×

NMB BANK
NIC ASIA

फस्टलुकमा नवलको ‘काँडेतार’, गणतन्त्र दिवसको अवसर पारेर गरे सार्वजनिक

जेठ १५, २०७९

NTC
Premier Steels

काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।

Muktinath Bank

गणतन्त्र दिवसको अवसर पारेर आईतबार नवल खड्का निर्देशित चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक पोष्टरमा चलचित्रमा शीर्ष कलाकारहरू अभिनेताहरू नवल खड्का, गौरव पहारी, प्रशान्त यादवसँगै अभिनेत्रीहरू सुरबीना कार्की र रेबिका गुरुङलाई प्रस्तुत गरिएको छ । चलचित्रका शीर्ष चार कलाकारहरूले हातमा काँडेतार लिएको पोष्टरमा देख्न सकिन्छ । नेपाल–भारतको सीमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा यो चलचित्र निर्माण गरिएको हो । 


Advertisment
Nabil box
Kumari

नवल खड्काको कथा रहेको चलचित्रको पटकथा नवल र शिवम् अधिकारीले लेखेका हुन् । माकिको राई र अञ्जु केसी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् । चलचित्रमा मुरलीधर, रविन्द्र रञ्जन झा लगायत अन्य एक दर्जन बढी कलाकारहरूले समेत अभिनय गरेका छन् ।

Vianet communication

यो चलचित्र सार्वजनिक प्रदर्शनभन्दा अगाडि विदेशमा प्रदर्शन गरिने साथै देशका विभिन्न जिल्लामा च्यारीटी शो गर्ने निर्माण टिमको योजना छ । श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको नृत्य निर्देशन रहेको चलचित्रका गीतमा मणि थापा र दीपक शर्माको संगीत रहनेछ । चलचित्र सम्पादनको जिम्मेवारी तारा थापा ‘किम्भे’ले र बन्दे प्रसादले लिएका छन् ।

नवलले यसअघि ‘दशगजा’, ‘भीमदत्त’ जस्ता देशभक्तिले भरिएका चलचित्र बनाएका थिए । सीमानामा काँडेतार लगाउँदा मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै नगरी असल छिमेकीसँगको सद्भाव पनि कायम राख्ने ‘काँडेतार’ चलचित्रको कथासार रहेको निर्देशक एवं कलाकार नवल खड्काले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x