×

NMB BANK
NIC ASIA

चुनावका कारण चटारो

स्थानीय तहमा ह्वात्तै बढ्यो बजेट खर्च, चुनावअघि काम देखाउन र पैसा सक्न होडबाजी

बैशाख ६, २०७९

NTC
Premier Steels

चुनावको मिति नजिकिएपछि स्थानीय तहको पूँजीगत बजेट खर्च ह्वात्तै बढेको छ ।

Muktinath Bank

सामान्यतया चैतसम्ममा ३० प्रतिशतको हाराहारीमा विकास खर्च हुने गरेकोमा यसवर्ष ५० प्रतिशतभन्दा माथि खर्च भइसकेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अझै वैशाख महिनाको अनुमानित खर्च जोड्दा दुई तिहाइभन्दा बढी बजेट चुनावअघि नै खर्च भैसक्ने देखिन्छ । स्थानीय तहको चुनाव यही वैशाख ३० गतेका लागि तोकिएको छ ।


Advertisment
Nabil box
Kumari

अघिल्ला वर्षहरूमा झण्डै ५० प्रतिशतको हाराहारीमा खर्च असार महिनामा मात्र हुने गरेको थियो । तर यसपटक चुनाव र जनप्रतिनिधिहरूको कार्यकाल सकिँदै गरेकाले अधिकांशको ध्यान विकास निर्माण गरेको देखाउन र बजेट सक्नमा रहेको देखिन्छ ।

Vianet communication

उदाहरणका लागि केही स्थानीय तहको खर्च नियालौं :

चितवनको भरतपुर महानगरपालिकामा गत आर्थिक वर्षको चैतसम्म कुल बजेटको ३६.४४ प्रतिशत मात्र  खर्च भएको थियो । तर चालू आर्थिक वर्षको चैतसम्ममा ४२.७१ प्रतिशत रकम खर्च भएको छ ।

भरतपुर महानगरपालिकाकी सूचना अधिकारी मेनका पण्डितले दिएको विवरणअनुसार चालू आर्थिक वर्षमा ५ अर्ब ३७ करोड ३६ लाख ३९ हजार ४ सय रुपैयाँ कुल बजेट रहेकोमा चैतसम्म १ अर्ब ८६ करोड ७८ लाख ९ हजार ४४८ रुपैयाँ (४२.७१ %) खर्च भइसकेको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा ४ अर्ब ८९ करोड ९२ लाख २० हजार ७७० रुपैयाँ कुल बजेट रहेकोमा चैतसम्ममा १ अर्ब ७८ करोड ४६ लाख ८८ हजार ११२ रुपैयाँ (३६.४४%) खर्च भएको थियो ।

***

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा कुल बजेटको ३८.१५ प्रतिशत रकम खर्च गरिसकेको छ । जसमध्ये पूँजीगततर्फ १८.८ % खर्च गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को चैतसम्ममा कुल बजेटको २९.२४ % खर्च गरिएको थियो । जसमध्ये पूँजीगततर्फ ८.३६ % मात्र खर्च गरिएको थियो ।  अघिल्लो वर्षको तुलनामा यसवर्ष पूँजीगत खर्च १० प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ५९ करोड ८४ लाख ४० हजार रुपैयाँ कुल बजेट रहेको उक्त उपमहानगरमा चैतसम्म ६० करोड ९८ लाख २७ हजार ७४५ रुपैयाँ खर्च भइसकेको छ । ९८ करोड ८६ लाख १२ हजार २५४ रुपैयाँ मात्र खर्च गर्न बाँकी छ ।

पूँजीगततर्फको कुल बजेट ५८ करोड ८४ लाख ७५ हजार रुपैयाँ मध्ये ११ करोड ६ लाख ४५ हजार ३२९ रुपैयाँ (१८.८ %) खर्च भएर ४७ करोड ७८ लाख २९ हजार ६७० रुपैयाँ मात्र बाँकी छ ।

तर गत आर्थिक वर्ष २०७७/०७८ मा भने चैतसम्म कुल बजेटको २९.२४ प्रतिशत रकम मात्र खर्च गरिएको थियो । गत आर्थिक वर्षको चैतसम्ममा कुल १ अर्ब ७१ करोड ८३ लाख १० हजार २५९ रुपैयाँ बजेट रहेकोमा ५० करोड २४ लाख ४६ हजार ९५० रुपैयाँ (२९.२४%) मात्र खर्च भएको थियो । १ अर्ब २१ करोड ५८ लाख ६३ हजार ३०९ रुपैयाँ खर्च गर्न बाँकी थियो ।

पूँजीगततर्फ हेर्ने हो भने गत वर्षको चैतसम्ममा ८.३६ % मात्र खर्च भएको थियो । ६० करोड ३७ लाख ९३ हजार ७०२ रुपैयाँ कुल पूँजीगत बजेट रहेकोमा चैतसम्ममा ५ करोड ५ लाख ५७ हजार ५२० रुपैयाँ मात्र खर्च भएको थियो । ५५ करोड ३२ लाख ३६ हजार १८२ रुपैयाँ बाँकी नै थियो ।

***

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पनि गत वर्षको तुलनामा यसवर्ष चैतसम्ममा धेरै खर्च गरिएको छ । उक्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लखन देव यादवले दिएको जनकारी अनुसार गत आर्थिक वर्षको चैतसम्म कुल बजेटको ३०.२७ % रकम मात्र खर्च भएको थियो भने चालू आर्थिक वर्षको चैतसम्म ५२.४२ % रकम खर्च भइसकेको छ ।

गत आर्थिक वर्षको कुल बजेट ६१ करोड ८३ लाख ९२ हजार रुपैयाँ रहेकोमा चालूतर्फ १२ करोड ८८ लाख र पूँजीगततर्फ ५ करोड ८४ लाख रुपैयाँ खर्च भएको थियो । त्यसैगरी चालू आर्थिक वर्षको कुल बजेट ६९ करोड २३ लाख ४४ हजार रुपैयाँ रहेकोमा चालूतर्फ १८ करोड ६ लाख ४२ हजार रुपैयाँ र पूँजीगततर्फ १८ करोड २३ लाख ७ हजार रुपैयाँ खर्च भएको छ । गत वर्ष चैतसम्ममा पूँजीगततर्फ ५ करोड ८४ लाख रुपैयाँ मात्र खर्च भएकोमा चालू आर्थिक वर्षको चैतसम्ममा पूँजीगततर्फ १८ करोड २३ लाख ७ हजार रुपैयाँ खर्च भइसकेको छ ।

***

महोत्तरीको सदरमुकाम रहेको जलेश्वर नगरपालिकामा पनि गत वर्षको तुलनामा यसवर्ष चैतसम्ममा खर्च बढेको छ । जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविणकुमार झाका अनुसार कुल बजेट ९३ करोड २४ लाख ३४ हजार रहेकोमा चैतसम्म ४० करोड ६६ लाख ६ हजार रुपैयाँ खर्च भइसकेको छ । खर्च प्रतिशत ४३.६० प्रतिशत छ ।

गत आर्थिक वर्षमा वर्षभरि कुल बजेटको ८४.६८ प्रतिशत रकम मात्र खर्च भएको थियो । गत आर्थिक वर्षमा कुल ८९ करोड ८७ लाख ७५ हजार रुपैयाँ बजेट रहेकोमा ७६ करोड ११ लाख २३ हजार ५४६ रुपैयाँ (८४.६८ %)  खर्च भएको थियो । गत आर्थिक वर्षको चैतसम्मको मात्र खर्च निकाल्न नसकिने उनले बताए ।

गत आर्थिक वर्षमा चैतसम्ममा करीब २५ प्रतिशतको हाराहारीमा खर्च भएकोमा चालू आर्थिक वर्षको चैतसम्ममा ४३.६०% प्रतिशत खर्च भएको उनले बताए ।

***

लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकामा पनि चालू आर्थिक वर्षको चैतसम्ममा कुल बजेटको ३३।४५ % रकम खर्च भइसकेको छ ।

उक्त नगरपालिकाका लेखा अधिकृत सञ्जय शर्माका अनुसार १ अर्ब ११ करोड ३० लाख १८ हजार ८५९ रुपैयाँ कुल बजेट रहेकोमा ३७ करोड २३ लाख ९ हजार १९० रुपैयाँ (३३।४५ %) रकम खर्च भइसकेको छ । जसमध्ये पूँजीगततर्फ ५८ करोड २६ लाख ७८ हजार १० रुपैयाँ बजेट रहेकोमा १३ करोड ९४ लाख २६ हजार (२३.९३%) रकम चैतसम्ममा खर्च भएको छ ।

चालूतर्फ ५३ करोड ३ लाख ४० हजार ८४९ रुपैयाँ बजेट रहेकोमा २३ करोड २८ लाख ८२ हजार ३६४ रुपैयाँ (४३.९%) रकम खर्च भइसकेको उनले बताए ।

तर गत आर्थिक वर्षको चैतसम्ममा पूँजीगततर्फ २१.२२ % रकम मात्र खर्च भएको थियो । पूँजीगततर्फ ५९ करोड ६ लाख ८९ हजार १५४ रुपैयाँ बजेट रहेकोमा १२ करोड ५३ लाख ९० हजार ५४० रुपैयाँ(२१.२२ %) खर्च भएको थियो ।  

चालूतर्फ गत वर्ष बढी खर्च भए पनि यस वर्ष स्वास्थ्य, शिक्षा आदिमा तलब भत्ता जान बाँकी रहेकाले कम खर्च देखिएको उनले बताए । तुलनात्मक रुपमा पूँजीगततर्फ गत वर्षभन्दा यो वर्ष चैतसम्ममा बढी खर्च भएको उनले बताए ।

***

कर्णाली प्रदेशको कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा चालू आर्थिक वर्षमा ६३ करोड ३३ हजार ५९६ रुपैयाँ कुल बजेट रहेकोमा २०७८ चैत २० गतेसम्म ३३ करोड ३ लाख ९८ हजार ४३५ रुपैयाँ खर्च भएको छ । प्रतिशतको आधारमा चालू आर्थिक वर्षको चैत २० गतेसम्ममा कुल बजेटको ५२.४४ % रकम खर्च भइसकेको छ ।

चालू आर्थिक वर्षमा  १९ करोड ६६ लाख ६२ हजार रुपैयाँ पूँजीगत बजेट रहेकोमा ८ करोड ८८ लाख ४८ हजार २४९ रुपैयाँ चैत २० गतेसम्म खर्च गरिएको छ । पूँजीगततर्फ ४५।१८ प्रतिशत खर्च भएको उक्त नगरपालिकाका लेखापाल धीरबहादुर शाहीले बताए ।

गत आर्थिक वर्ष २०७/०७८ मा कुल बजेट ५८ करोड ४६ लाख ४० हजार ६२९ रुपैयाँ रहेकोमा चैतसम्ममा २१ करोड ७१ लाख ४५ हजार ५५४ रुपैयाँ (३७%) मात्र खर्च भएको थियो ।

***

कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लास्थित चौरजहारी नगरपालिकाका लेखा प्रमुख रामलाल शर्माका अनुसार चालू आर्थिक वर्षको चैतसम्ममा चालूतर्फ ६१.९८ % र पूँजीगततर्फ ४०.९९ % रकम खर्च भएको छ ।

चालू आर्थिक वर्षमा चैतसम्म चालूतर्फ २४ करोड ७ लाख ७१ हजार ८८८ रुपैयाँ(६१.९८ %) र पूँजीगततर्फ १० करोड ९७ लाख २२ हजार ३४० रुपैयाँ (४०.९९ %) खर्च भएको उनले बताए ।

गत आर्थिक वर्ष २०७७/०७८ मा चैतसम्म चालूतर्फ १९ करोड १५ लाख ६८ हजार ६८६ रुपैयाँ (५७.२६ %) र पूँजीगततर्फ ८ करोड ९१ लाख ४२ रुपैयाँ (२३.०९%) मात्र खर्च भएको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको चैतसम्ममा पूँजीगततर्फ १७.९० % खर्च बढी भएको छ ।

माथि उल्लेख गरिएका केही पालिकाहरू प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । ७५३ पालिकामध्ये अपवादबाहेक अधिकांश पालिकामा विकास बजेट खर्च उल्लेख्य मात्रामा बढेको छ । वैशाखमा पनि पालिकाको लेखा शाखाहरूमा चेक बनाउन जाने उपभोक्ता समितिदेखि ठेकेदारसम्मको भीड बढ्न थालेको छ ।

केही पालिकामा भने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीच भएको द्वन्द्वका कारण उल्लेख्य खर्च हुन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x