×

NMB BANK
NIC ASIA

स्थानीय चुनावको चर्चा

विप्लवलाई ओलीको सुझाव : चुनाव सार्ने सत्ता गठबन्धनको मतियार नबन्नुस्

चैत २९, २०७८

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने सत्ता गठबन्धनको मतियार नबन्न नेत्रविक्रम चन्द ‘विप्लब’लाई आग्रह गरेका छन् ।

Muktinath Bank

गठबन्धनको षड्यन्त्रको शिकार भएर चुनाव लड्ने बहाना नबनाउन ओलीले सुझाव दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुरमा मंगलवार पार्टी प्रवेश तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विप्लबलाई चुनावमा सहभागी गराउने नाममा  वैशाख ३० गतेको चुनाव सार्ने बहाना मान्य नहुने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘अहिले के चर्चा चल्न थालेको छ भने प्रचण्डको मतियार बनेर, साँगगाँठ गरेर चुनाव बिथोल्ने । ५ दलीय गठबन्धनको षड्यन्त्रको शिकार भएर विप्लबजीहरू मौका पायो भने चुनाव लड्छु भन्ने बहाना त बनाइरहनुभएको त छैन ?’ ओलीले भने, ‘विप्लबलाई चुनावमा भाग लिने वातावरण बनाइनुपर्छ, कुनै पनि बहानामा चुनाव सार्न पाइन्न, यो षड्यन्त्र कुनै पनि हालतमा मान्य हुँदैन ।’ 

Vianet communication

जेलमा रहेका विप्लबका कार्यकर्तालाई जेलमुक्त गरेर चुनावमा भाग लिने वातावरण बनाउनुपर्ने तर त्यहीँ बहानामा चुनाव सार्न नपाइने ओलीले बताए ।

५ दलीय गठबन्धन चुनाव हुन नदिने षड्यन्त्रमा लागे पनि दबाबको भरमा मिति घोषणा गरिएको उनले बताए । ‘विगतमा पनि विभिन्न बहानामा चुनाव हुन नदिने प्रतिगमनमा देशलाई लैजाने काम भएको थियो । ५ दलीय गठबन्धनले हुन नदिन खोजेको थियो । विप्लबलाई बहाना बनाएर चुनाव पर सार्ने धन्दा मान्य हुन सक्दैन,’ ओलीले भने । 

ओलीले प्रचण्ड र माधव नेपालको पार्टी कम्युनिस्टको बर्को ओढेको नक्कली कम्युनिस्ट भएको आरोप लगाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x