×

NIC ASIA

महिलाको काँधमा आएको सुनवल नगरपालिका

जेठ ६, २०७९

Prabhu Bank
NTC
Premier Steels

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट विमला अर्याल निर्वाचित भएकी छन् ।

अर्याल लुम्बिनी प्रदेशकै नगर हाँक्ने एक्ली महिला बनेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज समेत रहेकी अर्यालले पाँच वर्ष अगाडि भोगेको पराजयपछि अहिले सत्तारूढ गठबन्धनलाई पराजित गरी नगर हाँक्ने जिम्मा आफ्नो काधमा लिएकी छन् । 


Advertisment
Rupse Holidays
Nabil box

कांग्रेसका जिल्ला सभापति समेत रहेको अर्जुन पोखरेललाई ३ हजार २१८ मतका साथ जीत निकाल्दै उनले नगरमा कांग्रेसको एकाधिकार खोसेको प्रतिक्रिया दिइन् । 

Vianet communication

प्रस्तुत छ, नवनिर्वाचित नगर प्रमुख विमलासँग लोकान्तरकर्मी प्रकाश आचार्यले गरेको छोटो कुराकानीको सारसंक्षेप । 

'म पाँच वर्ष अगाडि उम्मेदवार हुँदा पनि नगरको विकास केन्द्रित हुने योजनाहरू अगाडि सारेकी थिएँ । अहिलेका पनि समग्र योजनाहरू उस्तै–उस्तै छन् । मेरो मुख्य योजना पश्चिम क्षेत्रकै पुरानो शहर बुटवलको काखमा रहेको सुनवललाई समृद्ध बनाउनेमा रहेको । अबको पाँच वर्षमा मैले समृद्ध सुनवलको आधार तयार गर्नेछु । म लगायत उपप्रमुख एमालेबाट निर्वाचित भए पनि सबै दलहरूसँग मैत्रीभाव कायम गरी नगरलाई समृद्ध बनाउनेमा केन्द्रित हुनेछ । मैले सबै नगरबासीका भावनालाई बुझ्ने गरी काम गर्नेछु । 

यो अबको पाँच वर्ष मेरो पूरै समय नगरका जनतालाई हुनेछ । खानेपानी, स्वास्थ्य, शिक्षामा सुधार गर्नेछु । नगरका विपन्न र विद्यालयको पहुँचमा जान नसकेका बालबालिकाहरूको विद्यालयको पहुँचमा पुर्‍याउनेछु । विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । शिक्षाको गुणस्तर स्तरउन्नति गराइनेछ । स्वास्थ्यको क्षेत्रमा जेष्ठ नागरिक र गर्भवती र सुत्केरी हामीले पहिलो प्राथामिकतामा राख्नेछौँ । जेष्ठ नागरिक विरामी भए नगरको आफ्नै एम्बुलेन्स पुगेर विरामीलाई निःशुल्क अस्पतालसम्म पुर्‍याउनेछौँ । नगरका सबै नागरिकलाई स्वास्थ्य बीमा पहुँचमा ल्याउँदै दीर्घ रोगी मृगौला पीडितका बिरामीको परिवारलाई वार्षिक एक लाख रुपैयाँ नगरले उपलब्ध गराउने योजना अगाडि सार्नेछु । किनकी यति सहयोग घरआँगनको सरकारलाई जनतलाई दिनुनैंपर्छ । 

मासिक पाँच हजार लिटर पानी निशुल्क उपलब्ध गराइने छ । पानीको धारा जडान गर्ने नसक्ने विपन्न र गरिब परिवारलाई निःशुल्क धारा जडान गरी उनीको साथ नगर सरकार रहेको अनुभुति हामीले गराउनेछौँ । नगरका भित्रि र तत्काल निर्माण गर्नुपर्ने सडकहरू छिट्टो भन्दा छिट्टो निर्माणलाई जोड दिनेछौं ।  

शासक होइन सेवा बनेर जनताको सेवामा केन्द्रित हुनेछु । नगरमा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्यमशिलतातर्फ केन्द्रित गराउँदै लैंगिक हिंसा मुक्त सुनवल पनि बन्नेछ । 

नगरमा सबै समुदायको बसोबास छ । नगरका हरेका वडाका विपन्नहरूकालाई कम्तीमा ५ वटाका दरले प्रत्येक वर्ष घरहरू निर्माण गरेर उनीहरूलाई स्थापित गर्नेछौं । हामी आउनुभन्दा अगाडिको सरकारले अगाडि सारेका मुर्छित र जनपक्षीय कामहरूलाई निरन्तरता दिनेछौँ । दोहोरो करको नीतिलाई अन्त्य गर्दै करको दायर भने,  बढाउछौं । सुखी, समृद्ध, र हराभर सुन्दर सुनवल बनाउँनेछौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x