×

NMB BANK
NIC ASIA

सर्वोच्चको भवन निर्माणमा अनियमितता प्रकरण

कामु प्रन्याको पत्र अख्तियारले नहेर्ने, संवैधानिक व्यवस्था र सर्वोच्चकै फैसलाले छेक्यो बाटो !

साउन १३, २०७९

NTC
Premier Steels

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको भवन निर्माणमा भएको अनियमितताका सम्बन्धमा छानबिन गरी १५ दिनभित्र 'उचित परिणाम' दिन आग्रहसहित पठाएको पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अलपत्र परेको छ ।

Muktinath Bank

शुक्रवार १६ औं दिन भइसक्दा पनि अख्तियारले यस सम्बन्धमा न छानबिन अगाडि बढाएको छ, न त कामु प्रधानन्यायाधीश कार्कीलाई कुनै जवाफ नै पठाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्कीले गएको असार २९ गते अख्तियारलाई पत्र लेखेका थिए ।


Advertisment
Nabil box
Kumari

'प्रधानन्यायाधीश सहभागी निर्णय प्रक्रियामा हामीले अनुसन्धान गर्न नमिल्ने संवैधानिक व्यवस्था र सर्वोच्चले हालै गरेको एक फैसलाका कारण पनि यस पत्रमा आग्रह गरिए अनुसार अनुसन्धान अगाडि बढाउन सकिएन,' अख्तियार स्रोतले लोकान्तरसँग भन्यो ।

Vianet communication

भ्रष्टाचार तथा अनियमितताको सम्बन्धमा यथार्थ कुरा बाहिर ल्याउनु र दोषीलाई संविधान र कानूनबमोजिम सजायको भागिदार बनाउनु न्यायिक नेतृत्वको समेत जिम्मेवारी हुने भन्दै कार्कीले आफ्नो निजी सचिवालयमार्फत अख्तियारलाई पत्र पठाएका थिए ।

'यस विषयमा आवश्यक परेमा प्रधान न्यायाधीशको यसै निजी सचिवालयमा पत्राचार गर्नुहुन र १५ दिनभित्र उचित परिणामको अपेक्षासहित आदेशानुसार सादर अनुरोध गर्दछु,' कार्कीको सचिवालयमार्फत पठाइएको पत्रमा उल्लेख छ ।

तर, अनुसन्धान अगाडि बढाउन संविधान र सर्वोच्चकै फैसला बाधक भएको अख्तियार स्रोतको दाबी छ ।

'नेपालको संविधानमा भएको प्रावधान र सर्वोच्च अदालत आफैंले न्यायाधीश विनोद गौतमको हकमा गरेको व्याख्यात्मक फैसलाका आधारमा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट गरिएको निर्णयमा छानबिन गर्न नमिल्ने निष्कर्षमा पुगेका छौं,' अख्तियार स्रोतले लोकान्तरसँग भने ।

अख्तियारको छानबिनबाट बच्नकै लागि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकै तहबाट निर्णय गराइएको थियो । शुरूमा मन्त्रिपरिषद्बाट निर्णय गराउने प्रयास भएपनि त्यहाँबाट फाइल फिर्ता भएपछि भवन निर्माणसम्बन्धी निर्णयमा प्रधानन्यायाधीशको हस्ताक्षर गरिएको थियो ।

कार्याक्षेत्रसम्बन्धी संवैधानिक प्रावधान

सर्वोच्च अदालतको भवन निर्माणको टेन्डर सन्दर्भमा प्रधानन्यायाधीश राणा आफैंले हस्ताक्षर गरेर निर्णय गरेका थिए । कायममुकायम रजिस्ट्रार नारायणप्रसाद पन्थीले २०७९ वैशाख १६ गते सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा पनि उक्त कुरा उल्लेख गरिएको छ ।

'भवन निर्माणको बोलपत्र स्वीकृत गर्दा समेत २०७७ फागुन ३ को सम्माननीय प्रधानन्यायाधीशज्यूबाट भएको निर्णय समेतको आधारमा भएको' पन्थीले अख्तियारलाई दिएको लिखित जवाफमा उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीशबाट भएको निर्णयको विषयमा संवैधानिक परिषद वा संसद्को छुट्टै समितिबाहेक कुनै पनि निकायबाट छानबिन हुन नसक्ने संवैधानिक व्यवस्था रहेको समेत पन्थीले दिएको जवाफमा उल्लेख गरिएको छ ।

दोस्रो आधार– सर्वोच्चको यसअघिको व्याख्यात्मक फैसला

सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित अनियमितताको विषयमा अख्तियारले छानबिन गर्न नमिल्ने अर्को आधार सर्वोच्च अदालत आफैंले यसअघि गरेको व्याख्यात्मक फैसलालाई लिइएको छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका न्यायाधीश विनोदकुमार गौतमको सन्दर्भमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासबाट भएको व्याख्यात्मक फैसलाको आधारमा पनि प्रधानन्यायाधीश राणामाथि छानबिन गर्न नसकिने निष्कर्ष अख्तियारले निकालेको हो ।

२०७८ फागुन १२ गते गरिएको उक्त फैसलाको पूर्णपाठमा न्यायाधीशले भ्रष्टाचार गरेमा अनुसन्धान र कारवाही गर्न संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार नदिएको उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतबाहेक अरू तहका न्यायाधीशमाथि छानबिन गर्ने अधिकार पनि न्याय परिषदलाई मात्र रहेको उल्लेख गरिएको छ ।

सर्वोच्चबाहेकका तहका न्यायाधीशमाथि अनुसन्धान गरी मुद्दा नै चलाउनु परे उक्त अधिकार पनि न्याय परिषदलाई मात्र रहेको उक्त फैसलाको पूर्णपाठमा भनिएको छ ।

न्यायाधीशले भ्रष्टाचार गरेमा अनुसन्धान र कारवाही गर्न संविधानले न्याय परिषदलाई अधिकार दिएको भन्दै सर्वोच्च अदालतले त्यसैका लागि न्याय परिषद ऐन २०७३ मा विस्तृत व्यवस्था गरिएको कुरा उक्त फैसलामा उल्लेख गरिएको छ ।

यहाँसम्म कि न्यायाधीश हुनुभन्दा पूर्व भ्रष्टाचारसम्बन्धी काम गरेको भए पनि त्यसको अनुसन्धान न्याय परिषद्ले मात्र गर्न सक्ने उक्त फैसलामा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतले कुनै व्यक्ति न्यायाधीश हुनुपूर्व उसले गरेका कामकारवाहीमाथि समेत न्यायपरिषद् बाहेकका अरू निकायले अनुसन्धान गर्न नसक्ने भनी व्याख्या गरेको छ।

यसअघि न्यायाधीश गौतमलाई प्रतिवादी बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।

न्यायाधीश हुनुभन्दा अघि गौतम तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा कानूनतर्फ उपसचिव थिए। प्रधानमन्त्री निवास विस्तारका क्रममा सरकारी जग्गा व्यक्तिको नाममा सट्टाभर्नाको प्रस्ताव लैजाँदा उनले राय लेखेका थिए।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले लैजानुपर्ने प्रस्ताव अधिकार नै नभएको भौतिक योजना तथा निर्माण मन्त्रालयबाट अघि बढेको भन्दै अख्तियारले गौतमसहित १७५ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा परेपछि न्यायाधीश गौतमले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । उक्त रिटमा शुरूमा न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइमै निवेदन खारेज गरेको थियो।

त्यसविरुद्ध गौतमले फैसला पुनरवलोकन हुनुपर्ने भनी निवेदन दिएका थिए। पुनरावलोकन हुने आदेश भएपछि संयुक्त इजलासले न्यायाधीश गौतमको माग जायज ठहर्‍याइ उनीमाथिको आरोपपत्र र निलम्बनको पत्र खारेज गरेको थियो।

यसरी सर्वोच्च अदालतबाट न्यायाधीश गौतमको हकमा यसअघि नै गरिएको फैसलाका आधारमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानन्यायाधीश राणामाथि कुनै पनि छानबिन नगरी उजुरीलाई तामेलीमा राख्ने निष्कर्षमा पुगेको अख्तियार उच्च स्रोतले लोकान्तरलाई जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x