×

NMB BANK
NIC ASIA

चुनावी मतपरिणाम

स्थानीय चुनावमा घरभित्रै प्रतिस्पर्धा : भाइहरू जिते, दाइहरू हारे !

जेठ ५, २०७९

NTC
Premier Steels

एकअर्काको प्रतिद्वन्द्वी भएर स्थानीय तह निर्वाचनमा होमिएका सहोदर दाजुभाइबीचको प्रतिस्पर्धामा भाइहरू विजयी भएका छन् ।

Muktinath Bank

लुम्बिनी प्रदेशका ३ वटा वडामा दाजुभाइबीच रोचक प्रतिस्पर्धा भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, कोहलपुर नगरपालिकाको वडा नम्बर ३ र कपिलवस्तुको वाणगंगा नगरपालिकाको वडा नम्बर ७ मा दाजुभाइबीच प्रतिस्पर्धा भएको हो ।


Advertisment
Nabil box
Kumari

नेपालगञ्ज उपमहानगरपालिका–१ को वडाध्यक्षमा दाइलाई हराउँदै भाइले जीत हात पारेका हुन् । नेकपा एमालेबाट उम्मेदवारी दिएका प्रमोद रिजाल ७८१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए । 

Vianet communication

रिजालका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विनोद रिजालले ५८१ मत प्राप्त गरे । विनोद प्रमोदका सहोदर दाजु हुन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएका प्रमोद नगरको निवर्तमान प्रवक्ता समेत हुन् ।

‘वडामा गरेका राम्रा कामहरूको मूल्यांकन गरेर जनताले फेरि पनि मलाई जिताउनुभयो । हामीले आ–आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेकाले दाजुभाइको सम्बन्धमा कुनै वैमनस्यता छैन,’ उनले भने ।

बाँकेकै कोहलपुर नगरपालिका–३ मा सहोदर दाजुभाइ माधव रिजाल र तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुँदा भाइ माधव निर्वाचित भएका छन् । 

एमालेबाट उम्मेदवार बनेका माधवले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका तारकेश्वरलाई ४०७ मतान्तरले पराजित गरी अध्यक्षमा चुनिएका छन् । १ हजार ३०७ मत प्राप्त गरी माधव विजयी हुँदा तारकेश्वरले ९०० मत प्राप्त गरेका छन् ।

माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष तथा नगरका प्रवक्ता हुन् । निर्वाचित भएपछि माधवले भने, ‘हामी दाजुभाइबीच यसअघि पनि प्रतिस्पर्धा भएको थियो, अहिले पनि भयो । मनमुटाव पहिले पनि थिएन, अहिले पनि भएन ।’

पार्टीले अगाडि सारेपछि दाजुभाइ प्रतिस्पर्धाबाट पछाडि हट्ने कुरा नहुने माधवको भनाइ छ । अघिल्लो निर्वाचनमा पनि तारकेश्वर भाइ माधवसँग ६५ मतले पराजित भएका थिए । 

कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा सहोदर दाजुभाइ विष्णु गिरी र नेत्र गिरीबीच प्रतिस्पर्धा हुँदा विष्णु निर्वाचित भएका हुन् । विष्णुले १ हजार ७५१ मत ल्याएर विजयी हुँदा नेत्रले जम्मा ६८५ मत मात्र ल्याउन सके । विष्णुका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुमार खड्काले १ हजार ३२० मत ल्याए । विष्णु एमालेबाट र नेत्र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रतिस्पर्धामा थिए । दाजुभाइबीच चुनावी प्रतिस्पर्धा हुँदा आमाले कुन छोरालाई भोट हाल्ने भनेर धर्मसंकटमा परेको बताएकी थिइन् । 

एउटै पदमा दाजुभाइको चुनावी भिडन्त : आमालाई ‘धर्मसंकट’– कुन छोरो रोज्ने ?

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x