×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

चार दललाई भाग लगाउनुपर्दा मधेशमा तालमेल गर्न सकस, के आधारमा हुँदैछ बाँडफाँड ?

बैशाख १, २०७९

NTC
Premier Steels

स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरेका सत्तारुढ दलहरूलाई मधेश प्रदेशमा भागबण्डा मिलाउन सकस पर्ने देखिएको छ ।

Muktinath Bank

पहाडी जिल्लाहरूमा मुख्यरूपमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच भागबण्डाको प्रयास भइरहेपनि मधेशमा अर्को दल जसपालाई समेत सम्मानजनक स्थान दिनुपर्ने चुनौती गठबन्धनलाई छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रमा तालमेलको औपचारिक सहमति भए पनि तल्लो तहमा भागबण्डामा सहमति जुटिसकेको अवस्था छैन ।


Advertisment
Nabil box
Kumari

महानगरपालिका र उपमहानगरपालिकाको तालमेलबारे गठबन्धनले केन्द्रीय तहमा टुंगो लगाउने सहमति शीर्ष नेताहरूबीच भएको छ । मधेश प्रदेशमा  वीरगञ्ज महानगरपालिका एक तथा जनकपुरधाम, जितपुर–सिमरा र कलैया गरी ३ उपमहानगरपालिका छन्।

Vianet communication

नगरपालिका र गाउँपालिकाबीच तालमेल गर्न प्रदेशस्तरीय र वडाध्यक्षका लागि जिल्लास्तरीय राजनीतिक संयन्त्रलाई जिम्मेवारी दिइएको छ।  

जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबुकुमार यादव जिल्लागत आधारमा आजभोलिमा दलगत प्रतिवेदन तयार पारिने बताउँछन्।

वैशाख ३ र ४ गते प्रदेशका ८ वटै जिल्लाका अध्यक्षहरूलाई जनकपुरमा बोलाइएको छ। त्यसै बैठकबाट सीट बाँडफाँट टुंग्याइने यादवले बताए।

'सकेसम्म सहमति कायम गरेर तालमेलको आधारमा नै चुनाव लड्नुपर्छ,' उनले थपे, 'सहमति हुन सकेन भने जसपा एक्लै चुनाव लडेर पनि जित्न सक्षम छ।'

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव आवश्यकता र औचित्यका आधारमा मात्र मधेश प्रदेशमा तालमेल हुने बताउँछन्।  

'स्थानीय तहमा निर्वाचन लड्दा आवश्यकता र औचित्य देखियो भने मात्र तालमेल हुन्छ,' उनले लोकान्तरसँग भने, 'कांग्रेसले गठबन्धन घटक दलसँग अंशबण्डा गर्ने वा नामसारी गर्ने कुरा हुँदैन।'

आवश्यकता देखिएको स्थानमा मात्र अन्य गठबन्धन दलसँग तालमेल हुन सक्ने उनले प्रस्ट्याए ।

'मधेश प्रदेशमा रहेका १३६ स्थानीय तहमध्ये हामी प्रायजसो पालिकामा एकलरूपमा चुनावमा जाने अवस्था देखिएको छ,' उनले थपे,' गत स्थानीय निर्वाचनमा ४० वटा पालिकामा नेपाली कांग्रेसले जितेको थियो। वैशाख ३० गते हुने निर्वाचनमा १ सयभन्दा बढी पालिकामा हामी जित्छौं।'

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इञ्चार्ज गणेश साह मधेशमा गठबन्धन घटकबीच तालमेल भएर नै सीट बाँडफाँड हुने दाबी गर्छन्।

तालमेलका लागि दुईवटा सूत्र निर्धारण गरिएको उनको कथन छ।

'पहिलो, जितेको स्थान सम्बन्धित दललाई नै दिए । दोस्रो, गठबन्धन बाहिरका दलले जितेका तर गठबन्धन भित्रका दल दोस्रो भएका स्थान दोस्रो हुने दलले पाउने सहमति केन्द्रमा बनिसकेको छ,' साहले लोकान्तरसँग भने ।

जीतपुर उपमहानगरमा माओवादी केन्द्र दोस्रो रहेको हुनाले उक्त उपमहानगरमा माओवादी केन्द्रले उम्मेदवारी दिने उनले बताए । समग्रमा ५० बढी स्थानीय तह माओवादीको भागमा पर्ने उनको दाबी छ ।

मधेशमा जनता समाजवादी पार्टी जसपाको प्रभाव बलियो छ । अघिल्लोपटक आफूहरूले ३४ वटा पालिका जितेको र धेरै स्थानीय तहमा दोस्रो भएकाले त्यही अनुसार दाबी गर्ने उनको भनाइ छ ।

साविकको संघीय समाजवादी फोरमले २६ वटा पालिकामा प्रमुख तथा अध्यक्ष जितेको थियो। बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले एक पालिकामा जितेको थियो ।

त्यसपछि पार्टी समायोजन भएर जसपा हुँदा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, सप्तरीको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख कौशल किशोर यादवसहित ७ जना प्रमुख तथा अध्यक्षले जसपा रोजेका छन् । यो ७ समेत जोड्दा जसपाले जितेका स्थानीय तहको संख्या  ३३ पुग्छ ।

वीरगञ्ज महानगर र जनकपुरधाम उपमहानगर आफूहरूले नै जितेको हुनाले त्यहाँ जसपाले कुनै पनि हालतमा दाबी नछोड्ने उनले बताए। वीरगञ्ज महानगरमा फोरमबाट विजय सरावगीले जितेका थिए। तर, उनी अहिले नेकपा एमालेमा प्रवेश गरिसकेका छन्।

जनकपुरधाम उपमहानगरमा राजपाबाट लालकिशोर साहले जितेका थिए, उनले जसपा रोजेका छन्।' मधेश प्रदेश नै हाम्रो आधारभूमि हो, वीरगञ्ज महानगर र जनकपुरधाम उपमहानगर पहिले पनि हामीले नै जितेको हुनाले त्यो दुवै पालिकाको प्रमुख पद स्वाभाविक रूपले जसपाले नै पाउनुपर्छ,' यादवले भने ।

गठबन्धनमा रहेका दलमध्ये सबैभन्दा गाह्रो नेकपा एकीकृत समाजवादी पार्टीलाई कसरी भाग लगाउने भन्ने भएको छ। नेकपा एसका प्रदेश अध्यक्ष रामचन्द्र यादव मधेश प्रदेशमा आफ्नो पार्टीको धेरै राम्रो उपस्थिति रहेको दाबी गर्छन्।

तालमेल गर्दा गत स्थानीय तहको निर्वाचनको परिणामभन्दा पनि अहिलेको स्थितिको आधारमा मात्र सीट बाँडफाँड गर्नुपर्ने उनको तर्क छ।

मधेश प्रदेशमा एमालेभन्दा एसको संगठन बलियो रहेको दाबी उनले गरे ।

'एमालेले जितेको वा एमाले दोस्रो भएको ठाउँमा हाम्रो दाबी हुन्छ,' उनले लोकान्तरसँग भने, 'कुल सीटमध्ये २० प्रतिशत सीट हामीले पाउनुपर्छ।'

कम्तिमा पनि २८ वटा पालिकाको प्रमुख एसले पाउनुपर्ने उनले बताए।

गत स्थानीय तहमा कुन दलको हैसियत कति ?

गत स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा नेपाली कांग्रेस पहिलो दलको रूपमा स्थापित भएको थियो भने संघीय समाजवादी फोरम (हाल जसपा) दोस्रो पार्टी बनेको थियो।

राष्ट्रिय जनता पार्टी तेस्रो, माओवादी केन्द्र चौथो र एमाले पाँचौं दल बनेका थिए ।

कांग्रेसले ४०, फोरमले २६, राजपाले २५, माओवादी केन्द्रले २१, एमालेले १८, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले १ स्थानीय तहमा जित निकालेका थिए ।

मधेश प्रदेशको ७७ वटा नगरपालिकामध्ये नेपाली कांग्रेसले २६, नेकपा एमालेले १२, माओवादी केन्द्रले १३, फोरमले १०, राजपाले १४ र नेपाली जनता दलले १ र नेपाल लोकतान्त्रिक फोरम (विजय गच्छदारको तत्कालीन पार्टी)ले १ नगरपालिकामा प्रमुख पद जितेका थिए ।

त्यसैगरी ५९ वटा गाउँपालिकामध्ये कांग्रेसले १४, एमालेले ६, माओवादीले ८, फोरमले १६, राजपाले ११, नेपाल लोकतान्त्रिक फोरमले २ तथा नेपाली जनता दल र नयाँ शक्ति पार्टीले १/१ पालिकामा प्रमुख पद जितेका थिए।

अहिले गठबन्धन सहयात्री दलहरू पहिले जितेका स्थानीय तह कायम राखेर गठबन्धनबाहिरका दलले जितेका स्थानीय तह बाँडफाँड गर्ने तयारीमा छन् ।

गठबन्धनबाहिरका दलले जितेका तर गठबन्धनमा रहेका दल दोस्रो भएका पालिका ३८ वटा छन्, जसमध्ये नेपाली कांग्रेस २०, जसपा १२ र माओवादी केन्द्र ६ पालिकामा दोस्रो हैसियतमा छन् । लोकतान्त्रिक फोरम पछि नेपाली कांग्रेसमा नै बिलय भएकाले नेपाली कांग्रेसले जितेको ४० पालिका र लोकतान्त्रिक फोरमले जितेको ३ सहित ४३ सीट पुगेको छ ।

मधेश प्रदेशमा चारवटा मात्र यस्ता स्थानीय तह यस्ता छन्, जहाँ गठबन्धनभित्रका दलहरूले जित्न र दोस्रो स्थान हात पार्न पनि सकेका छैनन् ।

रौतहटको गौर नगरपालिका, महोत्तरीको मटिहानी नगरपालिका र बाराको परवानीपुर गाउँपालिकामा राजपाले जित्दा एमाले दोस्रो भएको थियो ।

महोत्तरीको पिपरा गाउँपालिकामा भने पहिले राजपाले जितेको थियो र एमाले दोस्रो स्थानमा थियो । उपनिर्वाचन गर्दा तत्कालीन नेकपाले जीत हात पार्‍यो ।

हाल तत्कालीन नेकपा अस्तित्वमा छैन र गाउँपालिका अध्यक्ष एमालेमा छन् ।

वडातर्फ भने मधेशमा कुल १ हजार २७३ वडामध्ये नेपाली कांग्रेसले ३३८, एमालेले २३०, माओवादीले २३१, फोरमले १९१, राजपाले १९४, राप्रपाले ६, नेपाली जनता दलले ७, नयाँ शक्ति पार्टीले ५ र बहुजन शक्ति पार्टीले १ वडाध्यक्ष जितेका थिए ।

अघिल्लो निर्वाचनमा मधेशका १३६ वटै स्थानीय तहमा पहिलो र दोस्रो हुने दलहरूको नतिजा :

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x