×

NMB BANK
NIC ASIA

प्रचारप्रसारलाई अतिरञ्जना नगर्न काउन्सिलको अपिल

बैशाख २३, २०७९

NTC
Premier Steels

प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न/नगराउन आमसञ्चारसँग अपिल गरेको छ । काउन्सिलले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना गर्र्दा/गराउँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताविपरीत हुन गई आमपाठक, स्रोता र दर्शकमा भ्रम पर्ने भएकाले यस्तो कार्य नगर्न/नगराउन अपिल गरेको हो । काउन्सिलले पत्रकार आचारसंहिता पालनामा थप संवेदनशील हुन सम्पूर्ण सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जालका प्रयोगकर्तामा  अनुरोध छ । 
    
    ‘आमसञ्चार माध्यममा कुनै राजनीतिक दल, उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन/प्रसारण गर्दा/गराउँदा, सःशुल्क विज्ञापन प्रकाशन/प्रसारण गर्ने क्रममा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान नदिँदा, आमपाठक स्रोतामा भ्रम पर्न गएको छ’, काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय तह निर्वाचनका क्रममा विसं २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता, २०७८ लागू भइ काउन्सिलले सोको अनुगमन गरिरहेको छ ।

Muktinath Bank

    उक्त निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण तोकिएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल पार्न नहुने भनी उल्लेख गरिएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    त्यसैगरी राजनीतिक आस्था वा विचार राष्ट्रियता तथा सामाजिक अवस्थाजस्ता कुनै पनि आधारमा भेदभाव हुनेगरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने र निर्वाचन आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी विज्ञापन, प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने, त्यसरी प्रकाशित विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

    आचारसंहितामा व्यवस्था हुँदाहुँदै धेरैजसो सञ्चार माध्यमले आचारसंहिता र प्रेस काउन्सिल नेपालको अपिललाई पटकपटक बेवास्ता गरी सःशुल्क वा निःशुल्क नछुट्टिने गरी, तोकिएको साइज, समय वा पटकभन्दा बढी विज्ञापन प्रचारप्रसार गरेको, घृणास्पद अभिव्यक्ति, अमर्यादित, असन्तुलित, एकपक्षीय, तथ्यहीन समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरिरहेको, सामाजिक सञ्जाल प्रयोगकर्ता (पत्रकार)ले कुनै दलको पक्ष वा विपक्षमा कार्यकर्ताले झै चुनावी नारा, तस्बीर राखिरहेको अनुगमनबाट देखिएको काउन्सिलको भनाइ छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x