×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

पेट्रोल बेच्दा निगमलाई प्रतिलिटर ३१ रुपैयाँ ४१ पैसा घाटा

जेठ २०, २०७९

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँ झैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेपछि निगमले निरन्तर मूल्य वृद्धि गर्दै आएको थियो । तर,  अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न आग्रह गरेअनुसार निगम संचालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 

Muktinath Bank

निर्णयअनुसार  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू भएको छ । निगमको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पर्ने भएको छ । पेट्रोलको मूल्य घट्दा निगमको घाटा भने बढेको देखाइएको छ । पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ ४१ पैसा घाटा हुने निगमको भनाइ छ । यस्तै डिजेलको ८८ रुपैयाँ ३३ पैसा घाटा हुँदा ग्यासमा ७५१.१४ रुपैयाँ घाटा हुने भएको छ । हवाइ इन्धन र मट्टीतेल बेच्दा भने निगमलाई फाइदा छ । 
००००
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले निर्मला पन्त हत्या घटनाको अनुसन्धान आफ्नो पहिलो प्राथमिकता भएका बताएका छन् ।
आईजीपीमा नियुक्त भएको १ महिना पुगेपछि पहिलो पटक बिहीवार पत्रकार सम्मेलन गरी सिंहले निर्मला हत्याको अनुसन्धान जारी रहेको बताएका हुन् । तत्कालीन आईजीपीले ल्याएका राम्रा कार्यलाई प्रभावकारीका साथ अघि बढाउने प्रतिबद्धता उनले जनाएका छन् ।
००००
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
००००
अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखरा सदर गरेको छ ।
बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शाहलाई जिल्ला अदालतले थुनामा पठाएको थियो । त्यसविरुद्ध शाह उच्च अदालत गएका थिए ।
उच्च अदालतका न्यायाधीश उज्जवल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाकै आदेशलाई सदर गरेपछि उनले थुनामै बस्नुपर्ने भएको छ ।
००००
सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि देशैभरका ७५३ स्थानीय तहलाई ३ खर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारले ६ महानगरपालिकाका लागि १० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारले आगामी आवका लागि विनियोजन गरेको बजेट देशभरका ११ उपमहानगरपालिकाका लागि १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस्तो बजेट नगरपालिकाका लागि १ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ छ । 
स्थानीय तहमा पठाएको बजेट देशैभरका गाउँपालिकाका लागि १ खर्ब ४६ अर्ब १७ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरणमा उल्लेख छ । 
स्थानीय तहमा पठाएको बजेटमा १ खर्ब समानीकरण अनुदान रहेको छ । यस्तो बजेटमा १ खर्ब ८३ अर्ब रुपैयाँ सशर्त अनुदान र ९ अर्ब रुपैयाँ विशेष अनुदान छ ।
००००
कोरोना भाइरसको संक्रमण १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार ५९५ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा मात्र संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०१ जना रहेका छन् । विगत २४ घण्टामा ८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । कोरोना निको हुनेको संख्या ९ लाख ६७ हजार ११० पुगेको छ ।
०००००
यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम उडान १ हप्ताका लागि स्थगित भएको जनाएको छ ।
एयरलाइन्सले बिहीवार एक विज्ञप्ति जारी गरी शुक्रवार जेठ २० गतेदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो । 
यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एयरले विशेष कारणबश पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
००००
स्थानीय तहको चुनावपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थपिन थालेको छ । निक्षेपमा लगातार सकारात्मक वृद्धि भइरहे अर्थतन्त्रको संकट टर्ने अपेक्षा छ । बैंकहरूमा चालू आवको शुरूआतदेखि नै देखिएको तरलता अभावमा पनि सुधार हुने अपेक्षा गर्न थालिएको छ । 
नेपाल राष्ट्र बैंकका अनुसार ३० वैशाखको स्थानीय तह चुनावपछि १७ जेठसम्ममा बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ तरलता थपिएको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल भन्छन्, ‘चुनावपछिको १७ दिनमा बैंकहरूमा थपिएको निक्षेप वैशाख मसान्तसम्मको तुलनामा सकारात्मक रूपमै बढेको देखिएको छ । यो अवधिमा कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले घट्न पुगेको छ ।’
००००
त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा डा कुसुम शाक्यका अनुसार हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गरिनेछ । 
मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोर्होयाएको थियो ।
००००
प्रतिकूल मौसमका कारण यही जेठ १५ गते आइतबार तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका सात जनाको बिहीबार अन्त्येष्टि गरिएको छ । 
आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी एकै परिवारका सात जना धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो । उनीह?सहित २२ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । 
००००
राजा वीरेन्द्र शाहको २१औँ स्मृतिसभा गरिएको छ । वीरेन्द्र शान्ति प्रतिष्ठानले बिहीबार आयोजना गरेको स्मृतिसभामा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा उनले मुलुकको विकासमा र्पुयाएको योगदानबारे समीक्षा गरिएको थियो ।
जागरण सञ्चारगृहका अध्यक्ष रञ्जित धमलाले प्रजातन्त्रका पक्षधर राजा वीरेन्द्रको शासनकालमा मुलुकलाई शान्ति क्षेत्र घोषणा गर्न गरिएका प्रस्ताव, जनमत सङ्ग्रह, प्रजातन्त्र पुनःबहाली जस्ता कार्यले उहाँ दूरदर्शी कूटनीतिज्ञ र विकासप्रेमी भएको विचार व्यक्त गरे ।
००००


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले महंगी र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
जनजीविकाका सवालमा आन्दोलन गर्न बुद्धिमान तामाङको संयोजकत्वमा परिचालन समिति गठन गरिएको छ । समितिमा धवलशमशेर राणा, कुन्तीकुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाही सदस्य रहेका छन् ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा बिहीवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए । ‘अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फैलाइरहेका छन्,’ उनले भने, ‘हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौं ।’
००००
पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा बाँकेको नेपालगञ्जस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ ।  
बिहीवार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो । सो क्रममा प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले आफूखुसी वीरेन्द्रको शालिक ल्याएर राख्न खोज्न तनाव सृजना भएको बताए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x