×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

एउटै पदमा दाजुभाइको चुनावी भिडन्त : आमालाई ‘धर्मसंकट’– कुन छोरो रोज्ने ?

बैशाख १८, २०७९

NTC
बायाँबाट क्रमश: विनोद-प्रमोद एवं आमा लक्ष्मी, ताराकेशर र माधव तथा नेत्र र विष्णु
Premier Steels

स्थानीय तह निर्वाचनमा परिवारकै सदस्यहरू समेत एकअर्काको प्रतिद्वन्द्वी बनेर चुनावी मैदानमा उत्रिएका छन् । 

Muktinath Bank

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– १ मा सहोदर दाजुभाइ एउटै पदका लागि अलग–अलग पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालगञ्ज वडा नम्बर १ को अध्यक्षमा नेकपा (एमाले)बाट प्रमोद रिजाल उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट प्रमोदका सहोदर दाइ विनोद रिजाल  उम्मेदवार बनेका छन् ।


Advertisment
Nabil box
Kumari

यसै पनि चर्चामा रहेको नेपालगञ्जको निर्वाचनलाई दाजुभाइको भिडन्तले थप रोचक बनाएको छ । दाजुभाइ नै चुनावमा फरक–फरक पार्टीबाट उम्मेदवार बनेपछि परिवारका सदस्यहरू कसलाई ‘भोटिङ’ (मतदान) गर्ने भन्ने दोधारमा छन् ।

Vianet communication

प्रमोद बहालवाला वडाध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता समेत हुन् । विनोदलाई अहिले कांग्रेसले टिकट दिएपछि उम्मेदवार बनेका हुन् ।  

उनीहरू चार दाजुभाइ हुन् । विनोद जेठा, प्रमोद माइला, सुमोद साँइला र आमोद कान्छा हुन् । सुमोद शिक्षक र आमोद सहकारीको व्यवस्थापक छन् । दाजुहरू एकअर्का विरुद्ध उत्रिरहेकै बेला चार भाइमध्येका साँइला सुमोदलाई कसलाई भोट हाल्ने भन्ने धर्मसंकट परेको छ । 

भाइ सुमोदले लोकान्तरसँग भने, ‘दुई दाजुभाइले चुनावमा एकअर्काविरुद्व उम्मेदवारी दिएका छन् । कसलाई भोट हाल्ने ‘कन्फ्युजन’मा परेको छु । गोप्य मतदान हो । एउटालाई त हाल्नै पर्‍यो । अहिले नै यसलाई नै हाल्छु भन्न मिल्दैन ।’

प्रमोद र विनोद लामो समयदेखि फरक–फरक दलबाट राजनीतिमा होमिएका चर्चित जिल्ला नेताहरू हुन् । प्रमोद र विनोदकी आमा ६८ वर्षीया लक्ष्मीलाई कुन छोरालाई मतदान गर्ने सबैभन्दा अप्ठ्यारो छ । 

आमा लक्ष्मीसँग अहिलेसम्म दुवै भाइले भोट मागेका छैनन् । आमाका लागि छोराहरू बराबर हुन् । तर, मतदान गर्दा एउटालाई मात्र छान्नुपर्ने हुन्छ । त्यसैले उनी मतदानमै सहभागी नहुने कि भन्ने सोचमा पुगेको परिवार बताउँछ । 

चार भाइमध्ये प्रमोद, सुमोद र आमोद एउटै ‘बाउन्ड्री’भित्र छुट्टा–छुट्टै घर बनाएर बसेका छन् भने विनोद केही पर बस्छन् । 

दाजुभाइबीचको चुनावी प्रतिस्पर्धालाई सहज रूपमा लिनुपर्ने प्रमोद बताउँछन् ।

‘हामीले यसलाई सहज रूपमा लिनुपर्छ । दाइको फरक राजनीतिक पृष्ठभूमि, मेरो फरक राजनीतिक पृष्ठभूमि हो । हामीबीच स्वस्थ प्रतिष्पर्धा हुन्छ । जसले जित्छ, जित्छ ।’ गएको निर्वाचनमा प्रमोदले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बलराम सुनारलाई ३०० भन्दा बढी मतान्तरले जितेका थिए । प्रमोदको मत ८१७ थियो । त्यो वडामा कांग्रेस तेस्रो स्थानमा रहेको प्रमोद बताउँछन् । 

कार्यअनुभव र जनताको सुखदुःखमा जोडिँदै आएकाले यस पटक पनि आफूले चुनाव जित्ने प्रमोदको दाबी छ । एमालेले नेपालगञ्जको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शक्ति ढकाललाई उम्मेदवार बनाएको छ ।

कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका विनोद तरुण दलका जिल्ला सचिव हुन् । यसपटक गठबन्धनका उम्मेदवारले नेपालगञ्जको सबै क्षेत्र जित हात पार्ने विनोद बताउँछन् ।

‘आमालाई हामीले अप्ठ्यारोमा पार्दैनौं । यो राजनीतिक प्रतिस्पर्धा हो । जसले जितेपनि हामी दाजुभाइमा माया, प्रेम र स्नेहमा खटपट आउँदैन ।’

****

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–७ मा सहोदर दुइुभाइ वडा अध्यक्षमा फरक–फरक पार्टीबाट उम्मेदवार बनेर चुनावमा होमिएका छन् । 

अहिलेका वडाध्यक्ष विष्णु गिरी एमालेबाट र विष्णुका सहोदर दाइ नेत्रज्योति गिरी जनता समाजवादी पार्टी (जसपा) बाट वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

चुनावी प्रतिस्पर्धाले दाजुभाइबीच मनमुटाव शुरू भएको छ ।

नेत्र साविक मोतीपुर गाविसमा दुई कार्यकाल अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । अघिल्लोपटक (२०७४) मा विष्णुले दाइ नेत्रलाई वडाअध्यक्षमा उम्मेदवार बन्न आग्रह गरेका थिए । नेत्रले भाइलाई अगाडि सारे । तर, अहिले वडामा राम्रो काम गरेको भन्दै विष्णुलाई नै अगाडि बढाउने निर्णय एमालेले गर्‍यो । 

एमालेबाट टिकट नपाएपछि नेत्र एमाले छाडेर जसपा प्रवेश गरी उम्मेदवार बनेका हुन् । दाजुभाइबीचको चुनावी ‘टक्कर’ रोमाञ्चक हुन पुगेको स्थानीयहरू बताउँछन् ।

७ भाइमध्ये नेत्र माइलो र विष्णु साँइलो हुन् । नेत्र पञ्चायतकालमा वडाध्यक्ष र प्रजातन्त्र पुनःस्थापनापछि दुई कार्यकाल गाविस अध्यक्ष बनेका थिए । नेत्र मोतीपुर क्षेत्रमा लोकप्रिय छन् । भाइ विष्णु दाइले पार्टी परिवर्तन गरी उम्मेदवार बन्नु नैतिक हिसाबले ठीक नभएको बताउँछन् ।

‘दुई कार्यकाल अध्यक्ष भएको व्यक्ति पार्टी परिवर्तन गरेर उम्मेदवार बन्नु नैतिक हिसाबले पनि राम्रो भएन । उहाँलाई अघिल्लोपटक जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा उम्मेदवार बनाइएको थियो । ३ मतले पराजित हुनुभएको थियो । अहिले आएर मविरूद्ध उम्मेदवारी दिनुभयो । ठीकै छ, जसले जित्छ, जित्छ ।’ 

यहाँ पनि आमा ८० वर्षीया हस्ता गिरी धर्म संकटमा छिन् । 

‘आमा दाइ (नेत्र)सँग बस्नुहुन्छ, उहाँलाई नै दिनुहोला । तर, वडामा जसपाको केही जनआधार नै छैन । चुनाव मैले नै जित्छु, त्यसमा कुनै समस्या छैन,’ विष्णुले भने ।

आर्थिक र राजनीतिक रूपमा आफू पीडित भएकाले वडाध्यक्षमा लड्ने सहमति भएको तर भाइ विष्णुले सहमति उल्लंघन गरेको नेत्रको आरोप छ ।

****

बाँकेकै कोहलपुर नगरपालिकामा पनि सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ ।

कोहलपुर– ३ को वडाध्यक्षमा दाजु ताराकेशर रिजाल र भाइ माधव रिजालबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु ताराकेशर त्यतिबेला आफ्नै भाइसँग ६५ मतले पराजित भएका थिए ।

यसपालि पनि माधव एमालेबाट तथा ताराकेशर (माओवादी केन्द्र)बाट वडाध्यक्षमा भिड्दैछन् ।

उनीहरूकी आमालाई समेत कुन छोरा रोज्ने भन्ने धर्मसंकटको स्थिति दोहोरिएको स्थानीय बासिन्दा बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x