×

NMB BANK
NIC ASIA

दरबारमार्गको सिनेमा हल, जहाँ बारको समेत व्यवस्था छ

बैशाख ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अत्याधुनिक सेवासुविधासहित राजधानीमा नयाँ सिनेमा हल शुरू भएको छ ।

Muktinath Bank

आरामदायी सुविधाका साथ सिनेमा पारखीहरूका लागि दरबारमार्गमा रहेको दरबार मलमा 'दरबार सिने म्याक्स' सञ्चालनमा आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दर्शकहरूलाई सिनेमा हेर्दा लक्जरियस महसुस गराउने उद्देश्यका साथ सीमित व्यक्तिहरूलाई मात्र सामेल गराएर चलचित्र देखाउने उद्देश्यका साथ नयाँ वर्षको अवसर पारी हल सञ्चालनमा ल्याएको दरबार सिने म्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

गुण ग्रुपद्वारा निर्माण भएको दरबार मलमा सञ्चालित दरबार सिने म्याक्स सिनेमा हल क्यूएफएक्सले व्यवस्थापन गरेको हो ।

Vianet communication
Laxmi Bank

सिनेमा हलभित्र दुईवटा हल छन् । ५० र ५३ जनाको सिट क्षमता भएको सो हलमा अत्याधुनिक साउण्ड सिस्टम, स्क्रीन र अर्डरअनुसारको खाना र खाजाको बारसहितको सुविधासमेत छ ।

सिनेमा हेर्न आउने दर्शकहरूलाई आफू बसेकै ठाउँमा आफ्नो इच्छाअनुसारको खाजा र खाना अर्डर गरेर खान मिल्ने गरी खाजा बार सञ्चालनमा ल्याएको बताए । 

दर्शकले बसेकै सिटबाट अर्डर गरेर खाना र खाजा खाँदै सिनेमाको मज्जा लिन पाउने सुविधा ल्याएको प्रवन्ध निर्देशक शाक्यको भनाइ छ । 

सिनेमा हेर्दै मदिरा खानेहरूको लागि छुट्टै बारको व्यवस्था रहेको हलमा बियरसहित विभिन्न मदिराहरू सेवन गर्दै सिनेमा हेर्ने समेतको सुविधा छ ।

वर्षौंदेखि सिनेजगतमा सेवा गर्दै आएको  गुण ग्रुपका प्रबन्ध निर्देशक शाक्यका अनुसार दरबारमार्गमा रहेको दरबार मलसँगै सिनेमा पारखीहरूलाई पृथक सुविधा दिन खोजिएको हो ।

अन्य हलभन्दा फरक सेवा दिने उद्देश्यका साथ सञ्चालनमा  आएको सो सिनेमा हलमा दैनिक ९ वटा शो देखाइने र टिकटको मूल्य एक हजारदेखि १२ सय रूपैयाँसम्म निर्धारण गरीएको  छ ।

गुण ग्रुपले विगत २५ वर्ष देखि ग्वार्कोमा गुण सिनेमा हल सञ्चालन गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x