×

NMB BANK
NIC ASIA

मन्त्री हेरफेरको प्रयास

मन्त्री फेर्ने असफल प्रयासको भित्री कथा : निर्णय कसरी भयो, अनि किन उल्टियो ?

जेठ २३, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीले एक्कासि गरेको मन्त्री फिर्ता बोलाउने निर्णय उसैगरी रोकिएको छ ।

Muktinath Bank

एकीकृत समाजवादीको सचिवालय बैठकले दिउँसो बैठक बसेर पार्टीको तर्फबाट संघीय सरकारमा मन्त्री बनेका पाँचै जनालाई फिर्ता बोलाउने निर्णय गरेर नयाँ मन्त्रीको नाम सिफारिश गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउँदैछ भन्ने कुरा मन्त्रीहरूले संकेत पनि पाएका थिएनन् । 


Advertisment
Nabil box
Kumari

आइतवार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना पार्टीका मन्त्री हेरफेर गर्न लागेको जानकारी गराएका थिए । देउवाले पनि नेपालको प्रस्तावमा सहमति जनाएको एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले बताए । 

Vianet communication

‘आइतवार बिहान प्रधानमन्त्रीलाई भेटेर अध्यक्षले मन्त्री फेर्नेबारे जानकारी गराउनुभएको थियो । त्यसबेला प्रधानमन्त्रीले सहमति व्यक्त गर्नुभएको थियो । त्यही आधारमा सचिवालयले निर्णय गरेको थियो’, ती स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने । 

एकीकृत समाजवादीले सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्रीमा बढुवा गर्ने र अन्य नयाँ मन्त्रीको जिम्मेवारीमा जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम, मेटमणि चौधरीलाई शहरी विकास र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा सिफारिश गरिएको थियो ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवा आइतवार बिहानको सहमतिबाट ब्याक भएपछि एकीकृत समाजवादीबाट सिफारिश भएका मन्त्रीहरूले बधाई खाइरहे तर, शपथ भने खान पाएनन् ।

पार्टीले मन्त्रीको जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको थाहा पाएपछि पर्यटन मन्त्री प्रेम आलेले सबैभन्दा पहिले पार्टी अध्यक्ष माधव नेपाललाई पार्टी कार्यालयमै भेटेका थिए । त्यसबेलासम्म नेपालले बालुवाटार पुगेर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेका थिए । 

पार्टी कार्यालयमा महासचिव डा. बेदुराम भुसालसहित आलेसँग संवाद गरेका नेपालले यसअघि ६ महिनाका लागि मात्रै भनेर मन्त्रीको जिम्मेवारी दिइएको स्मरण गराएका थिए । तर, आलेले भने अहिल्यै मन्त्रीबाट फिर्ता नहुने जिकिर दोहोर्‍याएका थिए । स्वास्थ्य मन्त्री विरोध खतिवडाले पनि आइतवार नै पार्टी अध्यक्ष नेपाललाई भेटेर मन्त्रीबाट फिर्ता बोलाउने निर्णयबारे असन्तुष्टि राखेका थिए । 

नेपाललाई भेटेलगत्तै आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको थाहा पाएको एकीकृत समाजवादीकै एक नेताले जानकारी दिए । 

त्यसलगत्तै, उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेको जानकारी आफूहरूले पाएको एकीकृत समाजवादीका नेता बताउँछन् । 

‘हाम्रा केही मन्त्रीबाट गैरराजनीतिक चरित्र प्रस्तुत भएको पाइयो । आफ्नो पार्टीको  निर्णयको विषयलाई लिएर अन्य पार्टीको सहयोग गर्ने प्रवृत्ति राजनीतिक चरित्र भएन’, ती नेताले भने ।

एकीकृत समाजवादीले फिर्ता बोलाएका मन्त्रीले प्रधानमन्त्रीलाई भेटेर संसद्मा बजेटमाथि छलफल भइरहेको र बजेटमा उठेका प्रश्नमा मन्त्रीलाई जवाफ दिने अवसर नै नदिई फिर्ता बोलाउँदा अपमान महशुस भएको गुनासो गरेका थिए ।

मन्त्री प्रेम आले र प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बन्धले पनि एकीकृत समाजवादीको मन्त्री फिर्ता बोलाउने निर्णय अलपत्र परेको हो । 

गत असार २८ मा संसद् पुनःस्थापना हुनुअघि नै आलेले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्री बनाउन सहयोग गर्ने र त्यसबापत आफूलाई मन्त्री बनाउनुपर्ने बार्गेनिङ गरेका थिए । आफूले एमालेबाट ८ जना सांसदलाई देउवाको पक्षमा मत हाल्न लगाउने भन्दै आलेले मन्त्री पद मागेका थिए ।

एमालेमा शुरूमा माधव नेपाल गुटमै रहेका आले मन्त्री पाइने भएपछि गुट परिवर्तन गरेर ओली समूहमा पुगेका थिए ।

ओलीले आलेलाई वनमन्त्री बनाए तर, उनलाई थाहै नदिई तीन महिनामै हटाइदिए । त्यसपछि ओलीसँग आले बिच्किएका थिए । 

भदौमा एमाले विभाजन भएर एकीकृत समाजवादी बन्यो । आलेले एकीकृत समाजवादीमा आउनका लागि मन्त्री पदकै बार्गेनिङ गरेका थिए ।

एकीकृत समाजवादीले फिर्ता बोलाएका मन्त्रीहरूसँगको भेटपछि प्रधानमन्त्री देउवा माधव नेपालसँगको सहमतिबाट ब्याक भए र नेपालले दिएको नयाँ मन्त्रीको नाम शीतल निवास नपठाएर रोकिदिए ।

आफ्ना मन्त्रीहरूका दौडधूप थाहा पाएका माधव नेपालले सोमवार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए । नेपालले मन्त्री फिर्ता गराउन प्रचण्डको सहयोग चाहेका थिए तर, प्रधानमन्त्री देउवाले संसदबाट बजेट पारित नहुँदासम्म मन्त्रिपरिषद हेरफेर नहुने भनिदिएको एकीकृत समाजवादीका एक नेताले बताए । त्यति मात्रै होइन, देउवाले पार्टीभित्रको विवाद सुल्झाएर आउन समेत नेपाललाई सल्लाह दिएको थाहा भएको समाजवादीका ती नेताले बताए ।


बालुवाटारमा तीन नेताको भेटपछि अध्यक्ष नेपालले मन्त्रीहरूलाई अहिलेका लागि जिम्मेवारी यथावत रहने भनेको मन्त्रीहरूले बताएका छन् । 

मन्त्रीको सिफारिशमा परेका एकीकृत समाजवादीका एक नेताले भने, ‘प्रधानमन्त्रीले अन्य साना दललाई पनि सरकारमा समेट्ने प्रयास भएकाले एकैपटक मन्त्रिपरिषद् हेरफेर गरौं भन्ने प्रस्ताव गर्नुभएछ । तर, अध्यक्षले पार्टीको निर्णय हो कार्यान्वयन गर्नुहोस् भनेर आउनुभएको छ । निर्णय चाँडै कार्यान्वयन हुन्छ ।’

मन्त्रीको शपथका लागि तम्तयार रहेका जीवनराम श्रेष्ठले भने प्राविधिक कारणले शपथ रोकिएको बताए । ‘प्राविधिक कारणले मन्त्रीको शपथ रोकिएको हो । चाँडै शपथग्रहण होला भन्ने अपेक्षा गरेका छौं’, श्रेष्ठले भने । 

‘प्राविधिक’ कारणबारे सोध्दा श्रेष्ठले त्यो कारण पार्टी अध्यक्ष नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनाललाई थाहा भएको बताए ।

मन्त्रीमा सिफारिश भएका अर्का नेता शेरबहादुर कुँवरले भने शपथ ग्रहणको प्रतिक्षामा रहेको र अहिले किन रोकियो भन्ने कारण आफूले थाहा नपाएको प्रतिक्रिया दिए ।

आफ्नो पार्टीको निर्णय कार्यान्वयनमा प्रधानमन्त्रीले अनिच्छा देखाएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि भने नैतिक प्रश्न खडा भएको छ ।

एकीकृत समाजवादीका एक स्थायी समिति सदस्य भन्छन्, ‘पार्टीले निर्णय गरेर गएपछि प्रधानमन्त्रीले विभिन्न कारण देखाएर निर्णय रोकिदिनु जायज होइन । पार्टीले तत्काल निर्णय कार्यान्वयन गराउनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x