×

NMB BANK
NIC ASIA

लगानी विस्तार गर्दै नगरकोटकै पहिलो होटल 'क्लब हिमालय', के–के थपिँदैछन् सुविधा ?

साउन २३, २०७९

NTC
Premier Steels

नगरकोटको पहिलो होटल द क्लब हिमालयले लगानी विस्तार शुरू गरेको छ । 

Muktinath Bank

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र तंग्रिँदै गर्दा होटल क्लब हिमालयले लगानी विस्तारको तयारी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्लब हिमालयले आफ्नो संरचनामा केही सुविधासम्पन्न कोठा थप्न लागेको होटलका सिनियर म्यानेजर कवि डंगोलले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार, नयाँ बनाउन लागिएका कोठा अहिले भइरहेको कोठाभन्दा केही बढी विशेष बन्नेछन् । 

Vianet communication

स्वदेशी तथा विदेशी पर्यटकहरूलाई थप आकर्षित गर्नका लागि होटलले केही थप सुविधामा लगानी गर्न लागेको हो । 

सरकारी तथा गैरसरकारी तवरबाट आयोजना गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  सम्मेलनलाई लक्षित गरी छुट्टै भवन बनाउन लागिएको होटलले जनाएको छ ।

कोरोना महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र महामारी कम हुँदै जाँदा पुनः चलमलाउँदै जान थालेको छ । 

अबको समयमा पर्यटकको चहलपहल समेत बढ्ने अपेक्षासहित होटल क्लब हिमालयले लगानी विस्तारको तयारी गरेको हो । 

करीब २६ रोपनीमा फैलिएको होटल क्लब हिमालयसँग अहिले विभिन्न भवन (भिल्ला) गरी ३ भवन रहेका छन्, जसमा करीब ७१ वटा फरक–फरक कोठा रहेका छन् । 

होटलले अब एक भवन थप गर्दै त्यसमा करीब ३५ वटा ‘लक्जरियस रुम’ बनाउन लागेको हो । यसका लागि करीब ४० करोड रुपैयाँभन्दा बढी लगानी पर्ने बताइएको छ । 

विशेष प्रकृतिको बनाउन लागिएको यी कोठाहरूमा एउटै कोठामा करीब १ करोड रुपैयाँभन्दा बढी लगानी रहने होटल द क्लब हिमालयले बताएको छ ।

भवन बनाउने र कोठा विस्तार गर्ने काम आगामी भदौबाट शुरू गर्ने तयारी भएको बताइएको छ । ढिलोमा असोजसम्ममा निर्माण शुरू गर्ने तयारीमा यो होटल रहेको छ । 

२७ वर्षपछि ३ थरीका ‘रुम’

होटल क्लब हिमालय नगरकोटकै पहिलो होटल हो । नगरकोटकै ऐतिहासिक तथा चर्चित होटलको रूपमा क्लब हिमालय सञ्चालनमा रहेको छ । 

वि.सं. २०५२ मा उद्यमी योगेन्द्र शाक्यले होटल स्थापना गरेका थिए । 

क्लब हिमालयले आफ्नो सञ्चालनको २७ वर्षसम्म २ थरीका ‘रुम’ सञ्चालन गरिरहेको छ, जसमा ‘स्ट्यान्डर्ड’ र ‘डिलक्स’ रूम सञ्चालनमा रहेका छन् । 

स्थापनाको २७ वर्षपछि भने यस होटलले ३ थरीको ‘रुम’ सञ्चालनमा ल्याउन लागेको हो । शुरूमा ४२ वटा कोठा निर्माण गरी यो होटल सञ्चालनमा ल्याइएको थियो । विभिन्न समयमा लगानी विस्तार गर्दै होटलले अहिले ७१ वटा कोठा सञ्चालन गरिरहेको छ ।

यसमा स्ट्यान्डर्ड,डिलक्स तथा डिलक्स प्रिमियम ‘रूम’ रहेका छन् । यी तीन फरक कोठामा फरक–फरक विशेषता तथा सुविधा पाइन्छ । अब होटलले ‘स्वीट’ वा ‘लक्जरियस’ रूम बनाउन लागेको हो ।

२६ रोपनी जग्गामा फैलिएको यो होटलमा हेलीप्याड, स्विमिङ पुल, लाइब्रेरी र ४ वटा ठूला हल रहेका छन् । 

यस होटलले आफ्नो ‘कम्पाउन्ड’भित्रै अहिले हेलीप्याड रहेको खाली जग्गामा नयाँ भवन बनाउन लागेको हो ।

अब एक वर्षभित्रमा एक सय ६ वटा कोठा पुर्‍याउने लक्ष्यसहित काम भइरहेको होटल हिमालयले जनाएको छ । जसका लागि वातावरणीय मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश समेत गरिसकेको छ ।

शुरूआती समयमा करीब ५० जनालाई रोजगारी दिएको यस होटलमा अहिले प्रत्यक्षरूपमा १ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

होटलमा कोठा थप भएसँगै जनशक्ति पनि थप गर्ने तयारीमा होटल क्लब हिमालय रहेको छ । 

२७ वर्षको यात्रा

नगरकोटको विकासका लागि होटल हिमालय क्लबले आजभन्दा करीब २७ वर्षअघि एक किसिमको नेतृत्व नै लिएको थियो । 

एक हिसाबले पहिलो होटलको रूपमा यस होटललाई अगाडि बढाएर व्यवसायी शाक्यले अन्य लगानीकर्ताहरूलाई समेत झक्झक्याए । 

त्यसपछि क्रमशः नगरकोटमा अन्य होटलहरू खुलेका हुन् । 

हाल नगरकोटमा साना–ठूला गरी करीब ७० होटलहरू सञ्चालनमा रहेका छन् । 

नगरकोटलाई पर्यटकीय हब बनाउनका निम्ति पनि व्यवसायी शाक्य र होटल क्लब हिमालयले अग्रसरता लिएको चर्चा चल्ने गरेको छ । 

नगरकोटपछि लुम्बिनीमा पनि लगानी 

होटल क्लब हिमालयले लुम्बिनीमा पनि लगानी विस्तार गर्दैछ । लुम्बिनीमा यस होटलले होटल विस्तार गर्न लागेको हो । 

हाल लुम्बिनीमा ‘द लुम्बिनी हब’ बनाइरहेको यस होटलले नयाँ होटलसमेत सञ्चालनमा ल्याउने योजना बनाएको हो । 

नगरकोटमै पनि शाक्यकै अध्यक्षतामा ‘द नगरकोट हब’ निर्माण भइरहेको छ । करीब २४ रोपनी जग्गामा नगरकोट हब निर्माण भइरहेको हो । 

यसमा शाक्यसहित अन्य व्यावसायिक घरानाहरूको लगानी रहेको छ ।

करीब २ अर्ब लगानीमा बन्ने सो हबले नगरकोटलाई सम्पन्न र विकसित गराउने लक्ष्य लिएको लगानीकर्ताहरूको दाबी छ ।

कोरोनालाई भुल्दै पर्यटन

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन हो । महामारीपछि होटल तथा पर्यटन क्षेत्र विस्तारै चलायमान बन्दै जान थालेको छ ।

यसबीचमा होटल तथा पर्यटन क्षेत्रमा लगानी आकर्षित हुन थालेको व्यवसायीहरू बताउँछन् । पर्यटनको ‘फ्लो’ बढ्दै जाँदा यस होटलले पनि लगानी विस्तारको तयारी गरेको हो । 

महामारीपछि अहिले यस होटल करीब ६० प्रतिशत अकुपेन्सीमा सञ्चालनमा रहेको छ । होटलका पब्लिक रिलेसन म्यानेजर रोहित मोक्तानले कोभिडपछि अहिले करीब ६० प्रतिशत अकुपेन्सी रहेको बताए ।

उनका अनुसार, पछिल्लो समय शुक्रवार र शनिवार नगरकोटमा आन्तरिक पर्यटकहरूको भीड लाग्ने गरेको छ । 

महामारी कम भएसँगै घुम्ने र रमाउने क्रम फेरि शुरू भएको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x