साउन २६, २०७९
एनएमबि क्यापिटल लिमिटेडले आज (साउन २६ गते) देखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दैछ। क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो। क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको ...
काठमाडाैं | साउन २०, २०७९
सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा शुरू भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सेवा शुरू गरिएको हो ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले विगत २० वर्ष देखि बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीका लागि पनि कार्ड उपलब्ध गराउन शुरू गरेको हो ।
नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङ मार्फत आफ्नो सेवा दिँदै आएकोे छ ।
अहिले सम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पुर्याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भुमिका र कारोवार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाइएकोे छ ।
विगत केही समय अगाडिदेखि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी संचालनमा ल्याउन लागेको हो ।
यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारीत हुने र नेपाल तथा भारतका एटीएम/पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने बताइएको छ ।
यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन् ।
यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरूले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरि कोप कार्ड जारी गर्न सक्नेछन् ।
सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आबद्ध सदस्यहरूले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँवाट पनि एटीएम मार्फत रकम निकाल्न सक्नेछन भने, पोसको माध्यमवाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन् ।
कार्ड शुभारम्भ कार्यक्रमलाई प्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता एवम् विकास मार्फत उपलब्ध साधन श्रोतको अधिकतम परिचालनद्वारा तीब्र आर्थिक बृद्घि हाँसिल गर्दै दिगो आर्थिक विकास गर्दै शोषणरहित समाजको निर्माण गर्ने लक्ष्य सरकारले लिँदै आएको बताइन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागार्इंले सहकारीमा प्रबिधिको महत्व र उपयोगिताका बारे प्रतिवेदन प्रस्तुत गर्दै यस सेवाद्धारा सहकारीहरुलाई विद्युतीय कारोवारका लागि थप प्रबिधियुक्त सुविधाहरू दिँदै जाने र सहकारीहरुलाई अझ सवल बनाउँदै जाने विश्वास ब्यक्त गरे ।
ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफनो मन्तव्यमा ग्लोबल बैंकले यस सहकार्यमा सहभागी भई सहकारी क्षेत्रमा पनि केहि टेवा पुरयाउन पाएकोमा खुशि ब्यक्त गरे ।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने विश्वास व्यक्त गर्दै एससीटीले बैंक तथा वित्तीय संस्थासँग सधैँ सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।
एनएमबि क्यापिटल लिमिटेडले आज (साउन २६ गते) देखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दैछ। क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो। क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको ...
तपाईं कुनै स्थानीय तहका स्थायी बासिन्दा हुनुहुन्छ र आफ्नो पालिका लक्षित कुनै विशिष्टिकृत बैंकिङ्ग–वित्तीय सेवाको खोजीमा हुनुहुन्छ भने तपाईंको यो खोजी अब पूरा भएको छ । एनआईसी एशिया बैंकले नेपाल...
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूले नेपाल बैंक लिमिटेडमा इन्टर्नशीप गर्न पाउने भएका छन् । विद्यार्थीहरूलाई इन्टर्नशीपको अवसर दिन बैंक र विश्वविद्यालय व्यवस्थ...
कुमारी बैंक लिमिटेड र सल्यानको कपुरकोट नगरपालिका, वडा नम्बर ३ रहेको होटेल शिरीषबीच एक सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्...
एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र इन्टरनेशनल फ...
शुक्रवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.१२ रुपैयाँ र बिक्री दर १२७.७२ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । यस दिन य...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...