फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।"
उनको लक्ष्य मगध साम्राज्यबाट नन्दवंशको अत्याचारी शासनलाई अन्त्य गरी सुशासन कायम गर्नु थियो। आचार्य चाणक्यले आफ्नो अभूतपूर्व योग्यताले बालक चन्द्रगुप्त मौर्यलाई शासकीय क्षमतायुक्त तुल्याई मगधको सम्राट बनाए र आधुनिक भारत वर्षको इतिहासलाई नयाँ युगमा प्रवेश गराए।
उनलाई "कृष्ण"पछिको "महामानव" समेत मानिन्छ । उनको प्रथम "टार्गेट" शासक बदल्ने थियो । हाम्रो निशाना शासनशैली बदल्ने हो । अब कसैलाई राजा बनाउनु त छैन, शासक बनाउनु पनि छैन ।
चाणक्य र हाम्रो तत्कालीन पहिलो प्राथमिकता समान थियो, शासक बदल्ने अर्थात् प्रणाली फेर्ने । र, अबको मुख्य निशाना पनि उही छ, देशलाई विकसित तुल्याई जनतालाई सुखी बनाउने ।
युग र भूगोल फरक भएपनि राजनीति त उस्तै हो नि ! उनले अर्को एक ठाउँमा भनेका छन् , "राजनीतिको सम्बन्ध आफ्नो राज्यको समृद्धि बढाउनुसँग हुन्छ ।" यतिबेला भने आखिर नेपालको राजनीति चाहिँ के हो त भन्ने गम्भीर प्रश्न उठेको छ र विमर्श शुरू भएको पनि धेरै भैसकेको छ ।
राजनीतिक दल खोल्नु, नेता बन्नु, राज्यको पद प्राप्त गर्नु, धन कमाउनु र जनतामाथि शासन र शोषण गर्नुलाई नेपालजस्ता देशका मानिसले राजनीति ठान्छौं ।
जनता र राष्ट्रको हित हुने ठूलो कामै नगरिकन राजस्वबाट जिन्दगी गुजारा गर्नु र त्यसले पनि नपुगेर भ्रष्टाचारमा चुर्लुम्म डुबेर जिउनुलाई के भन्ने ? राजनीति या अर्थोक ? आज बहस चलाउनुपर्ने भएको छ । नेपालजस्ता देशको दुःखद नियति यहाँको राजनीति भएको छ । चारैतिर हेर्दा सुधारको कुनै गुञ्जायस देखिँदैन ।
सरकारी व्यवहार
हामी सबैलाई थाहा छ, नेपालका सरकारी कार्यालयहरूले सबै जनतालाई उस्तै र समान व्यवहार गर्दैनन् ।
सेवाग्राहीको रूपमा सरकारी कार्यालय पुग्दा जनताको पहुँच, जीवनस्तर र शक्तिशाली व्यक्तिको सिफारिशका आधारमा व्यवहार गर्ने गरिन्छ । यो परिपाटी धेरै पुरानो हो।
शासन प्रणाली बदलिए तर प्रवृत्ति बदलिएन। त्यसैले प्रणाली मात्र पर्याप्त नहुँदो रहेछ । कानूनबमोजिम हुनुपर्ने जनताका कामहरू अल्झाएर राख्ने र पैसा खोज्ने , खाने प्रवृत्ति बढेको छ।
कानूनले नमिल्ने कामहरू पनि पैसाको बलमा सल्टाउने गरिएको छ । देशका कतिपय ठाउँहरूमा गम्भीर र संवेदनशील विषयको रूपमा नागरिकता समेत बिक्री भएको प्रसंग नसुनिएको होइन । जिल्ला प्रशासन, प्रहरी भूमिसुधार, नापी, यातायातजस्ता कार्यालयहरूमा जनताले भोगिरहेको सास्ती घटेको छैन ।
जनप्रतिनिधिले चलाउने कार्यालयहरू समेत भ्रष्टाचारका अखडा भएको दृष्टान्त पाइन्छ । त्यसो भए प्रणाली किन बदलेको त ? जनताको जीवनमा सुधार ल्याई परिवर्तनको अनुभूति दिलाउनका लागि होइन र ? सिडियो शासक हो कि प्रशासक हो ? प्रशासकले लोकतान्त्रिक प्रणालीमा कसरी काम गर्नुपर्छ भन्ने थाहा पाउनुपर्दैन ? मेयर वा अध्यक्ष के हो ? जनसेवक हो वा तानाशाह ? प्रहरी वा अन्य सरकारी कार्यालयका प्रमुखहरू जनताका सेवक हुन् कि सामन्त ? खै विनम्रता ? जनताकै पसिना खाएर जीवन धान्ने अनि उसैमाथि हैकम चलाउने यो कस्तो लोकतन्त्र हो ? राजनीतिक नेतृत्वले यसको निगरानी गर्नुपर्छ कि पर्दैन? विनम्रता, शिष्टता लोकतन्त्रको पहिचान होइन र ?
यस प्रवृत्तिले शासन प्रणालीप्रति जनताको अपनत्व बढ्दैन । राजनीतिक नेतृत्व सही, योग्य र इमान्दार भयो भने सम्पूर्ण समाजमा त्यसको सकारात्मक प्रभाव पर्दछ । सरकारी मशिनरी वा संयन्त्रको रूपमा रहेको नोकरशाहीतन्त्रमा त अझ बढी प्रभाव पर्दछ । नेतृत्वको इमानले राज्य संयन्त्रमा अभिप्रेरणा वा उत्प्रेरणाको समेत काम गर्दछ ।
सरकारी संयन्त्रलाई जाँगरिलो, इमान्दार, कर्तव्यनिष्ठ र आफ्नो पेशाप्रति निष्ठावान बनाउने तथा आवश्यकता अनुरूप प्रोत्साहन गर्ने दायित्व पनि राजनीतिक नेतृत्व कै हो । जति राम्रो गरेपनि प्रोत्साहन नपाएपछि के गर्ने ? नेपालको उन्नति नहुनुमा प्रमुख कारण यही नै हो । यसको जिम्मा नेतृत्वले लिनुपर्दछ।
चर्को महंगी
राजनीतिले आफ्ना नागरिकलाई सहजरूपमा बाँच्ने वातावरण बनाइदिनुपर्छ, किनभने राज्य नागरिकद्वारा आफ्ना लागि निर्मित प्राचीन संस्था हो । राज्य नागरिक हित र सुरक्षामा केन्द्रित नहुने हो भने राज्य गठनको औचित्य साबित हुँदैन ।
त्यस्तो राज्य विघटन गरिदिए हुन्छ । राजनीतिलाई माध्यम बनाएर केही स्वार्थी तत्वले आफ्नो दुनो सोझ्याउने र जनताको जीवनमा कुनै परिवर्तन नआउने हो भने त्यस्तो राज्य, राजनीति र सरकारहरूको के काम ? अनि नागरिकहरू विस्तारै पलायन नभएर के गरुन् त ? आज महंगी अत्यासलाग्दो गरी बढेको छ ।
दैनिक उपभोग्य वस्तुको मूल्य छोइसक्नु छैन । घुस कमिसन, तस्करी, कालोबजारी लगायतको अवैध धन्दा गर्नेबाहेक सर्वसाधारण जनताले बाँच्न असाध्यै कठिन भएको छ । खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि विवेकहीनताको पराकाष्ठा हो । एक त जनता बेरोजगार छन्, आम्दानीको बाटो छैन, त्यसमाथि अनियन्त्रित मूल्यवृद्धि छ ।
पेट्रोलियम पदार्थमा गरिएको पछिल्लो मूल्यवृद्धि त झन् अचाक्ली छ । यसका बहुआयामिक प्रभावहरूले जनताको जीवन तहसनहस हुँदैछ । अनि जनताले छानेको सरकार खै ? सरकारको काम त जनतालाई सुख दिने हैन र ? अहिलेसम्म कुन/कुन क्षेत्रमा जनताले राहत पाए ? सरकारलाई थाहा छ, जनताको घरमा चुलो बलेको छ कि छैन ?
जनता भोकै, नाङ्गै हुँदा पनि नचटपटाउने सरकार केका लागि भन्ने प्रश्न उठ्छ कि उठ्दैन ? जनताले आफ्ना छोराछोरीलाई चर्को शुल्कका कारण राम्रा स्कूलमा पढाउन नसक्ने, सरकारी स्कूलहरूमा गुणस्तर नहुने, सरकारी अस्पतालमा राम्रो उपचार नहुने, निजी अस्पतालमा उपचार गर्नै नसक्ने, दैनिक उपभोग्य वस्तु किन्न नसक्ने, यातायातको भाडा तिर्न नसक्ने, राजधानीलगायत ठूला शहरमा भाडा तिरेर बस्न नसक्ने गरीब जनता कहाँ जाने, कसरी बाँच्ने ? एउटा निति श्लोक भन्छ-
यस्मिन् देशेन सम्मानो न वृर्त्तिन च बान्धवाः
न च विद्यागमोSप्यस्ति बासस्तत्र न कारयेत्।
अर्थात् जुन ठाउँमा मान सम्मान छैन, जहाँ सहज जीविकोपार्जनको आधार छैन, जहाँ बन्धुबान्धव वा असल छिमेकी छैनन्, र जहाँ राम्रो विद्या या ज्ञान आर्जन गर्ने सुविधा छैन, त्यस ठाउँलाई त्याग्नुपर्छ ।
यो श्लोक कुनै विद्वानको स्वैरकल्पना मात्र होइन, मानवजीवनको प्रयोगशालाबाट अन्वेषण गरिएको परिष्कृत मार्गदर्शन हो । वैदिक सनातन मान्यतामा विश्वास गर्ने समुदाय मात्र होइन, आममान्छेका लागि पथप्रदर्शन पनि हो । अनि आमनागरिकले के गर्छ ? सकेसम्म देश छाड्ने निर्णय गर्छ । यो सम्भव नभए अरबमा भेडा चराउन तयार हुन्छ, अपमान सहेर भोकै बस्दैन ।
जुन देशको युवा जनशक्ति राष्ट्र निर्माणमा जुट्दैन र उसलाई राज्यले संरक्षण दिँदैन, त्यो देश बन्दैन। अर्थात्, जुन देशले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सक्तैन र राष्ट्र निर्माणमा उपयोग गर्दैन, त्यो देश कहिल्यै समृद्ध हुँदैन । आज नेपाल यस्तो नियति झेलिरहेको छ, उँभो लाग्ने कुनै लक्षण छैन ।
अब के गर्ने ?
नेपालमा ठूलो संघर्षबाट दलीय प्रणालीको प्रादुर्भाव भयो । विगतमा चलेका प्रणालीहरूभन्दा यो समुन्नत प्रणाली हो ।
दुनियाँका धेरै मुलुकहरूले यही प्रणालीमार्फत प्रगति गरे । देशको प्रतिष्ठा चुल्याए । जनताको जीवनलाई सुखद बनाए । तर नेपालले सही बाटो समात्न सकेन । आखिर किन ?
संसारभरको राजनीति आधारभूत रूपमा एकै हो, प्राथमिकताहरू मात्र फरक-फरक हुन सक्छन् । हाम्रो बिडम्वना! राजनीतिक नेतृत्वमा सपना र अठोट चाहिन्छ । तर जे चाहिने हो, त्यो नभएपछि के हुन्छ ? जे नहुनु पर्ने हो त्यही हुन्छ । आज नेपाल यसैको शिकार भएको छ ।
नेपालमा अधिकांश राजनीतिक नेतृत्वको सपना सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने छ । आफू शक्तिशाली बन्ने महात्त्वाकांक्षा भएको व्यक्तिले समाज, देश बनाउँछ ? संसारका धनी र विकसित देशहरू कसरी बनेका हुन् ? नेपालको राजनीतिक शैलीले बन्छ त देश ? कदापि बन्दैन ।
२०४६ मा नै राष्ट्र निर्माणको यात्रा शुरू गर्नुपर्थ्यो तर भएन । २०६४ मा शुरू गर्नुपर्थ्यो, भएन । कम्तिमा संविधान बनेपछि त प्रारम्भ हुनुपर्नेमा त्यो पनि भएन ।
आज देश साँच्चै व्यथित छ, प्रताडित छ । पुरानो पुस्ता जोखिम उठाएर आफ्नो खाइपाइ आएको सुविधा र प्रतिष्ठालाई दाउमा लगाउन चाहँदैन । समकालीन राजनीतिक नेतृत्वसँग राष्ट्रनिर्माणको सपना र अठोट छैन ।
उसको चिन्तनको दायरा पद र प्रतिष्ठा प्राप्तिको साँघुरो घेरामा कैद भएको छ। त्यसैले नयाँ पुस्ताले यस यथार्थलाई आत्मसात गरेर अघि बढ्न ढिला हुँदैछ । नेपाललाई आगामी दश वर्षमा मध्यम आयको मुलुक बनाउन सकिन्छ र बीस वर्षमा विकसित मुलुक । तर काम आजै थाल्नुपर्छ ।
शासन प्रणालीको हकमा लोकतन्त्रको विकल्प छैन । तर यस्तो शैलीको भने होइन । अलिकति लज्जा,अलिकति अनुशासन, थोरै इमानदारी, राष्ट्रप्रति निष्ठा र जनताप्रति प्रेम भएको लोकतन्त्र चाहिएको छ । नयाँ पुस्ताको अठोट भयो भने यस्तो सम्भव छ । कसैले आएर देश बनाइदिने त होइन । हामी आफैँले गर्नुपर्ने काममा ढिला किन गर्ने ?
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...