×

NMB BANK
NIC ASIA

राज्यमन्त्री वलीको घटनाबारे छानबिन गर्ने टोली तुलसीपुरमा, एकराजको परिवारसँग छलफल गर्दै

असार ८, २०७९

NTC
Premier Steels

दाङस्थित प्रेमीको घरमा पसेर उनकी पत्नी र छोरीमाथि कुटपिटमा उत्रिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीको घटनाका विषयमा छानबिन गर्न बनेको टोली तुलसीपुर पुगेको छ ।

Muktinath Bank

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्ती, मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सहितको टोली गएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका सदस्य मन्त्री शर्माले बुधवार र बिहीवार घटनाबारे बुझेर टोली बुटवल फर्किने बताए । ‘अहिले हामीले केही भन्ने कुरा हुँदैन, हामी दाङमै छौं । छानबिन गरेपछि प्रतिवेदन सार्वजनिक गर्छाैं,’ शर्माले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

टोलीले प्रहरी र एकराजको परिवारसँग पनि बुधवारै छलफल गर्ने बताइएको छ तर त्योबारे मन्त्री शर्माले खुलाउन चाहेनन् । 

Vianet communication

विमला यसअघि पनि विवादमा आइरहेकै व्यक्ति हुन् । जेठ ३१ गते सरकारी झण्डावाल गाडीमा निजी सुरक्षा अधिकारी (पीएसओ) सहित सर्वसाधारणको घरमा घुसेर राज्यमन्त्री वलीले कुटपिट गर्नु अस्वाभाविक थियो ।

राज्यमन्त्री वलीले एकराजको घर तुलसीपुर–५ मा बिहानै गएर ‘मेरो एकराज खै’ भन्दै उनीकी पत्नी मीना भण्डारी र उनकी ६ वर्षकी छोरीलाई कुटपिट गरेको आरोप छ । कुटपिट घटनापछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ गरेपछि वलीलाई मुख्यमन्त्री कूलप्रसाद केसीको दबाबमा राति बुटवल ल्याएको थियो । वली बिरामी भएको भन्दै राती नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी थिइन् । 

सरकारले बजेट पारित गर्नुपर्ने बेला भएकाले छिटो प्रतिवेदन तयार पार्नतर्फ छानबिन समितिको टोली लागिरहेको छ । एकराज वाइसीएल नेता हुन् । उनीसँग आफ्नो आर्थिक लेनदेन भएको भन्दै घरमा गएको वलीले बताएकी थिइन् ।

एकराजले आफ्नो लाखौं रकम सापटी लिएको र हालसम्म नदिएको भन्दै त्यो रकमका विषयमा बुझ्न घर गएको विमलाले बताएकी छन् । घरमा जाँदा एकराज नभेटिएको र घरमा रहेकी पत्नीसँग हात हालाहालको अवस्था भएको थियो । 

एकराजकी पत्नी मीना भण्डारीले आफूमाथि हातपात गरेको भनी आरोप लगाएकी थिइन् । उनले अभद्र व्यवहारमा प्रहरीसमक्ष जाहेरी पनि दिएकी छन् ।

प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न मन्त्री शर्माको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x