×

NMB BANK
NIC ASIA

एसपीपीसम्बन्धी पत्रको प्रसंग

सांसदहरूले पत्र नै मागेपछि परराष्ट्र मन्त्रीको जवाफ– यहाँ आएर बोलिसकेपछि विश्वास गर्नुस्

साउन १३, २०७९

NTC
Premier Steels

परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

Muktinath Bank

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा सहभागी नहुने निर्णयसम्बन्धी पत्र अमेरिकालाई पठाइसकेको जानकारी गराएपछि सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा खड्काले सो प्रतिबद्धता दोहोर्‍याएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कुनै पनि सैन्य गठबन्धन नेपालको हितमा छैन । अहिलेको यो गठबन्धन सरकार कुनै सैन्य वा सामरिक गठबन्धनमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ खड्काले भने ।


Advertisment
Nabil box
Kumari

सांसदहरूले एसपीपी सम्बन्धमा अमेरिकालाई पठाएको पत्र नै सार्वजनिक गर्न माग गरेपछि खड्काले सरकारप्रति विश्वास गर्न आग्रह गरे ।

Vianet communication

‘सरकारका तर्फबाट परराष्ट्र मन्त्री बोलिसकेपछि विश्वास गर्नुपर्छ,’ खड्काले भने, ‘विश्वास ह्रासोन्मुख भइरहेको हो कि, यसले भोलि राज्य सञ्चालनका विषयमा कस्तो असर पर्छ भन्ने पनि विचार गर्नुपर्छ ।’

यसअघि सदनमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री खड्काले एसपीपीमा सहभागी नहुने निर्णयको लिखित जानकारी साउन ९ गते अमेरिकालाई गराएको बताएका थिए ।


उनले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको अस्ट्रेलिया भ्रमणका विषयमा पनि संक्षिप्त प्रतिक्रिया दिए ।

‘अमेरिकाले पहिला एसिया प्यासिफिक कमान्ड भन्थ्यो, पछि ट्रम्पले ‘इन्डो प्यासिफिक’ स्ट्राटेजी ल्याए,’ खड्काले भने, ‘प्रधान सेनापति एसिया प्यासिफिक रिजनका आर्मी चिफहरूको सम्मेलनमा जानुभएको छ, भन्ने मैले बुझेको छु । यो रक्षा मन्त्रालयअन्तर्गतको विषय भएकाले मैले यति मात्र भन्न सक्छु ।’

उनले यस्ता भ्रमण केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारका पालामा पनि भएको दाबी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x