×

NMB BANK
NIC ASIA

तलब आयोग गठन गर्ने सरकारको निर्णय, असमान तलबमान हटाएर नासुको माग सम्बोधन गर्ने तयारी

भदौ ७, २०७९

NTC
Premier Steels

सरकारले तलब सुविधा आयोग (पे कमिसन) गठन गर्ने निर्णय गरेको छ । ६ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । 

Muktinath Bank

देशको आर्थिक अवस्था र खर्च बहन गर्न सक्ने क्षमतासमेतका आधारमा राष्ट्रसेवक कर्मचारी तथा श्रमिकको तलबसुविधा पुनरावलोकन गर्ने गरी आयोगले सुझाव दिने कार्यगत शर्त राखिएको छ । आयोगले कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सरकारलाई सुझाव दिने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले चालू आर्थिक वर्षको बजेटबाटै यस्तो आयोग गठन गर्ने घोषणा गरेको थियो । बजेटले गरेको व्यवस्थाअनुसार नै सरकारले तलब आयोग गठन गरेको हो । 


Advertisment
Nabil box
Kumari

तलब आयोगले यसअघि नायव सुब्बा (नासु)ले उठाएको माग सम्बोधन गर्न सुझाव दिने भएको छ । सरकारले समान पदका कर्मचारीको असमान तलबमान रहेको र त्यसलाई मिलान नगरी साउनदेखि नै तलब बढाउन सिफारिस गरेको थियो ।

Vianet communication

यस्तो सिफारिश बजेटले व्यवस्था गरेको १५ प्रतिशतभन्दा बढी थियो । नासुहरूले तलबमान समान पदमा समान गरेर मात्रै बढाउन माग गरेर विरोध गरेपछि सरकारले २३ प्रतिशतसम्म बढाउन सिफारिस गरेको तलबलाई कार्यान्वयन गरेको छैन ।
तलब आयोगले दिएको सुझावमा नासुको माग सम्बोधन गर्न सक्ने अर्थ मन्त्रालयको भनाइ छ । यो आयोगले दिएको सुझावका आधारमा सरकारले समान पदमा समान तलबमान बनाउने र सोही आधारमा कर्मचारीको सेवा सुविधा पुनरावलोकनका लागि सिफारिस गर्ने छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x