२६ जेठ २०८३, मंगलबार
राष्ट्रिय सभा बैठक

भारतमा नागरिकता परित्यागको प्रक्रिया शुरू गरेको प्रमाण ल्याएपछि अंगीकृत नागरिकता दिनुपर्छ– वामदेव गौतम

भारतमा नागरिकता परित्यागको प्रक्रिया शुरू गरेको प्रमाण ल्याएपछि अंगीकृत नागरिकता दिनुपर्छ– वामदेव गौतम

राष्ट्रिय सभामा सदस्य एवं पूर्व गृहमन्त्री वामदेव गौतमले नेपाली पुरुषसँग विदेशी महिलाले त्यो देशमा नागरिकता परित्यागको प्रक्रिया शुरू गरेको प्रमाणका आधारमा नागरिकता दिनु उपयुक्त हुने बताएका छन् । कतिपय कमजोरीका बावजुद प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक उपयुक्त रहेको उनले बताए ।

नागरिकता विधेयकमाथि राष्ट्रिय सभामा सोमवार भएको सैद्धान्तिक छलफलमा भाग लिँदै गौतमले सम्बन्धित व्यक्तिले त्यो देशको नागरिकता परित्याग गरेको प्रमाण पेश गर्नुपर्ने बताएका हुन् । 

‘तराईमा आधा महिला भारततिर गएर बिहे गर्छन् आधाले भारतबाट बुहारी ल्याउँछन् । १४ वर्षसम्म नागरिकता नदिने व्यवस्थाले छोरा जन्मसिद्ध नागरिक बन्छ आमा अनागरिक भएर बस्नुपर्छ । अनागरिक भएर कोही पनि मानिसलाई राख्न मिल्दैन’ गौतमले भने, ‘यस्तो अवस्थामा हाम्रो देशमा वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा आएको व्यवस्था केही सच्याउनु पर्छ । उनले नागरिकता परित्याग गर्नको प्रक्रिया शुरू गरेको भारतको सम्बन्धित निकायबाट कुनै प्रमाण ल्याउनु पर्छ । त्यो प्रक्रिया शुरू भएको कागजपत्र ल्याएपछि पाउनु पर्छ ।’

२०४७ सालको संविधानमा नागरिकता परित्याग गरेपछि वैबाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था रहेको उनले स्मरण गरे । 

salt training

कमेन्ट गर्नुहोस्