×

NMB BANK
NIC ASIA

बुटवलको सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्छाैं : विष्णु पौडेल

बैशाख २०, २०७९

NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा जुटेका छन् ।

Muktinath Bank

उनी मंगलवार बुटवल उपमहानगरपालिका–११ का विभिन्न टोलमा पुगेर एमालेका सबै उम्मेदवारलाई जिताउन मतदातासँग मत माग्दै घरदैलोमा सहभागी भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा बोल्दै नेता पौडेलले एमालेप्रति जनताको असाधारण उत्साह रहेकाले एमालेको जीत सुनिश्चित रहेको बताए । विकास र जनताका सरोकारका मुद्दा एमालेसँग मात्र रहेको जनताले बुझेको बताउँदै उनले एमालेका उम्मेदवारलाई जिताउन जनता आतुर रहेका दाबी गरे ।


Advertisment
Nabil box
Kumari

बुटवलको सबै सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने नेता पौडेलको भनाइ छ । 

Vianet communication

‘एमाले नेतृत्वको सरकारले अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणका सबै प्रक्रिया पूरा गरेको भए पनि सरकार ढलेपछि त्यो काम रोकिन पुग्यो,’ नेता पौडेलले भने, ‘अहिलेको गठबन्धन सरकारले भूमि आयोग नै खारेज गरेर अन्तिम समयमा रोकिन पुगेको छ । अहिलेको सरकारले सुकुम्बासीका समस्याप्रति कुनै तत्परता देखाएको छैन । एमाले नेतृत्वको सरकार बनेपछि पूर्जाविहीन नगरवासीलाई जग्गाधनी बनाउँछौं ।’ 

पौडेलले तिनाउ दानव करिडोर निर्माण क्षेत्रका बसोबासीको पनि उचित प्रबन्ध गर्ने बताए । ‘सडक निर्माणको कार्य र सडक निर्माणका क्रममा प्रभावित स्थानीयलाई सुरक्षित र उचित स्थानमा बसोबासको प्रबन्ध मिलाउँछौं,’ नेता पौडेलले भने ।

नगरका प्रायःजसो विकासका काम भइरहेको बताउँदै नेता पौडेलले जनताको विकासका चाहना आफूले पूर्ण रूपमा बुझेको बताए । ‘विकासको चाहना हामीले बुझेका छौं । कार्यान्वनको जिम्मा हामी लिन्छौं । विकास सिक्न बुटवल आउने हामी बनाउँछौं,’ पौडेलले भने । 

बुटवलबाट मेयरका प्रत्यासी बाबुराम भट्टराई र उपमेयरका प्रत्यासी सावित्रादेवी अर्याल, एमालेसँग तालमेल गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारसहित सबै वडामा एमालेको जीत सुनिश्चित रहेको उनले दाबी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x