×

NMB BANK
NIC ASIA

पुनर्निर्माणको गति

पूरै निर्माण कार्य नसकिँदै दशैंसम्ममा धरहरा खोल्ने तयारी [भिडियो रिपोर्ट]

जेठ २१, २०७९

NTC
Premier Steels

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करीब १३ महिनाअघि निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माणको काम अझै २० प्रतिशत बाँकी रहेको छ ।

Muktinath Bank

धरहराको स्तम्भ ठडिए पनि समग्र भौतिक प्रगति ७५ प्रतिशतमा सीमित छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रिपल बेसमेन्ट, ३ तलाको पार्किङ स्पेस, अगाडि पट्टिको भागमा हरियाली, उत्तरपट्टिको क्षेत्रमा संग्रहालय बनाउने लगायत काम निकै सुस्त गतिमा भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

मुख्य स्तम्भको फिनिसिङको काम पनि अझै बाँकी छ । समग्र भौतिक प्रगति ७५ प्रतिशत र खर्च ६२ प्रतिशत भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का कायममुकायम निर्देशक कोषनाथ अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

Vianet communication

जीआईईटीसी एन्ड रमन जेभीले ३ अर्ब ४९ करोडमा निर्माण सम्पन्न गर्ने गरी धरहराको ठेक्का पाएको थियो ।

विभिन्न कारणले गर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको अधिकारीको भनाइ छ ।

‘हुलाक कार्यालयको जग्गा प्राप्ति, सञ्चय कोषसँग जग्गा सट्टापट्टा आदि कामले समय लिएको तथा कोरोना महामारी र भर्खरै सम्पन्न भएको स्थानीय चुनावले काम प्रभावित भएकाले ढिलाइ भएको हो,’ उनले भने ।

पहिले धरहरा पुनर्निर्माणको काम जम्मा ५ रोपनी क्षेत्रफलमा गर्ने भनेर अगाडि बढेकोमा अहिले धेरै कुरा विस्तार भएर ४२ रोपनी क्षेत्रफलमा विस्तार भएको कायममुकायम निर्देशक अधिकारीले जानकारी दिए ।

अधिकारीले अब धरहरा पट्टिको भागलाई मात्र फिनिसिङ गरेर आगामी दशैंसम्ममा सर्वसाधारणका लागि खुला गर्ने योजना रहेको जानकारी दिए । ‘अरु मिन्ट म्युजियमको निर्माण कार्य हुँदै गर्छ तर धरहरा मात्र भए पनि सञ्चालनमा ल्याउने गरी काम अगाडि बढ्दैछ,’ उनले भने ।

धरहराबाहेक थप २२ रोपनीमा मिन्ट म्युजियमको निर्माण कार्य भइरहेको छ । जुन सडकभन्दा पारिपट्टिको भाग हो । त्यसलाई धेरै ढिला गरी उपलब्ध गराइएको अधिकारीको दाबी छ । म्युजियमको निर्माण लागत लगभग ७५ करोड रुपैयाँको रहेको उनले लोकान्तरसँगको कुराकानीमा बताए । संग्रहालयको भागलाई अहिले थाती राखेर धरहराको भाग मात्र खोल्ने योजना रहेको जानकारी अधिकारीले दिए । ‘ल्यान्ड स्केपिङ, युटिलिटी, सुन्धारा, चमेना गृह र भीमसेन स्तम्भको भागलाई केमिकल ट्रिटमेन्ट गरेर जस्ताको तस्तै राख्न सकिने गरी ओपन म्युजियमको अवधारणाले अगाडि बढ्ने योजना छ,’ उनले भने ।

‘मिन्ट म्युजियमको भागमा भने स्पेरिकल सेपमा ढलान गर्नुपर्नेछ, त्यसका लागि १–१ मिटरको हाइटमा स्टिलको फर्मालाई फेब्रिक्रेट गर्दै लैजानुपर्ने भएकाले बनाउन अलिक सहज भने छैन तर त्यो काम पनि अगाडि बढिरहेको छ,’ अधिकारीले भने, ‘सँगै डबल बेसमेन्ट, ट्रिपल बेसमेन्टको फ्लोरिङ छ, त्यो भागको वाटर प्रुफिङको काम पनि शुरू गरेका छौं । यसरी योसँगै अन्य कामहरू पनि अगाडि बढिरहेको छ । जस्तैः परम्परागत छाना राख्ने काम, धारा निर्माण गर्ने काम अगाडि बढिरहेको छ ।’ 

आगामी असोजसम्म सर्वसाधारणलाई धरहरामा चढाउने योजना बुनेको बताउँदै अधिकारीले त्यसै अनुसार निर्माण व्यवसायीलाई जानकारी गराइसकेको बताए ।

अहिलेसम्म धरहरापट्टिको मात्र ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको र मिन्ट म्युजियमपट्टिको ४५ प्रतिशत काम सम्पन्न भएको अधिकारीले बताए ।

धरहरा काठमाडौं महानगरपालिकाभित्र पर्ने भएकाले निर्माण कार्य सकिएपश्चात व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाले लिनसक्ने उनले बताए । ‘तर यो मन्त्रालयले निर्णय लिने विषय हो,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x