कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् ।
पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निर्माणको शिलान्यास गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरूलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे ।
‘६ महिनाको लागि हामीलाई तोकिएको थियो । हामीले त आठ महिना खान पायौँ । दुई महिना त ग्रेस पाइसक्यौं,’ उनले भने, ‘अरू साथीहरूलाई मौका दिने तपाईं (माधव नेपाल)को इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो । तर, हाम्रै पार्टीभित्रका केही चिप्ले चोरहरू/चिप्ले कीराहरू आलेले धेरै चलखेल गर्यो भनेर इन्टरभ्यू दिइरहेका छन् ।’
मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको विरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडाध्यक्षको पनि साथ रहने विश्वास व्यक्त गरे ।
उनले देश/विदेशमा रहेका हिन्दू धर्मावलम्वीहरुले पशुपति क्षेत्रमा पूजा आराधना गर्न आउँदा सस्तो सुलभमा बस्न/खान पाउने व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएको उल्लेख गर्दै बतास समूहलाई पशुपतिको धर्मशाला कौडीको भाउमा दिन नसक्ने बताए ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...