×

NMB BANK
NIC ASIA

ढिलोगरी बाबुरामलाई भेट्न पुगे बालेन, दुई इन्जिनियरबीच काठमाडौंको पूर्वाधारबारे चर्चा

असार २४, २०७९

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । बालेन अध्यक्ष डा.भट्टराईलाई भेट्न शुक्रवार उनकै निवास टोखा पुगेका थिए । 

Muktinath Bank

मेयर बालेनसँगको भेटको तस्बीर डा.भट्टराईले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । उनले मेयर बालेनसँग महानगरपालिकाको समस्या र योजनाबद्ध विकासबारे छलफल भएको जानकारी दिएका छन् । उनले बालेनलाई सफलताको शुभकामना पनि दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक विमर्श ! सफलताको हार्दिक शुभकामना !’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालेन स्वतन्त्र उम्मेदवार भई काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । मेयरमा निर्वाचित भएलगत्तै उनले सबैजसो प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरिसकेका छन् । मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै उनी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए । शपथ लिएपछि उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गरेका थिए । 


Advertisment
Nabil box
Kumari

अन्य नेताहरूलाई निर्वाचन सकिएको केही समयमै भेटेका उनी जसपा अध्यक्ष डा.भट्टराईलाई भेट्न भने ढिलो गरी मात्र गएका हुन् । निर्वाचन सम्पन्न भएको २ महिना बित्न लाग्दा भट्टराईलाई भेट्न बालेन उनकै निवास पुगेका हुन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x