कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग सिफारिस समितिको बैठकमा बुधवार उपस्थिति भएर बयान दिएका छन् ।
बयानको पहिलो दिनमा ४ प्रश्नमा मात्र छलफल भएको छ भने बिहीवार बिहान ११ बजे पुनः बयान हुने तय भएको छ ।
बुधवारको बयानपछि सांसद लालबाबु पण्डितले बयानको प्रारम्भ भएको र राणामाथि लागेको आरोपका विषयबाट बयान प्रारम्भ गरिएको जानकारी दिए । ‘उहाँमाथि लागेका आरोपका विषयबाट बयान शुरूआत भयो,’ उनले भने, ‘प्रश्न, प्रतिप्रश्न आज ४ घण्टाजति छलफल भयो, खासगरी न्यायापालिकामा हुने भ्रष्टाचार, समयमा न्याय निरुपण नभएको, बिचौलियाको प्रयोग भएको जस्ता विषयमा प्रश्न गरिएको थियो ।’
निलम्बित प्रधानन्यायाधीश राणाका लागि बयान लिन समितिले ४३ वटा प्रश्न तयार तयार गरेको छ । बुधवार ४ वटा प्रश्नमाथि मात्र छलफल भएको छ । बयानपछि समितिमा सांसद मीन विश्वकर्माले पनि बयान प्रारम्भ भएको र त्यसको निष्कर्ष आउन समय लाग्ने जानकारी दिँदै निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरूपमा आरोप लगाएको बयान दिएका बताए ।
६ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले ३ महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ । समितिको भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो ।
निर्णयअनुसार राणा बुधवार बयानका लागि समितिमा उपस्थित भएका हुन् । राणाविरुद्ध गत फागुन १ गते प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यहीँ भदौ १ गते पहिलो बैठक बसेको थियोे ।
राणाविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बँुदे पत्र समितिलाई बुझाएको थियोे । पत्रमा महाअभियोग लगाउने आधार र कारण समेत समेटिएको छ । समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिनेक्रम बिहीवार पनि हुनेछ ।
बुधवारको बैठकमा निलम्बित प्रधानन्यायाधीश राणा १०ः४५ बजे नै ११ बजेको बयानका लागि सिंहदरबार पुगेका तर बैठक कसरी अघि बढाउने भन्ने विषयमा समितिमा छलफल गर्दा करीब १ घण्टा ढिला बयान प्रारम्भ भएको थियो ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...