×

NMB BANK
NIC ASIA

भारत भ्रमण सोचेअनुसार नै फलदायी भयो : प्रचण्ड

साउन १, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण आफूले सोचेअनुसार नै फलदायी भएको बताएका छन् । 

Muktinath Bank

३ दिने भारत भ्रमण पूरा गरी आइतवार स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशहितको पक्षमा भारतीय अधिकारीहरूसँग फलदायी छलफल भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रवार भारत भ्रमणमा गएका थिए । भारत भ्रमणमा आफूले न्यायो स्वागत पाएको पनि उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘सरकार र भाजपाको जुन–जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन । उस्तै उस्तै गरेको पाइयो,’ प्रचण्डले भने । 

Vianet communication

भारत भ्रमण आफूले यहाँबाट जाने बेलामा सोचेकोभन्दा फलदायी भएको उनले बताए । प्रचण्डले भने, ‘कतिपय सन्दर्भमा मैले सोचेभन्दा राम्रो भएको छ ।’

प्रचण्डले भारत भ्रमणको क्रममा भारतका विदेश सचिव, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, भारतीय विदेश मन्त्री एस जयशंकर, भाजपाका अध्यक्ष जयप्रकाश नाड्डा लगायतसँग भेटवार्ता गरेका थिए । 

भेटको अवसरमा सन् १९५० को सन्धि, ईपीजीको प्रतिवेदन सार्वजनिक गर्ने, व्यापार घाटा सन्तुलित गर्ने लगायतका विषयमा कुराकानी भएको प्रचण्डले बताए । 

उनले भने, ‘भारतीय विदेश मन्त्रीसँगको भेट कस्तो होला भन्ने लागेको थियो । संविधान घोषणाको बेलामा त्यति मीठो संवाद नभएको पृष्ठभूमिमा कस्तो संवाद होला भन्ने लागेको थियो तर अहिले सन्दर्भ फेरिएको छ । निकै फलदायी कुराकानी भएको छ । विदेशमन्त्री र विदेश सचिवसँग भएको भेटवार्तामा सबैजसो विषयमा छलफल भएको छ ।’

विक्रम संवत् २०७२ सालमा नेपालमा संविधान जारी नगर्न भन्दै जयशंकर नेपाल आएका थिए । उनी त्यसबेला विदेश मन्त्रालयका सचिव थिए । तत्कालीन प्रधानमन्त्री मोदीको दूत भएर उनी त्यसबेला नेपाल आएका थिए । त्यसबेलाको नेपाल भ्रमणमा जयशंकरले नेपाली नेताहरूको खप्की सहनुपरेको थियो । 

अब छिट्टै नेपालले भोगिरहेको केही समस्या समाधान हुने दाबी प्रचण्डले गरेका छन् । ‘डुबान, सीमा र ईपीजीको प्रतिवेदनमा सकरात्मकता आउँछ कि भन्ने लागेको छ,’ प्रचण्डले भने, ‘सम्भावना, अवसर र चुनौतीका बारेमा खुलेर कुरा भएको छ । भ्रमण फलदायी भएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x