×

NMB BANK
NIC ASIA

तारा एयरको विमान सम्पर्कविहीन

नेपाली सेनाले फेला पार्‍यो हराएको विमानकाे 'लाेकेसन'

जेठ १६, २०७९

NTC
Premier Steels

आइतवार बिहानदेखि सम्पर्क विहिन भएको तारा एयरको विमानको 'लोकेसन' पत्ता लागेको नेपाली सेनाले जानकारी दिएको छ ।

Muktinath Bank

हराएको विमानको 'लोकेसन' पत्ता लागेको  ट्वीटरमार्फत नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सेनाको टोली अहिले पत्ता लागेको 'लोकेसन'तर्फ गइरहेको समेत बताएका छन् ।


Advertisment
Nabil box
Kumari

आज  बिहानैदेखि  सेनाको हेलिकप्टर सम्भावित स्थानमा परिचालन गरिएको छ । 

Vianet communication

यस्तै सुरक्षाकर्मीको अर्को टोली पनि स्थलमार्गबाट परिचालन गरिएको छ । 

‘हराइरहेको विमान खोजीका लागि बिहान ५ बजेदेखि नै टोलीहरू खटिएका छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले लोकान्तरसँग भने ।

उनका अनुसार, अहिले खोजीकार्य जारी नै रहेको छ भने हालसम्म विमान बेपत्ता नै छ ।

सम्भावित स्थानहरूमा मौसमको  प्रतिकुल अवस्थाका कारण खोजी कार्यमा केही समस्या आइरहेको समेत उनले बताए । 

‘अहिले बेसीमा चाहिँ मौसम खुलेको छ, माथि माथि भने मौसम खुलेको अवस्था छैन,’ महाप्रबन्धक ठाकुरले भने,‘टोलीहरू माथि पुग्ने क्रममै रहेका छन् ।’

आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको आकाशबाट वेपत्ता भएको थियो । 

सुरक्षाकर्मीको टोलीले विमान मुस्ताङको टिटी क्षेत्रमा बेपत्ता भएको हुनसक्ने भन्दै सो क्षेत्रलाई केन्द्र बनाएर खोजी कार्य जारी राखेको छ । 

आइतवार दिनभर खोजी चलेपनि विमान फेला पर्न सकेको थिएन । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य गरी २२ जना सवार थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x