×

NMB BANK
NIC ASIA

को हुन् गठबन्धनलाई हराएर बुटवलको उपप्रमुख चुनिने एमालेकी सावित्रा ?

जेठ ७, २०७९

NTC
Premier Steels

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई हराउँदै बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छन् ।

Muktinath Bank

गठबन्धनबाट उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङलाई करीब ८ हजारको विशाल मतान्तरले पराजित गर्दै अर्याल उपप्रमुखमा निर्वाचित भएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरूङले १६ हजार ९८० मत मात्र ल्याउन सके । उपप्रमुखका प्रतिस्पर्धीद्वय अर्याल र गुरुङ बुटवल वडा नम्बर ३ का वडावासी हुन् । 


Advertisment
Nabil box
Kumari

अर्यालले कठिन गठबन्धनसँग पनि फराकिलो मतान्तरले विजयी भएकी हुन् । 

Vianet communication

गत निर्वाचनमा पनि एमालेकी निवर्तमान उपप्रमुख गुमादेवी आचार्यले माओवादीका उम्मेदवार जगत पोखरेललाई १० हजार मतान्तरले पराजित गरेकी थिइन् । 

नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेकी अर्याल सामाजिक क्षेत्रमा पनि लामो समयदेखि क्रियाशील छन् ।

२०३६ सालको आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी अर्याल २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहँदै आएकी छन् । 

अर्याल २०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनीत भएकी थिइन् भने २०५४ सालमा निर्वाचित वडा सदस्य भएर जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

२०६२/६३ मा भएको जनआन्दोलनमा घाइतेसमेत भएकी अर्याल बुटवल महिला जेसीजबाट लेडी अफ द इयर २००८ बाट सम्मानित भएकी थिइन् । 

बुटवलमा महिला समाजसेवीको सशक्त पहिचान बनाएकी अर्यालले बाल्यकालमा विद्यालय जान नपाएका आमाहरूका लागि महिला विद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा अभियान चलाएकी थिइन् ।

उनकै अध्यक्षतामा स्थापना भएको साधना महिला विद्यालयमा अहिले पनि १५ वर्षदेखि ७० वर्ष उमेरसम्मका १ सयभन्दा बढी महिलाहरू अध्ययनरत छन् । 

शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभूषित समेत भइसकेकी छन् । 

अर्याल जीवराज आश्रित स्मृति प्रतिष्ठान र मदन आश्रित अक्षयकोषकी पनि संस्थापक सदस्य रहेर काम गर्दै आएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x