×

NMB BANK
NIC ASIA

११ महिनाको हिसाबकिताब

डलर आम्दानीको स्रोत बढ्दा अर्थतन्त्रमा सुधारको संकेत, यस्तो छ अर्थतन्त्रको चित्र

असार २७, २०७९

NTC
Premier Steels

डलर आम्दानीको स्रोत बढ्दा अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकअनुसार अर्थतन्त्रमा विदेशी मुद्रा भित्रिने स्रोतमा सुधार देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तथ्यांकअनुसार जेठ महिनामा रेमिट्यान्स आय ९२ अर्ब रुपैयाँले बढ्दा विदेशी मुद्रा सञ्चिति पनि १७ करोड डलरले बढेको छ । वैशाखको तुलनामा जेठमा रेमिट्यान्स तथा विदेशी मुद्रा सञ्चिति बढेको, देश भित्रिनेभन्दा बाहिरिने रकम (शोधनान्तर) घाटा कम भएको, निर्यात बढेको र बैंकहरूको कर्जा विस्तार ठप्प हुँदा अर्थतन्त्रमा भने सुधारको संकेत देखिएको छ ।


Advertisment
Nabil box
Kumari

वैशाख महिनाको तुलानामा जेठमा बैंकिङ प्रणालीमा तरलता बढ्नु, सरकारको खर्च बढ्नु र आयात निरुत्साहनको नीतिले अर्थतन्त्रमा सुधार देखिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Vianet communication

चालू आवको जेठसम्ममा मूल्यवृद्धि भने साढे ८ प्रतिशत नाघेको छ । यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा ४.१९ प्रतिशत मात्रै थियो । यस्तो मूल्यवृद्धि गत महिना वैशाखमा साढे ७.८७ प्रतिशत थियो । पछिल्लो समय मूल्यवृद्धि भने उपभोक्ताको ढाड सेकिने गरी बढिरहेको छ ।

मूल्यवृद्धि आन्तरिक कारणले मात्रै नभएर बाह्य कारणले समेत बढिरहेको हुँदा दोहोरो अंकमा पुग्ने अनुमान अर्थतन्त्रका जानकारहरूको छ । हरेक महिना बढेको मूल्यवृद्धि र आगामी महिना आउने मौद्रिक नीतिपछि बैंकको ब्याजदर बढ्ने संकेत गरिएकाले मूल्य वृद्धि दोहोरो अंकमै पुग्ने अनुमान पनि भइरहेको छ ।

अर्थतन्त्रका अन्य सूचकको मापन गर्ने आधार विदेशी मुद्रा सञ्चितिमा २९ अर्ब ९६ करोड रुपैयाँले सुधार भएको छ । शोधनान्तर स्थिति पनि १८ अर्ब ६९ करोड रुपैयाँले सुधार भएको छ ।

विदेशी मुद्राको सञ्चितिले १ हप्ताको आयात धान्ने क्षमता बढेको छ । वैशाखसम्ममा ६ महिना १९ दिनको आयात धान्न सक्ने डलर सञ्चिति थियो भने जेठमा यसको क्षमता बढेर ६ महिना २४ दिन पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x