×

NMB BANK
NIC ASIA

काठमाडौं मलकाे अवैध संरचनामाथि महानगरले चलायो डोजर

भदौ ८, २०७९

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएको काठमाडौं मलको संरचना भत्काएको छ । महानगरपालिकाले बुधवार सुन्धारामा रहेको काठमाडौं मलस्थित नक्सा पास बिना बनाइएका संरचनाहरू डोजर लगाएर भत्काएको हो । 

Muktinath Bank

संरचना भत्काउनका लागि पुगेका एक नगर प्रहरीले अवैध संरचना हटाउनका लागि महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको र सम्बन्धित ठाउँमा पनि टाँस गरेको भए पनि अटेर गरेका कारण महानगरपालिकाले भत्काउनु परेको बताए । उनले कसैले पनि कानून जान्दिन भन्न नपाउने भन्दै कानूनको अवज्ञा कसैले गर्नु नहुनेमा जोड दिए । आफूहरू महानगरपालिकाले दिएको निर्देशनको पालनकर्ता भएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं मलको अवैध संरचना भत्काएसँगै स्थानीय व्यापारीहरूमा खैलाबैला मच्चिएको छ । एक व्यापारीले महानगरले अवैध संरचना भत्काउने काम स्वागतयोग्य भए पनि मानवताको हिसाबले व्यापारीलाई केही समय दिनुपर्ने धारणा राखे । सबै व्यापारीलाई एक ठाउँ राखेर महानगरले एकपटक कुरा गरेको भए व्यापारीलाई धेरै मर्का नपर्ने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

अर्का व्यापारीले आफूहरूले सञ्चयकोषको जग्गामा संरचना बनाएर व्यापार गर्न ठेकेदारमार्फत सम्झौता गरेको भन्दै सञ्चयकोष र महानगरबीचको सहमतिमा संरचना भत्काएको भए उपयुक्त हुने बताए । उनले आफूहरूको सम्झौताअनुसार अझै साढे दुई वर्ष भोगचलन गर्न बाँकी रहेकाले सञ्चयकोषसँग कुरा गर्ने पनि बताए । 

Vianet communication

काठमाडौं मलमै भेटिएका अर्का व्यापारीले आफूहरूले सम्झौताअनुरुप भाडा तिरिरहेको र राज्यलाई कर पनि तिरिरहेको भन्दै संरचना भत्काउँदा लगानी अनुरुपको क्षतिपूर्ति दिनुपर्ने माग गरे । व्यापारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिए । 

काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित आरबी कम्प्लेक्समा पनि नक्सा पासविपरीत बनाएको संरचना भत्काएको छ । सो स्थानमा ड्युटीमा खटिएका नेपाल प्रहरीका अधिकारीले संरचना भत्काउने मूल जिम्मेवारी महानगरको भए पनि आफूहरू सुरक्षाको निम्ति उपस्थित भएको बताए । उनले अण्डरग्राउण्ड पार्किङका लागि नक्सा स्वीकृत गरेर अन्य प्रयोजनका लागि प्रयोग गरिरहेको संरचनाहरू हटाउँदै जाने सूचना आफूले पाएको बताए । 

अवैध संरचना हटाउनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ सुन्धारा पुगेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x