×

NMB BANK
NIC ASIA

बढ्याे कर

मदिरादेखि विद्युतीय सवारीसम्म महङ्गियो, कुनमा कति भन्सार ?

जेठ १५, २०७९

NTC
Premier Steels

सरकारले मदिरादेखि विद्युतीय सवारीसम्मको भन्सार दर बढाएको छ । सरकारले बढाएको भन्सार दर आजै राति १२ बजेदेखि लागू हुनेछ ।

Muktinath Bank

सरकारले विद्युतीय गाडी प्रवद्र्धन गर्ने नीति लिएपनि भन्सार दर भने बढाएको छ ।  सरकारले विद्युतीय कारमा अन्तःशुल्क थप गरेको छ । पूर्व अर्थमन्त्री युवराज खतिवडाले लगाएको अन्तःशुल्क गत वर्ष विष्णु पौडेल हटाएका थिए । तर, यो वर्ष अर्थमन्त्री जनार्दन शमाले पुनः विद्युतीय गाडीमा कर लगाउने नीति लिएका छन् । उनले १०० किलोवाटसम्मका विद्युतीय सवारीमा अन्तशुल्क लगाएका छैनन भने १० किलोवाटमाथि अन्तःशुल्क थप गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक आदेशले गरेको व्यवस्था अनुसार १०० किलोवाटदेखि २ सय सम्मको मोटर पिक अप पावरको सवारीमा ३० प्रतिशत अन्तःशुल्क लिने व्यवस्था गरिएको छ । यस्तो भन्सार दर २०० देखि ३ किलोवाटसम्मको सवारीमा ४५ प्रतिशत र ३ सय किलोवाट भन्दा माथिका सवारीमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । 


Advertisment
Nabil box
Kumari

मदिरादेखि इनर्जी ड्रिक्ससम्म बढ्यो कर

Vianet communication

सरकारले पेय पदार्थमा लाग्ने कर पनि भारी मात्रामा वृद्धी गरेको छ ।  आर्थिक आदेश मार्फत बियरमा प्रतिलिटर ३० रुपैयाँले कर बढेको छ ।

इनर्जी ड्रिग्समा प्रतिलिटर ३६ रुपैयाँबाट १४ रुपैयाँले बढाएर ५० रुपैयाँ कायम गरिएको छ । अन्य इनर्जी ड्रिग्सको हकमा १४ रुपैयाँलाई २५ रुपैयाँ बनाइएको छ । त्यसैगरी, अल्कोहलरहित बियरमा प्रतिलिटर २० रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाइएको छ ।

सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकेजी २८१ रुपैयाँबाट बढाएर ३५० रुपैयाँ बनाइएको छ भने सुर्तीरहित पान मसलामा प्रतिकेजी ८१२ रुपैयाँलाई ८२१ रुपैयाँ बनाइएको छ ।

त्यसैगरी, वाइनमा प्रतिलिटर १९८ रुपैयाँबाट बढाएर २२८ रुपैयाँ कर लाग्ने बनाइएको छ । 

ह्विस्कीमा ४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटरमा १ हजार ५९२ रुपैयाँबाट बढाएर १ हजार ७५० रुपैयाँ बनाइएको छ । 

त्यस्तै, ४२.८ प्रतिशत अल्कोहल भएको पेय पदार्थमा १ हजार १८८ रुपैयाँबाट बढाएर १ हजार ३०६ रुपैयाँ कर लाग्ने व्यवस्था गरिएको छ । 

३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा भने १ हजार १०५ रुपैयाँबाट बढाएर १ हजार २१५ रुपैयाँ कर लाग्ने व्यवस्था गरिएको छ । 

दूरसञ्चार सेवा शूल्क घट्यो, क्यासिनो रोयल्टी बढ्यो

अर्थमन्त्री शर्माले दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले घटाउने व्यवस्था गरेका छन् । यसले इन्टरनेट सेवाको शूल्क घटाउन मद्दत गर्नेछ । 

अर्थमन्त्री शर्माले ल्याएको बजेटबाट क्यासिनो रोयल्टी १ करोड रुपैयाँ बढेको  छ । यसअघि बार्षिक ४ करोड रुपैयाँ लिइँदै आएको क्यासिनो रोयल्टी अब भने ५ करोड रुपैयाँ लिइने भएको छ । मिनि क्यासिनोको यस्तो रोयल्टी पनि बार्षिक ५० लाख बढाएर १ करोड ५० लाख पुगेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x