेसमेत शिषालाई सम्मान पत्र प्रदान गरेको थियो ।

त्यसपछि २०७४ फागुन ९ गते विराटनगरको बाँसवारीमा आयोजित राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा शिषाले क्षेत्रिय टिमको कप्तानी नै गर्ने अवसर समेत पाईन् ।

‘मध्यमाञ्चल टोलीमा मभन्दा सिनियर खेलाडी हुँदाहुँदै पनि कप्तानी गर्ने जिम्मेवारी पाउनु मेरो लागि ठुलो कुरा थियो,’ उनले भनिन् । उक्त राष्ट्रिय प्रतियोगितामा शिषाको अगुवाईमा मध्यमाञ्चल टोलीले पुर्वाञ्चल र पश्चिमाञ्चललाई हराएपनि नेपाल आर्मी र नेपाल पुलिससँग हार्नु परेको थियो । शिषाले नेतृत्व गरेको टोलीले तेस्रो स्थान हासिल गरेको थियो ।

खेलसँगसँगै पढाईलाई निरन्तरता दिएका शिषा भविष्यमा नेपालको लागि निरन्तर खेलिरहने बताउँछिन् । तराई मधेसमा महिलाहरुलाई खेलकुदमा सहभागी हुन तिनका अभिभावकहरुले अनुमति नदिएकै कारण यस क्षेत्रमा मधेसी महिलाहरुले सहभागिता जनाउन सकेको छैन । केटीहरुलाई पढाईका साथसाथै खेलकुदमा समेत रुची राख्न शिषा अनुरोध गर्छिन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x