×

NMB BANK
NIC ASIA

साउनभित्र गठबन्धनको र भदौभित्र नै उम्मेदवारको टुंगो लगाउन कांग्रेस नेताहरूको माग

असार २८, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले गठबन्धनलाई आगामी संघ र प्रदेशको निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिएका छन् ।

Muktinath Bank

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसले विजय हासिल गर्नुमा गठबन्धनले मद्दत गरेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय सदस्यहरूले गठबन्धनले समग्र परिणाममा राम्रो गरेकाले अगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा राखेका हुन् । नेताहरूले समानुपातिक निर्वाचन प्रणाली भएका कारण पनि गठबन्धन गर्नुको विकल्प नभएको धारणा राखेका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।


Advertisment
Nabil box
Kumari

विगतको गठबन्धनबाट पाठ सिकेर साउन भित्रैमा गठबन्धनको विषयमा टुंगो लगाउनुपर्ने र भदौ महिनाभित्रैमा पार्टीको टिकटको टुंगो लगाइसक्नुपर्नेमा नेताहरूले जोड दिएका प्रवक्ता महतले जानकारी दिए ।

Vianet communication

उनले भने, ‘समग्रमा समीक्षाका कुराहरू र आगामी दिनमा कसरी पार्टी जानुपर्छ भन्ने विषयमै छलफल केन्द्रित छ । आज बोल्ने सबै साथीहरूले यो गठबन्धनलाई अगाडि बढाउनुपर्छ, हाम्रो समानुपातिक निर्वाचन प्रणाली छ । त्यो कारणले पनि त्यसको अहिले विकल्प छैन । स्थानीय निकायमा निर्वाचन भयो, त्यहाँ निर्वाचनको अनुभवलाई आधार मानेर कहाँ कमी, कमजोरी रहे, गठबन्धन भएको ठाउँमा पनि कार्यान्वयनको सिलसिलामा के–कस्ता कमी, कमजोरीहरू रहे, त्यसलाई पनि मध्यनजर राखेर यो साउनभित्र नै गठबन्धनको टुंगो लगाउने र भदौभित्र नै पार्टीको टिकट टुंगो लगाइसक्नुपर्छ, समयमा त्यो भयो भने हाम्रा आफ्ना कुराहरूलाई समयमै स्पष्ट ढंगबाट जनताको बीचमा राख्न सकिन्छ र परिणाम राम्रो आउँछ ।’

उनले नेताहरूको पार्टीप्रतिको असन्तुष्टि र फरक मतहरू बाहिर नराख्न नेताहरूलाई आग्रह गरिएको बताए । उनले असन्तुष्टिहरू पार्टी बैठकमा राख्न आग्रह गरिएको जानकारी दिए । उनले पार्टी एकतावद्ध रहेको सन्देश दिनका लागि सबै विषय बैठकभन्दा बाहिर राख्नु नहुने बताए ।

उनले भने, ‘जति पनि पार्टी भित्रका असन्तुष्टि अथवा फरक मतका विषयवस्तुहरू छन् । केन्द्रीय कार्यसमितिभित्रै ती कुराहरू राखिदिँदा बरु यहीँ जति कुरा राखे भो । त्यसका लागि बाहिर नै गएर भन्नुपर्ने स्थिति नआउँदा राम्रो हुन्छ । त्यसो भयो भने हाम्रो एकता र हाम्रो लक्ष्यप्रति हामी सबै एकजुट छौं भन्ने सन्देश जनताको बीचमा जान्छ । केन्द्रीय समितिमा छलफलमा कुनै पनि विषय प्रवेश गराउन कुनै अप्ठ्यारो पनि छैन । केन्द्रीय समितिमा बोल्न पाइएन त्यसकारण अन्त गएर बोल्नुपर्ने, भन्नुपर्ने स्थिति छैन ।’

प्रवक्ता महतले शेरबहादुर देउवा नेतृत्वको सरकारको १ वर्ष सन्तोषजनक रहेको बताए । सरकारले भ्रष्टाचार रोकेको उनले बताए । कोभिड–१९ को व्यवस्थापन गर्न सफल भएको र सन्तुलित विदेश नीति सञ्चालन गर्न सफल भएको उनले बताए ।

उनले भने, ‘१ वर्षको हाम्रो अनुभव सन्तोषजनक ढंगले सरकार चलेको छ । कतिपय उपलब्धिहरू यो सरकारले हासिल गरेको छ । कोभिडको व्यवस्थापन भएको छ । ठूलो भ्रष्टाचार एकपछि अर्को काण्डै काण्ड भएको अवस्था थियो, त्यो रोकिएको छ । वैदेशिक नीतिमा अन्यौल थियो । एमसीसी पारित भएको छ र सन्तुलित नेपालको आवश्यकता र स्वार्थमा आधारित विदेश नीति सञ्चालन भएको छ । आफ्ना कुराहरू हामीले सु–स्पष्ट ढंगबाट सबै मित्रराष्ट्रका प्रतिनिधिहरुलाई हामीले राख्न थालेका छौं । समग्रमा सन्तोषजनक छ । हामीले असन्तुष्ट हुनुपर्ने कारण छैन ।’

पार्टी केन्द्रीय समिति बैठकमा नेताहरूले महंगी नियन्त्रण गर्न र मलको सहज आपूर्तिका लागि सरकारले तदारुकता देखाउनुपर्ने माग गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x