×

NMB BANK
NIC ASIA

भीम रावलको प्रश्न : प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ कि पर्दैन ?

जेठ ३०, २०७९

NTC
फाइल फोटो
Premier Steels

प्रतिपक्षी दल नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी दिनुपर्ने बताएका छन् ।

Muktinath Bank

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई जानकारी गराउन समेत माग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिले उल्लंघन गरेको आरोप उनले लगाए । डा. रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेकोप्रति आपत्ति जनाए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री पनि छलफलका लागि आउनुपर्ने माग राखे ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भीर रहेको उनले बताए ।

Vianet communication

उनले भने, ‘नेपालको परराष्ट्र नीतिलाई असंलग्न र स्वतन्त्र बनाउने भनेर जो लेखेका थियौं तर त्यो अहिले सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको देखिन थालेको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुने के भनेको हो यो ? कसको भरपर्दो स्थल सेना भन्न खोजेको ? स्थल सेनाको ग्रूपमा काम गर भन्न खोजेको हो । यसले के आंशका उत्पन्न गरेको छ भने स्टेड पाटर्नरसिप कार्यक्रम राज्य साझेदारी कार्यक्रम भनेर अमेरिकाले चलाएको छ । त्यसको भित्रबाट नेपाल अंग भइसक्या हो कि ? आंशका उत्पन्न हुन्छ । यस्तो बेलामा प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने कुरा आएको छ । प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे समितिलाई जानकारी गराउनुपर्छ । परराष्ट्रमन्त्री प्रधानमन्त्रीसँगै आउनुपर्‍यो । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा छलफल हुँदा समितिमा परराष्ट्र मन्त्रीले आउँदिनँ भन्ने हुन्छ ? २ देशको बीचका भ्रमण भइरहने कुरा सामान्य कुरा हो । यो भ्रमण आदानप्रदान कस्ले गर्छ । हाम्रो परराष्ट्र मन्त्रालय छ तर परराष्ट्र मन्त्रालयमा कुनै जानकारी आउँदैन । नेपालका राजदूत अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गएर कुराकानी गर्नुहुन्छ । अमेरिकाका जर्नेल नेपाल भ्रमण गर्नुहुन्छ । नेपाली सेनाका प्रधानसेनापति अमेरिका भ्रमण गर्ने कुरा आउँछ र २ देशका सेना र रक्षा मन्त्रालयको बीचमा सबै चाजोपाँजो मिलाइएको जस्तो सम्पूर्ण घटनाक्रमहरूले देखाएको छ । यो एकदमै आपत्तिजनक कुरा हो । सत्तापक्षकै सांसदले अमेरिकी भ्रमण गर्नुहुन्न भन्नुभएको छ ।’

डा. रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको बताए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि आरोप लगाए । प्रधानमन्त्री पत्नी आरजु अहिले स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर परामर्शकै लागि भारत गएको रावलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x