×

NMB BANK
NIC ASIA

जनताको कुरा सुन्ने फुर्सद छैन

सिंहदरबारदेखि बालेनसम्मलाई सार्वजनिक सरोकारका ४० भन्दा बढी उजुरी, कसैले गरेनन् सुनुवाइ !

असार २७, २०७९

NTC
Premier Steels

सार्वजनिक सरोकारको विषयमा सर्वसाधारण नागरिकले गर्ने उजुरी र गुनासो सम्बोधनमा सम्बन्धित निकाय उदासीन देखिने गरेका छन् ।

Muktinath Bank

सार्वजनिक निकायको लापरवाहीका कारण खेप्नुपरेको दुःख, पीडा तथा सास्तीका विषयमा सर्वसाधारणले गर्ने उजुरीप्रति सरकारी निकाय पूर्ण रूपमा उदासीन देखिने गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धूलो, धूवाँ, हिलोदेखि अन्य सार्वजनिक सरोकारका विषयमा आमनागरिकले उजुरी दिए पनि, गुनासो गरे पनि त्यसको कुनै सुनुवाइ हुँदैन । उजुरीका सम्बन्धमा सम्बोधन गर्नुको साटो सम्बन्धित कार्यालयका प्रमुखले उल्टै हैकम देखाउने गरेका छन् । यस्तै हैकम र सार्वजनिक निकायको चरम उदासीनताको शिकार बनेका छन्– पैदल मार्गका लागि वकालत गर्दै आएका एक अधिवक्ता विमल पोखरेल ।


Advertisment
Nabil box
Kumari

प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ स्थायी घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा बस्दै आएका पोखरेलले पैदल मार्गका लागि दर्जनौं सरकारी निकायमा उजुरी दिएका छन् । पेशाले अधिवक्ता पोखरेल नेकपा मसालको विद्यार्थी संगठनको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।

Vianet communication

पैदल मार्ग मिचेर, छेकेर, अवरोध गरिएका मार्ग खुलाउनका लागि उनले दर्जनौं सरकारी निकायमा उजुरी दिएका छन् । तर पनि सुनुवाइ भने भएको छैन । काठमाडौं उपत्यकामा मात्र ४० भन्दा बढी उजुरी दिइसकेको उनको दाबी छ । केही मुख्य घटनाहरूलाई विस्तृतमा नियालौं :

सिंहदरबारको पैदल मार्गमा बिजुलीको पोल

सिंहदरबारको दक्षिण ढोकाबाट जाने बित्तिकै पैदल मार्गको बीचमा नै ७-८ वटा बिजुलीका पोलहरू गाडिएका छन् । ती पोलका कारण बाटो नै छेकिएको छ । बाटो छेकिएका कारण सबैभन्दा बढी दृष्टिविहीन यात्रुलाई समस्या हुने गरेको छ । पोलमा ठोक्किएर चोट लाग्ने गरेको छ ।

त्यसबाहेक अन्य पैदलयात्री हिँड्दा पनि नाकैमा पोल ठोक्किन्छ । ती पोलहरू त्यहाँबाट सारिदिनुस् भन्दै अधिवक्ता पोखरेलले सिंहदरबारस्थित संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयमा उजुरी दिएकै पाँच वर्ष भइसक्यो । त्यहाँ चारजना कार्यालय प्रमुख पनि फेरिए, तर पोखरेलको उजुरीमा कुनै सुनुवाइ भएको छैन ।

'८ वटा उजुरी दिइसकेको छु । चारजना कार्यालय प्रमुख फेरिए, तर मैले दिएको उजुरीमाथि कुनै सुनुवाइ नै भएन,' पोखरेलले लोकान्तरसँग भने, 'त्यसपछि गत चैतमा मैले ऊर्जा मन्त्रालयका सचिवलाई नै भेटेर बिजुलीको पोल सारिदिनुपर्‍यो भनेर भनें तर पनि त्यसको कुनै सुनुवाइ हुन सकेको छैन ।' पैदल मार्गमा नै गाडिएको ती बिजुलीका पोल हटाएर अन्यत्र सार्नका लागि कसैको प्राथमिकता नै बनेको छैन ।

त्रिभुवन विश्वविद्यालयमा पैदल मार्ग बनाउन बेवास्ता

त्रिभुवन विश्वविद्यालयको गेटदेखि भित्र ३२ वटा विभागमा जाने बाटो छ । तर, कुनै पनि विभागसम्म जानका लागि पैदल मार्ग भने छैन । उपकुलपति, रजिस्ट्रारदेखि विश्वविद्यालयका पदाधिकारीको कार्यालय होस् वा अन्य कतिपय विभिन्न विभागहरूसम्म जानुपर्‍यो भने त्यसका लागि पैदल मार्ग नै छैन ।

अखिल छैठौंको  केन्द्रीय समितिमा १४ वर्ष काम गरेको तथा उक्त संगठनको पूर्व अध्यक्ष समेत भएको नाताले पोखरेलले ती सबै विभागसम्म जानका लागि पैदल मार्ग बनाउन माग गर्दै विश्वविद्यालयमा पटक-पटक लिखित निवेदन नै दिए । विश्वविद्यालयका तत्कालीन उपकुलपतिहरू हिराबहादुर महर्जन, डा. तीर्थ खनियाँदेखि हालका उपकुलपति धर्मकान्त बास्कोटालाई सम्म भेटेर पनि पैदल मार्ग बनाइदिन आग्रह गरेको उनी बताउँछन् ।

'त्रिभुवन विश्वविद्यालयको कम्पाउन्ड वाल बनाएर जग्गाको संरक्षण गर्नुका साथै पैदलयात्रीका लागि पैदल मार्ग बनाइदिनुस् भनेर विगत १० वर्ष देखि मैले भन्दै आएको छु,' उनले लोकान्तरसँग भने, 'तर कुनै पनि उपकुलपतिले त्यसको सुनवाई गर्नुभएको छैन । विश्वविद्यालयमा पुगेर हेर्नुभयो भने विश्वविद्यालयजस्तो लाग्दैन, सुँगुरको खोरमा पुगेजस्तो अनुभव हुन्छ ।'

विश्वविद्यालयको आफ्नै बजेटबाट नै पनि बनाउन सकिन्छ । नभए कीर्तिपुर नगरपालिकाबाट पनि बजेट माग गरेर पैदल मार्ग बनाउन सकिन्छ । तर त्यसको लागि कुनै पनि उपकुलपतिको चासो नभएको गुनासो उनले गरे ।

विश्वविद्यालयले त्यस विषयमा चासो नदेखाएपछि तत्कालीन शिक्षा बोधमाया यादवलाई पनि मन्त्रालयमै भेटेर उक्त समस्या बारेमा अवगत गराइसकेको उनले बताए ।

'शिक्षा मन्त्री देवेन्द्र पौडेललाई नै भेटेर उक्त समस्याबारे ध्यानाकर्षण गराउन मन्त्रालय गएको थिएँ, तर त्यसदिन उहाँ बाहिर जानुभएकाले शिक्षा राज्यमन्त्री यादवलाई भेटेर जानकारी गराएको छु,' उनले लोकान्तरसँग भने ।

काठमाडौंका मुख्य सरकारी अस्पतालहरूमा छैनन् पैदल मार्ग

नेपाल सरकारबाट सञ्चालन भएका काठमाडौंका मुख्य अस्पतालहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसुती गृह थापाथली, कान्ती बाल अस्पतालमा सडक बाहिरबाट भित्रसम्म जानका लागि पैदल मार्ग नै छैनन् ।

टेकु अस्पताल गयो भने त्यहाँ पैदल मार्ग नै छैन । गल्लीमा गयो भने पनि गाडी नै पार्क गरेर राखिएको हुन्छ, पैदल यात्रुका लागि मार्ग नै छैन । वीर अस्पताल अगाडि खाल्डाखुल्डी छन् । अहिले वर्षाको समयमा पानी जमेको हुन्छ, भने हिउँदमा धूलो उडेको हुन्छ । त्यहाँ पिच सडक नै छैन । ट्याक्सी स्ट्यान्डमा पनि पानी जमेको हुन्छ । ट्रमा सेन्टरसम्म पिच मार्ग बनाइए पनि त्यहाँ सधैँ फोहोर हुन्छ ।

नेपालका हजारौं बिरामीहरू दिनहुँ आवतजावत गर्ने ती सरकारी अस्पतालहरूमा पैदल मार्ग नबन्दा बिजोग नै छ । सबैभन्दा बढी बिजोग त कान्ती बाल अस्पतालमा छ । पैदल यात्रीका लागि त्यहाँ प्रवेश गर्ने मार्ग नै छैन । पैदलयात्रीका लागि त्यस्तै दुरावस्था थापाथलीस्थित प्रसुती अस्पतालमा पनि छ ।

ती सबै अस्पतालमा पैदल मार्ग बनाउनुपर्छ भनेर पोखरेलले प्रत्येक महिनाजसो एउटा उजुरी दिने गरेका छन् । तर ती उजुरीप्रति कुनै सुनुवाइ नै नभएको उनी बताउँछन् । त्यति मात्र होइन, उनले तत्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सचिवालयमा फोन गरेर पैदल मार्ग बनाउने विषय मन्त्रीलाई जानकारी गराउन आग्रह गरेको बताए ।

तत्कालीन भौतिक पूर्वाधार मन्त्री रेणु यादवका स्वकीय सचिव अशोक यादवलाई पनि भेटेर ती अस्पतालमा पैदल मार्ग बनाइदिन आग्रह गरेको उनी बताउँछन् । तर पनि हालसम्म ती अस्पतालहरूमा पैदल मार्ग बन्न सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने पैदल मार्गमा काँडेतारदेखि बिजुलीका पोल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने बाटोमा विमानस्थल प्रवेशद्वारको बायाँतर्फ पैदलयात्रीका लागि बनाइएको पैदल मार्गमा काँडेतार लगाइएको छ । त्यस कारण पैदलयात्रुहरूलाई उक्त विमानस्थल जान निकै कठिनाइ हुने गरेको छ । एक त पैदल यात्रुहरूलाई गेटभन्दा अगाडि नै बाटो क्रस गर्नुपर्छ । त्यहाँ दोहोरो आवतजावत हुने मुख्य मार्गमा नै बाटो क्रस गर्न यात्रुलाई समस्या हुन्छ । त्यहाँ पुगेपछि वारि आउँछन् र फेरी माथि जानका लागि दाहिनेतर्फको पैदल मार्ग क्रस गर्नुपर्ने हुन्छ । त्यसपछि फेरि आन्तरिक विमानस्थलतर्फ जानका लागि पनि बाटो काट्नुपर्छ । बाटो नै नकाट्नु पर्ने अवस्थामा पैदल यात्रुलाई दुई ठाउँमा बाटो काट्नुपर्छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकाल होस् वा संकटकालकै अवस्था हुँदा पनि पैदल मार्गको त्यो बाटो बन्द थिएन । संकटकालमा समेत बन्द नभएको बाटो अहिले भने बन्द छ । 'उक्त काँडेतार हटाउनका लागि मैले विमानस्थलका सुरक्षा निकायका प्रमुख(एसएसपी)लाई भेट्दा सुरक्षाको कारणले नै काँडेतार लगाइएको जवाफ दिनुभयो,' उनले लोकान्तरसँग थपे,' एसएसपी सा'बले सुरक्षाको कारण त भन्नुभयो तर विमानस्थल नपुगुञ्जेलसम्म त्यो बाटोमा कुनै पनि यात्रुको चेकजाँच भने हुँदैन ।'

त्यसपछि उनले विमानस्थल निर्माण गर्ने अर्को एउटा कार्यालयको प्रमुखलाई भेटेका थिए । उक्त कार्यालयदेखि आन्तरिक विमानस्थल जाने बाटोमा पैदल मार्गमा बिजुलीका पोलैपोल छन् । ती बिजुलीका पोललाई २ मिटर मात्र पछाडि सार्‍यो भने पैदल यात्रीका लागि सहज हुन्छ । ती दुवै समस्या लिएर अन्त्यमा विमानस्थल प्रमुखलाई पनि भेट्न पुगेको उनी बताउँछन् ।

'तलबाट पास लिएर प्रशासनमा जाने भनेर गएँ, महाप्रबन्धकलाई भेटेर पैदल मार्गको काँडेतार हटाउन र पैदल मार्गमा रहेको बिजुलीको पोललाई हटाउन आग्रह गरें,' उनले लोकान्तरसँग भने, 'उहाँले मेरो गुनासो सुनेर डायरीमा पनि लेखेर राख्नुभयो, पछि छलफल गरेर समाधान गरिने आश्वासन दिनुभयो । '

उनी फर्किए लगत्तै महाप्रबन्धकलाई भेट्नका लागि प्रवेश पास दिने कर्मचारीले उनलाई फोन गरे । 'प्रशासनमा जाने भनेर पास लिनुभयो तर महाप्रबन्धककोमा पुग्नुभएछ, तपाईंको कारण मेरो जागिर नै जाने अवस्था आयो भनेर पास दिने कर्मचारीले मलाई फोनमा भन्नुभयो,' पोखरेलले लोकान्तरसँग भने, 'त्यसबाट के देखिन्छ भने हाकिमहरू आफूकहाँ गुनासो लिएर कोही पनि नआओस् भन्ने चाहँदारहेछन् । पास दिने व्यक्तिको सातो खाइदिने गर्दा रहेछन् ।'

लामो समयदेखि उक्त गुनासो गर्दै आएपनि हालसम्म समाधान नभएको उनले बताए ।

विद्यालयको जग्गा मिचेको गुनासोको सुनुवाइ नै हुँदैन

काठमाडौंकै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित श्रीराम आधारभूत विद्यालयका लागि एउटा नयाँ भवन बनाइएको छ । तर त्यस भवनमा विद्यार्थीलाई सारिएको छैन । पोखरेलका अनुसार जग्गा विवादका कारण त्यहाँ नयाँ भवनमा विद्यार्थीलाई नसारिएको हो । नेकपा एमालेका नेता सुरेन्द्र केसीले विद्यालयको जग्गा मिचेको स्थानीयहरू बताउँछन् ।

कित्ता नम्बर १३२ को जग्गाबाट कित्ता नम्बर १३१ को दक्षिण पूर्व तथा कित्ता नम्बर १३० को पूर्व उत्तरतर्फ पर्नेगरी ६-१-१-२ क्षेत्रफलको जग्गा विद्यालयको हो । विद्यालयले त्यो जग्गामा नयाँ भवन निर्माण गरिसके पनि भवनको वरपरको बाँकी रहेको जग्गा स्थानीयले अतिक्रमण गरी कब्जा गरेका छन् । विद्यालयले भवन निर्माण गरे पनि उक्त भवनमा विद्यालयले पठनपाठन सुचारु गर्न सकेको छैन ।

विद्यालय भवन प्रयोगविहीन हुँदा अतिक्रमण गरिएको विद्यालयको जग्गा छुट्टयाई किला ठोकी तारबार गर्ने वातावरण बनाइदिन भन्दै पोखरेलले २०७९ असार ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी नै दर्ता गराएका रहेछन् ।

'विद्यालयको जग्गा छानबिन गरेर छुट्याइदिएहुन्थ्यो, विद्यार्थीलाई पनि सहज हुन्थ्यो भनेर मैले अख्तियारको प्रवक्ता श्यामप्रसाद भण्डारीलाई तीन पटकसम्म फोन गरिसकेको छु,' पोखरेलले लोकान्तरसँग भने, 'एकपटक काठमाडौंको प्रमुख जिल्ला अधिकारीलाई भन्नुस्, त्यो उहाँको काम हो, उहाँले छिटो एक्सन लिनुहुन्छ भनेर उहाँले जवाफ दिनुभयो ।'

उता काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई फोन गर्दा त्यो हाम्रो अख्तियारीभित्र पर्दैन, अख्तियारले लिखित पत्र जबसम्म हामीलाई पठाउँदैन तबसम्म केही गर्न नसकिने जवाफ दिएको उनले बताए । 'सीडीओ कार्यालयले अख्तियार देखाउने, अख्तियारले सीडीओ कार्यालय देखाएर पन्छिने काम गरिरहेका छन्,' पोखरेलले लोकान्तरसँग भने, 'सार्वजनिक विद्यालयको जग्गा एक जनाले कब्जा गरेको छ तर देशका शक्तिशाली निकाय अख्तियारदेखि सीडीओ कार्यालयसम्म मौन छन् ।'

महान्यायाधिवक्ता कार्यालय अगाडि पैदल मार्ग बनाउँदा अन्य पैदल मार्ग अवरुद्ध गरियो

रामशाह पथमा महान्यायाधिवक्ता कार्यालय अगाडि पैदल मार्ग बनाउने नाममा तीन महिना जति पैदल मार्गमा बार लगाएर बाटो अवरुद्ध गरियो ।​ पैदलयात्रुलाई समस्या भएपछि त्यहाँ कार्यरत ट्राफिक प्रहरीको डीएसपीलाई भेटेर उक्त बार हटाउन आग्रह गरेको पोखरेल बताउँछन् ।

'पैदल यात्रुलाई समस्या भयो, घुमेर जानुपर्ने अवस्था छ, त्यो बार हटाउन पहल गरिदिनुहोस् भनेर मैले डीएसपीसा'बलाई भनेको थिएँ,' उनले लोकान्तरसँग भने, 'तपाईं ठेकेदारलाई भेटेर भन्नुहोस् भनेर डिएसपी सा'बले जवाफ दिनुभयो ।' अन्त्यमा पैदल मार्ग बनेको तीन महिनापछि मात्र महान्याधिवक्ता कार्यालयको पैदल मार्ग बनेको तीन महिना पछि मात्र उक्त बार हटाइएको थियो ।

प्रज्ञा प्रतिष्ठान भवनअगाडिको पैदल मार्ग मिचेर सुरक्षा पोस्ट

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनको अगाडि पैदल मार्ग मिचेर दुईवटा सुरक्षा पोष्ट बनाइएको छ । पैदल मार्ग मिचेर त्यहाँ सशस्त्र प्रहरीले सुरक्षा चेकपोस्ट बनाएका छन् ।

उक्त सुरक्षा पोस्टका कारण पैदल यात्रुलाई समस्या हुने गरेको छ । त्यहाँ कोही पैदल यात्री पुग्यो भने पनि प्रहरीले हप्कीदप्की गर्ने गर्छन् । पैदल मार्ग खाली गराउन माग गर्दै पोखरेलले ट्राफिक प्रहरीदेखि महानगरीय प्रहरीमा १० पटक फोनमार्फत् उजुरी गरिसके । तर त्यसको कुनै सुनुवाइ भएको नभएको उनी बताउँछन् ।

'ट्राफिकलाई भन्दा महानगरीय प्रहरीलाई भन्नुस् भन्छन्, महानगरीय प्रहरीलाई भन्दा ट्राफिक प्रहरीलाई भन्नुस् भनेर बहानाबाजी गर्दै आएका छन्,' उनले लोकान्तरसँग भने, 'एकले अर्कालाई देखाएर बसेका छन्, चेकपोस्ट खाली गरेर पैदल मार्गको अवरोध हट्न सकेको छैन ।'

काठमाडौं जिल्ला अदालतअगाडि फूटपाथमै बस र ट्रक राखिएको छ

काठमाडौं जिल्ला अदालतको ठीकअगाडि बिग्रेको एउटा बस र एउटा ट्रक विगत ५ वर्षदेखि थन्क्याएर राखिएको छ । ती सवारी साधनका कारण काठमाडौं जिल्ला अदालतलाई कुरूप बनाउनुका साथै सेवाग्राहीलाई पनि समस्या हुने गरेको छ । त्यो गाडी हटाउन माग गर्दै उक्त जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटानीलाई पोखरेलले दुईपटक भेटेर नै आग्रह गरिसकेका रहेछन् ।

'जवाफमा कहिले वन विभागलाई भन्छु त कहिले वनले पनि सक्दैनौं भनेर लाचारी प्रकट मात्र गर्ने गर्नुहुन्छ,' उनले लोकान्तरसँग भने, 'तीनपटक उजुरी दिएपनि हालसम्म त्यहाँ थन्क्याएर राखिएको बस र ट्रक हटेको छैन ।'

बार छेउको आकाशे पुलले अवरोध गरेको पैदल मार्ग

नेपाल बार एसोसिएसनको छेउमा रहेको आकाशे पुलका कारण रामशाह पथको दुवैतर्फ पैदल मार्ग नै पूर्ण रूपमा अवरुद्ध बनेको छ । पटक–पटक उक्त अवरुद्ध पैदल मार्ग सुचारु गराउनका लागि आकाशे पुल सार्नुपर्छ भनेर गरिएको उजुरीप्रति हालसम्म सुनुवाइ नभएको उनले बताए ।

भूमिगत तार व्यवस्थापन गर्ने नाममा मिचिएको पैदल मार्ग

भूमिगत तार व्यवस्थापन गर्ने नाममा मिचिएको पैदल मार्गलाई सुचारु गराउनका लागि दिएको उजुरीमाथि समेत सुनुवाइ नभएको उनी बताउँछन् ।

बिजुलीको तारलाई भूमिगत गर्ने नाममा पैदल मार्गलाई पूर्णरूपमा छेकेर दरबार मार्ग, बूढानीलकण्ठ, चाबहिल लगायतका विभिन्न स्थानमा प्राधिकरणले संरचना बनाएर पैदल मार्ग अवरुद्ध गरेको छ । उक्त विषयमा ऊर्जा मन्त्रालयका सचिव कहाँ पनि उजुरी दिएको उनले बताए ।

'तत्काल प्राधिकरणका निर्देशक घिसिङलाई भनेर हटाउन लगाउँछु र थप संरचना समेत नबनाउन निर्देशन दिन्छु भनेर आश्वासन दिनुभयो,' पोखरेलले लोकान्तरसँग भने, 'तर घिसिङले हालसम्म ती संरचनालाई पैदल मार्गबाट हटाउनु भएको छैन ।'

विभिन्न दूतावासले पैदल मार्ग मिचेर बनाएको ठूलो पर्खाल

काठमाडौंमा रहेका विभिन्न देशका दूतावासले सडक पेटी नै मिचेर ठूलो पर्खाल बनाएका छन् । भारतीय दूतावास, जाप्निज दूतावास, अमेरिकन दूतावास, रसियन दूतावास लगायतले पैदल मार्ग मिचेर अग्लाअग्ला कम्पाउन्ड वाल बनाएका छन् । नेपालको कानून मिचेर, लाखौं पैदल यात्रीको अधिकार हनन् गर्ने ती दूतावासको मिचाहा प्रवृति विरुद्ध महानगरपालिकादेखि विभिन्न निकायमा दिइएको उजुरीप्रति पनि सरकारी निकायले वास्ता नगरेको पोखरेलको दुखेसो छ ।

काठमाडौंका मेयर बालेन्द्र साहलाई दिइएको उजुरी पनि सुनुवाइ भएन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई पनि उनले १० बुँदे लिखित उजुरी दिएका छन् ।

महानगरको विषयमा समस्या भए उजुरी दिन प्रमुख साहले आह्वान गरेपछि उजुरी दिएको उनले बताए । राष्ट्रिय सभा गृहमा मेयर साह आएकै बेला भेटेर उजुरी दिएको पोखरेलले बताए ।

काठमाडौंमा रहेका सबै आकाशे पुलहरू फोहोर छन्, तिनलाई सफा गर्नुपर्छ भनेर उजुरी दिइएको उनले बताए । टुँडिखेलवरपर पैदल मार्ग भत्किएको छ । खाल्डाखुल्डी बनेका छन् । पानी जमेको छ । उक्त समस्या समाधान गर्न साहलाई उजुरी दिएको उनले बताए ।

दरबारमार्गको शालिकदेखि कमलादी जाने बाटोमा पैदल बाटो बनाउन, डिल्लीबजारको चारखाल चोकमा एउटा घरका कारण पैदल मार्ग नै अवरुद्ध बनेको समस्या समाधान गर्न उजुरी दिइएको उनले बताए ।

कमलपोखरीतर्फ एक जनाले आफ्नो घरको पिलर नै पैदल मार्गमा बनाएका कारण पैदल यात्रुलाई समस्या भएको उजुरीमा उल्लेख छ । लैनचौरको बसपार्कमा ठूलो खाल्डो बनेर पानी जमेको हुनाले त्यहाँ खाल्डो पुर्नुपर्ने लगायतका १० वटा शीर्षकमा लिखित उजुरीसहित मेयर साहलाई ध्यानकर्षण गराएको उनले बताए । तर हालसम्म कुनै पनि समस्या समाधन नभएको उनले बताए ।  

 


माथि उल्लेख गरिएका केही घटनाहरू उदाहरण मात्र हुन् । नेपाली जनताको करबाट तलब, सेवा सुविधा खाने सरकारी निकायका कर्मचारीदेखि जनप्रतिनिधिसम्मले त्यस्ता उजुरीलाई गम्भीरतापूर्वक लिँदैनन् । शक्तिशाली मानिसले भनेपछि मात्र केहि हदसम्म समस्या समाधान गर्ने हाकिमहरूको प्रवृति बनेको उनले बताए ।

'शक्तिशाली व्यक्तिले गुनासो गरेपछि केही हदसम्म सम्बोधन हुन्छ,' पोखरेलले लोकान्तरसँग भने, 'तर आम नागरिकले सार्वजनिक सरोकारका सम्बन्धमा गरेका गुनासो तथा उजुरीलाई उनीहरूले वास्ता नै गर्दैनन् ।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x