×

NMB BANK
NIC ASIA

न्यायालयको घुसकाण्ड

वकालत पेशालाई बदनाम गराउने रुद्र पोखरेल जसले न्यायाधीशलाई घुसको प्रस्ताव गर्दै हिँडे

असार ८, २०७९

NTC
Premier Steels

न्यायाधीश र वकिलबीच घुस लेनदेनका लागि भएको 'डील'को अडियो सार्वजनिक भएपछि न्याय क्षेत्र तरंगित बनेको छ ।

Muktinath Bank

सहकारीका नाममा सर्वसाधारणको अर्बौं पैसा हिनामिना गरेको आरोपमा थुनामा रहेका इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न अधिवक्ता रुद्रप्रासद पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई २ करोड घुस अफर गर्दै गरेको अडियो सार्वजनिक भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिवक्ता पोखरेलले घुस अफर गरेको र न्यायाधीश कोइरालाले स्वीकारेको अडियोमा प्रस्टै सुन्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

राजनीतिक नेतृत्वको आडमा न्यायालयमा सेटिङ मिलाउने र घुसको बार्गेनिङ गर्ने गरेको आरोप पोखरेलमाथि लाग्दै आएको थियो ।

Vianet communication

प्रधानन्यायाधीशसम्मै ‘सेटिङ’ मिलाएर मुद्दा मिलाउने भन्ने उनको संवादले विगतमा पनि उनी यस्तै धन्दामा संलग्न भएको पुष्टि हुने नेपाल बारका एक पूर्व पदाधिकारी बताउँछन् ।

मुद्दा मिलाउन भन्दै न्यायाधीशसँग घुसको सेटिङ गरेको यो अडियो दुर्लभ हो । एक दशकअघि यस्तै अडियो सार्वजनिक भएपछि न्यायालयमा हंगामा भएको थियो ।

नेपाल बार एसोसिएसनमा कोषाध्यक्ष पदमा समेत बहाल रहेका बेला २०७८ पुसमा १२ गते अधिवक्ता पोखरेलले मुद्दाको सेटिङका लागि मुद्दा हेरिरहेका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग १० मिनेट जति गरेको फोन संवादको अडियो सार्वजनिक भएको हो । न्युज २४ टेलिभिजनले मंगलवार बेलुका उक्त अडियो सार्वजनिक गरेको हो ।

खुल्लमखुल्ला घुसको प्रस्ताव

प्रतिवादी इच्छाराज तामाङलाई १० करोड धरौटी लिएर छाडिदिनका लागि अधिवक्ता पोखरेलले २ करोड रुपैयाँ घुस लिएर बाँडफाँड गर्ने प्रस्ताव गरेका छन् ।

शुरूमा न्यायाधीश कोइराला मिडियामा समाचार आउने, नाराजुलुस हुने र आफ्नो जागिर पनि जाने भन्दै डराएका थिए । तर कुराकानी हुँदै जाँदा उनले पनि प्रस्ताव स्वीकारेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट १ नम्बर इजलासका न्यायाधीश राजुकुमार खतिवडा र उनीसहित दुवै जनालाई खबर गर्न लगाइदिने, माथि सबै मिलाइदिने भनेपछि न्यायाधीश कोइरालाले पनि घुस लिन स्वीकार गरेको देखिन्छ ।

५० करोड धरौटी लिएर छाड्ने बताइरहेका न्यायाधीश कोइराला पछि १० करोड धरौटी लिएर छाड्न सहमत हुन्छन् ।

न्यायाधीश कोइरालालाई सहमत गराउनका लागि अधिवक्ता पोखरेलले विभिन्न आधार पनि पेश पनि गरेका छन् ।

सहकारी ऐनबमोजिमको कसुर स्थापित गरेर अभियोगपत्र ल्याएको भए अप्ठ्यारो हुने थियो । अभियोगपत्र नै फितलो बनाएर ल्याएका कारण ठगी नठहरिने आधार उनले प्रस्तुत गर्नुका साथै माथि भनाउँछु, सामान पनि आफैं लिन्छु, आफैँ डाइरेक्ट डील गर्छु, बाहिर अन्त कतै एक्स्पोज हुन दिन्न भनेर पूर्ण विश्वास दिलाएपछि न्यायाधीश कोइराला पनि सहमत हुन्छन् । त्यति मात्र होइन, जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत र सर्वोच्च अदालतबाट पनि सदर गराउनेसम्मको विश्वास पोखरेलले दिलाएका छन् । यति विश्वास दिलाएपछि न्यायाधीश कोइरालाले पनि स्वीकारेको देखिन्छ ।

तर २०७८ पुस १४ गते न्यायाधीश कोइरालाले आदेश गर्दा भने घुस लेनदेनको डीलविपरीत थुनामा पठाउने आदेश गरेका थिए ।

तामाङ र अर्को प्रतिवादी केशवलाल श्रेष्ठलाई थुनामा पठाउने र अन्यलाई धरौटी तारेखमा राख्ने आदेश गरेका थिए । डील किन र कसरी भंग भयो खुल्न बाँकी छ ।

न्यायालयमा हुने भ्रष्टाचारमा वकिलहरू नै विचौलिया हुने गरेको कुरा सर्वोच्चका न्यायाधीशले बनाएको प्रतिवेदनमा नै उल्लेख छ ।

उक्त संवाद सुनेका एक वरिष्ठ अधिवक्ता न्यायालयमा हुने घुस तथा सेटिङको स्ट्रक्चर नै सार्वजनिक भएको बताउँछन् ।

प्रधानन्यायाधीशबाट जिल्ला अदालतको १ नम्बर न्यायाधीशलाई भन्न लगाउने, त्यसपछि १ नम्बर न्यायाधीशले मुद्दा हेर्ने न्यायाधीशलाई भन्न लगाउने गरेको देखिएको छ ।

'कुनै पनि मुद्दामा सेटिङ गर्दा माथिदेखि नै मिलाएर तलसम्म जाने गरेको कुरा पनि उक्त अडियो डिलबाट पुष्टि हुन्छ,' ती वरिष्ठ अधिवक्ताले लोकान्तरसँग भने, 'माथिदेखि तलसम्मका न्यायाधीशहरूसम्म सजिलै पहुँच भएको, सेटिङ गर्नु सामान्य चिज रहेको जस्तो उक्त संवादबाट देखिन्छ ।'

न्यायालयमा घुस बढेको, न्याय किनबेच हुने गरेको, पहिलेदेखि नै लाग्ने गरेको आरोप अडियो सार्वजनिक भएपछि पुष्टि भएको उनले बताए ।

'यो अत्यन्त गम्भीर विषय हो । न्याय परिषद बैठक बसेर न्यायाधीशलाई तत्काल बर्खास्त गर्नुपर्छ,' उनले लोकान्तरसँग भने, 'त्यसपछि विस्तृत छानबिन गर्दै तलदेखि माथिसम्मका जुन–जुन न्यायाधीशलाई मुछिएको छ, ती सबैमाथि कारवाही प्रक्रिया अगाडि बढाउनुपर्छ ।'

न्यायाधीशलाई बर्खास्त गरिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायाधीश र वकिल समेतलाई प्रतिवादी बनाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गर्नुपर्ने उनले बताए ।

पोखरेल कोषाध्यक्ष रहेकै बेला नेपाल बारमा उनीसँगै काम गरेका पदाधिकारी पनि उनको विगतको छवि राम्रो नभएको बताउँछन् ।

'प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भ्रष्टाचारको नाइके भन्दै नेपाल बारले आन्दोलन गरिरहेका बेला कोषाध्यक्ष भए पनि पोखरेलले राणाको बचाउमा फरक विचार प्रस्तुत गर्नु पछाडिको कारण अहिले बल्ल बुझियो,' उनले लोकान्तरसँग भने, 'अहिले सार्वजनिक भएको उक्त घटनाजस्तै अन्य मुद्दामा पनि प्रधानन्यायाधीशसम्मको सेटिङमा मिलाउँदारहेछन् । करोडौंको लेनदेन गर्ने गरेका कारण बारको आन्दोलनविपरीत उनले राणाको बचाउ गरिरहेका थिए ।'

को हुन् रुद्र पोखरेल ?

घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेल झापाको गौरादहका स्थायी बासिन्दा हुन् । २०५३ जेठ ८ गते लिएको उनको लाइसेन्सको नम्बर ५४५६ हो ।

२०७६ देखि २०७९ सम्म नेपाल बार एसोसिएसनको कोषाध्यक्ष रहेका उनी २०७० देखि २०७३ सम्म उच्च अदालत पाटन बार एसोसिएसनका अध्यक्ष थिए ।

खासगरी उनले कर्पोरेट क्षेत्रका मुद्दाहरूमा बहस गर्ने गरेका थिए ।

नेकपा एमालेको कानून विभागको सदस्य समेत रहेका पोखरेल अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेको कानून व्यवसायीहरू बताउँछन् ।

ओलीकै साथका कारण उनी पाटन बारको अध्यक्ष र नेपाल बारको कोषाध्यक्षसम्म बनेको चर्चा हुने गर्छ ।

पाटन बारको अध्यक्ष हुँदा समेत मुद्दामा सेटिङ गरेको कुरा चर्चा हुने गरेको र बाहिर सार्वजनिक भने नभएको एक वरिष्ठ अधिवक्ताले बताए ।

'बारको नेतृत्व गर्ने पदमा पुगेर पदको दुरुपयोग गर्दै न्यायाधीशहरूसम्म पहुँच बढाउने र मुद्दाको सेटिङ गर्ने गरेको कुरा अहिले पुष्टि नै भइसक्यो,' उनले लोकान्तरसँग भने, 'घुस लेनदेनमा वकिल नै मुख्य बिचौलिया रहेको आरोपलाई पनि यो प्रकरणले पुष्टि गरिदिएको छ ।'

पोखरेलको विषयमा नेपाल बार काउन्सिलको बैठक बसेर तत्काल स्पष्टीकरण सोधी आवश्यक कारवाही अगाडि बढाउनुपर्ने उनले बताए ।

यस विषयमा प्रतिक्रिया लिन निकै प्रयास गर्दा पनि पोखरेलसँग सम्पर्क हुन सकेन ।

अडियो सुन्न यहाँ क्लिक गर्नुहोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x