×

NMB BANK
NIC ASIA

मधेश प्रदेश औद्योगिक सम्मेलनले सरकारलाई दियो यी ९ बुँदे सुझाव

साउन १८, २०७९

NTC
Premier Steels

मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलन विभिन्न ९ बुँदे सुझाव दिँदै सम्पन्न भएको छ ।

Muktinath Bank

नेपाल उद्योग परिसंघ, सीप परियोजना र यूके एडको समन्वयमा मधेश सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा उद्योगपतिले प्रदेशमा आर्थिक वृद्धिको वातावरण निर्माणका लागि निजी क्षेत्रबाट सरकारलाई ९ बुँदे सुझाव दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यवसायीले मधेश प्रदेशमा पछिल्लो समय वृद्धि भएको आर्थिक गतिविधिलाई निरन्तरता दिँदै थप लगानीको वातावरण निर्माण गर्न उद्योग दर्ता, सञ्चालन र उद्योगबाट बाहिरिने प्रक्रियालाई सरल एवं द्रुतगतिमा हुनुपर्ने र मधेश उद्योग व्यवस्थापन ऐन हुनुपर्नेमा जोड दिएका छन् । 


Advertisment
Nabil box
Kumari

वीरगञ्जमा स्थापना भएको एकद्वार प्रणालीले मधेश प्रदेशमा उद्योगलाई सहज र सरल वातावरण बनाउने, उद्योग दर्तालाई स्वचालित र डिजिटलाइज गरी थप सहजता प्रदान गर्नुपर्ने, प्रदेश ऐनमा अतिरिक्त सहुलियत घोषणा भए पनि संघीय सरकारसँगको समन्वय गर्नुपर्ने, स्थिर पुँजीको आधारमा उद्योगको वर्गीकरण हुनुपर्ने सहितका रहेका छन् । 

Vianet communication

उद्योगीले विभिन्न प्रकारका उद्योगको सीएसआर जिम्मेवारी समेटिनुपर्ने, सुविधा र छुट संघीय ऐन र प्रदेश ऐनअन्तर्गत प्रदान गरिने कर र गैरकर लाभहरू संघीय र प्रादेशिक सरकारमा छुट्टाछुट्टै संयन्त्र विकास हुनुपर्ने, मधेश प्रदेशको आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न नयाँ उद्योग स्थापना र आर्थिकरूपमा उद्योगको मापन सक्षम गर्न भूमिको प्रयोगलाई सहज बनाउनुपर्ने, प्रदेश ऐनले उद्योगले सरकारी जग्गाको भाडामा लिजमा जग्गा पाउने व्यवस्था गरेको भए पनि स्पष्ट संयन्त्रको विकास गर्नुपर्ने, मानव संशाधन विकासको लागि उत्कृष्टता केन्द्र निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक क्षेत्रमा रोजगारीको भूमिका बढाउन दक्ष जनशक्ति उत्पादनको व्यवस्था हुनुपर्ने व्यवसायी सुझाव सरकारलाई दिएका छन् ।

उद्योगीको सुझाव ग्रहण गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगीबाट आएको सुझावलाई प्रदेश सरकारले अक्षरशः पालन गर्ने र संघीय सरकारसँग सम्बन्धित विषयका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सम्मेलनमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साह, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा, प्रदेश सरकारका प्रमुख सचिव कृष्णबहादुर राउत सहितका सचिवहरू लगायत प्रदेशस्थित करीब १०० उद्योगीको सहभागिता थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x