×

NIC ASIA

नागरिकता विधेयकबारे गृहमन्त्रीको स्पष्टीकरणः के–के भने ?

भदौ ६, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

गृहमन्त्री बालकृष्ण खाँणले अनागरिकको जीवन बिताईरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धि विधेयक ल्याउनु परेको स्पष्ट पारेका छन् । 

सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसारनै सो विधेयक ल्याइएको दावी समेत गरे ।  गृहमन्त्री खाँणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले सो विधेयक ल्याएर उनीहरुलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले संवैधानिक व्यवस्था अनुसार नै गैर आवासीय नेपाली नागरिकहरुलाई नागरिकता दिने व्यवस्था गर्नु परेको बताए । उनले  सो विधेयकमा महिलाहरुको स्वाभिमानमाथि चोट पु¥याउने खालको कुनै पनि प्रावधान नभएको पटकपटक दोहो¥याए । गृहमन्त्री खाँणले भने,  ‘यो नागरिकता विधेयकलाई चाँही हामीले ल्याएको सन्ततिको नागरिकता नभएर हो । यस्तो चाँही लाखौंमा छन । यिनको समस्या के भो भन्दाखेरी यिनले नेपाली नागरिक हुँदाहुँदै पनि अनागरिकको जीवन जीउनु प¥यो । यिनले विश्वविद्यालयमा भर्ना पनि सहजतापूर्वक पाएनन् । अव लोक सेवा आयोग र सरकारी संस्थाहरुमा प्रतिस्पर्धाका लागि फर्म पनि भर्न पाएनन् नागरिकता नभएपछि । अव कुनै बैंकमा खाता खोल्न नागरिकता पनि पाएनन् । एटीम पनि नपाउने भए । मोवाइलको सिमकार्ड पनि किन्न पाएनन् । सामाजिक सेवाका लागि संघ, संस्था दर्ता गर्नका लागि पनि नागरिकता चाहियो । अव आफनो क्षमता र सामथ्र्य अनुसार केही उद्योगधन्दा खोलौं, कृषि फर्महरु खोलौं भन्दा पनि नागरिकता छैन । सरकारले दिने अनुदानहरुको सदूपयोग गरौं त्यसका लागि पनि नागरिकता छैन । अव पढन वा रोजगारीका लागि विदेश जाऔं, पार्सपोर्टका लागि पनि नागरिकता छैन । त्यसकारणले यस्तो संख्या चाँही दिनानुदिन बढि राख्यो । नागरिकता नपाउनेको उमेर पनि बढयो । संख्या पनि बढदै गयो क्या । त्यसले उहाँहरुलाई नागरिकता दिउँ भन्ने नै सरकारको प्रयत्न हो । र, पूर्ववर्ति सरकारले पनि यो कुरालाई सम्बोधन गरेर विधेयक ल्याएका थियो । अध्यादेशमा पनि यो कुरा उल्लेख गरेको थियो । र, यो विषयका साथसाथै हामीले गैर आवासीय नेपाली नागरिक सार्क रिजन बाहेक, जो विश्वभर छरिएर रहेका छन । उनीहरुले पनि नेपाली नागरिकताको निरन्तरता चाहे । एक पटक नागरिकता लिईसकेका नेपाली नागरिक, जसले परित्याग ग¥यो, उसले फेरी गैर आवासीय नेपाली नागरिकता लिन चायो भने, उनका बाबुआमा र बाजेबज्यै नेपाली नागरिक छन भने यी प्रमाणको आधारमा उनीहरुलाई गैर आवासीय नेपाली नागरिकता दिने । जसको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार हुन्छ । उनीहरुले नेपालमा उद्योगधन्दा खोल्न पाउछन । बन्दव्यापार, व्यवसाय गर्न पाउँछन । आर्थिक गतिविधि गर्न पाउँछन । तर राजनीतिक र प्रशासनिक अधिकार उहाँहरुलाई दिइएको छैन । त्यो चाँही संविधानकै अहिलेको व्यवस्था हो । त्यो संविधानको व्यवस्थाका लागि हामीले विधेयकमा यो व्यवस्था ल्याएको हो । र, यो विधेयक अगाडि बढि पनि राखेको छ । अव जहाँसम्म महिला, आमा, दिदीबहिनीहरुको लागि हो । यो विधेयकले उहाँहरुलाई पनि सम्मान नै गरेको छ । यो स्वघोषणा राख्नुपर्ने अवस्था फेरी किन आयो भने अव बच्चा जन्मियो । कुनै कारणले बाबुको सार्वजनिक जानकारी दिन सकिएन । त्यस्ता विभिन्न घटनाहरु होला । बलात्कार मात्रै नभई अरु कारणले पनि त्यस्तो भएको होला । अहिले हाम्रो सोसाईटीमा धेरै ठूलो परिवर्तन आएको छ । विवाह नगरी लिभिङ टुगेदरको रुपमा सँगै पनि बस्छन । अरु घटनाहरु पनि होला । जुन कुरा सार्वजनिक गर्न नचाहने होला । विदेशमा जानु भयो, आउँदाखेरी गर्भवती भएर आउनु भयो । अव कसेको नाम भन्दिने । नेपालमा जन्मेपछि नेपाली नागरिकता त दिनुप¥यो । व्यवहारिक छ के यो । बच्चाको बाबु बारे आमाहरुलाई थाहा हुने हुनाले स्वघोषणा गर्न पाउने व्यवस्था गरिएको हो । तर, त्यो स्वघोषणा सार्वजनिक नै हुँदैन । सरकारी दस्तावेजमा त्यो उल्लेख गरिएको हुन्छ । त्यो दस्तावेजलाई गोपनियतामा राखिन्छ के । तर नागरिकताको प्रमाणपत्रमा आमाको नाम मात्रै उल्लेख गरिएको  हुन्छ । त्यसैले महिलाको स्वाभिमानमाथि कुनै किसिमको आँच नआओस् भन्ने कुरामा सतर्कता र सजगता छ । आमा त आमा नै भईहाल्नु भो, होइन । त्यो बच्चा पनि अनागरिक नबनोस् भन्ने नै राज्यको यो प्रयत्न हो । राष्ट्रिय दायित्व निर्वाह गर्न खोजेको हो । अव यो स्वघोषणाको बारेमा हामीले बुझाउन नसकेर पनि होला । त्यो गोप्य राखिएको हुन्छ । पछि नियमावलीमा आउँछ । त्यहाँ बुबाको नामा उहाँले चाहनु भयो भने खाली नै राख्न पाईन्छ । आमाहरुको स्वाभिमानमाथि चोट नआओस् भन्ने कुरामा सरकार गम्भिर छ । अर्को, बुबा पनि नभएको, आमा पनि नभएको कुरा छ । त्यसकारण साना बालबालिकाहरु, जसको बुबा, आमा दुवै थाहा भएन । कोही बालमन्दिरमा छन । कोही बाल आश्रममा छन । संरक्षण दिएकाहरुले नेपाली नागरिक हो भन्ने प्रमाण जुटाएर निवेदन दिएपछि सम्बन्धित वडाले सिफारिस ठिक छ भनेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन्छ । अव नेपाली नागरिकता पाउने हक भएका तर नागरिकता नपाएकाहरुलाई नागरिकता दिन सकियोस् भन्ने सरकारको सार्थक प्रयत्न हो । त्यसकारण यो नागरिकता प्राप्त भइसकेपछि अव सबैले आफ्नो राष्ट्रिय दायित्व पनि निर्वाह गर्नुहोला भन्नेनै लाग्छ हामीलाई । ’


Advertisment
Rupse Holidays
Nabil box

मन्त्री खाँणले बुबाआमा दुवै नभएका बालबालिकाहरुको नागरिकता वडा तहका जनप्रतिनिधिले सिफारिस नगरी लिन नपाउने व्यवस्था सो विधेयकमा गरिएको उल्लेख गरे ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x